Wednesday, November 12, 2014
टीजेएफ–नेपालद्वारा पत्रकार महर्जनलाई आर्थिक सहयोग
शिखर पोष्ट डेक्स
काठमाडौं, २७ कात्तिक । नेपाल पर्यटन पत्रकार मञ्च (टीजेएफ–नेपाल)ले आफ्ना कार्यसमिति सदस्य कल्पना महर्जनको उपचारार्थ सहयोग अभियानअन्तर्गत एक लाख १५ हजार १० रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको छ । उक्त चेक मञ्चका अध्यक्ष शिव अधिकारी र कोषाध्यक्ष प्रकाश खालिङलगायतको टोलीले बुधबार उनको श्रीमान् दिलभक्त महर्जनलाई प्रदान गरेको हो । सगरमाथा आरोहण अभियानअन्तर्गत मेरापीक (६७००मि.) आरोहणको क्रममा अस्वस्थ भई अस्पताल भर्ना भएकी महर्जनको उपचारार्थ सहयोग गर्न मञ्चले बृहत अभियान नै सञ्चालन गरेको थियो ।

अमेरिकी नागरिकद्वारा लुक्ला होटलमा आत्महत्या
सुसाइट नोटमा लेखिएको छ ‘म नेपालमै मर्न चाहन्छु’
सोलुुखुम्बु, कात्तिक २६ । सोलुखुम्बुको चौरीखर्क–८ स्थित नेष्टएट लुक्ला होटलमा एक अमेरिकी पर्यटक मृत अवस्थामा भेटिएका छन् । इरानी मुलका ६५ वर्षीय अमेरिकी नागरिक सो होटलको कोठा नम्बर ११० मा मृत अवस्थामा भेटिएका हुन् ।

Monday, November 10, 2014
नेपाल पर्यटन बोर्डको बजेट अघिल्लो भन्दा ३७ करोड ठूलो
सगरमाथाको हिमपहिरो पीडितलाई ५ लाख राहत
शिखर पोष्ट रिपोर्टर
काठमाडौं, २५ कात्तिक । गत वैशाख ५ गते सगरमाथा आधार शिविरमा गएको भीषण हिमपहिरोमा परी निधन हुने शेर्पाहरुको परिवारलाई सरकारले प्रतिव्यक्ति ५÷५ लाखको दरले राहत उपलब्ध गराउने भएको छ ।
उक्त हिमपहिरोमा परी निधन भएका १३ जना र हराएका ३ जनासहित जम्मा १६ जना आरोहीहरुको परिवारले सो रकम पाउने भएका हुन् ।

सगरमाथा र आमाडब्लमको आधार शिविरमा वाइफाई सेवा
शिखर पोष्ट डेक्स
काठमाडौं, 25, कात्तिक ।विश्वको सर्वोच्च शिखर सगरमाथा र विश्वकै सबैभन्दा सुन्दर हिमाल आमाडब्लमको आधार शिविरमा वाइफाई (इनटरनेट) सेवा सञ्चालन भएको छ । एभरेष्ट लिङकले जिल्लाको खुम्बु क्षेत्रमा इन्टरनेट जडान गर्ने क्रममा ती हिमालको आधार शिविरमा समेत इन्टरनेट सेवा उपलब्ध गराएको हो ।