Sunday, November 2, 2014

किन औपचारिक समारोहमै धुरुधुरु रोए पद्मरत्न तुलाधर ?

प्रकाश खालिङ

काठमाडौं, १६ कात्तिक । नवघोषित आदीवासी जनजाति राष्ट्रिय आन्दोलन, नेपालका अध्यक्ष पदमरत्न तुलाधर आइतबार प्रज्ञा प्रतिष्ठान हलमा आयोजित पहिलो औपचारिक समारोहमा धुरुधुरु रोए । कार्यक्रममा मुख्य वक्ताको आसिनबाट बोल्दै गर्दा उनी आँशुले विक्षिप्त भइन्जेल पटक पटक रोए । खासगरी कार्यक्रममा धेरै वक्ताहरुले बोलिसकेपछि बोल्नको लागि लठ्ठिको सहारा लिएर पोडियम पुगेर केही बोल्दानबोल्दै उनी भकानिदै रोएका थिए ।


गहभरी आँसु लिएर सम्बोधन सुरु गरेका उनले भने-‘म शारिरीक रुपमै असक्त छु, तर पनि मलाई आन्दोलनको नेतृत्व गर्न साथीहरुले आग्रह गरे, त्यही भएर हर्षविभोर भएर रोएको हुँ । आफ्नो देशको संविधान आफै लेख्ने सोंच्थ्यौं, हामीले भनेजस्तो संविधान लेखिने भएन ।’ उनले आफूलाई साम्प्रदायिक भएको आरोप लगाउने गरेको भन्दै भने-हामी साम्प्रदायिकताको विरोधी हौं ।’
कार्यक्रमको अध्यक्षता गरेका उनी मञ्चमा भाषण गर्न उभिदा शुरुमै रोए । गहभरी आँसु लिएर सम्बोधन सुरु गरेका उनले भने-‘म शारिरीक रुपमै असक्त छु, तर पनि मलाई आन्दोलनको नेतृत्व गर्न साथीहरुले आग्रह गरे, त्यही भएर हर्षविभोर भएर रोएको हुँ ।’
‘आफ्नो देशको संविधान आफै लेख्ने सोंच्थ्यौं,’ तुलाधरले रुँदै भने-‘हामीले भनेजस्तो संविधान लेखिने भएन ।’ उनले आफूलाई साम्प्रदायिक भएको आरोप लगाउने गरेको भन्दै भने-हामी साम्प्रदायिकताको विरोधी हौं ।’
- See more at: http://www.onlinekhabar.com/2014/11/202293/#sthash.andfpgPV.dpuf

किन यसरी रोए तुलाधर ? उनी देशमा भएका ठूल्ठूला आन्दोलनबाट प्राप्त उपलब्धीहरु सम्झौतामा तहसनहस पारिएको विगतलाई सम्झेर अनि अस्थिर राजनीतिक माहोलले गम्भिर दुर्घटनातर्फ धकेलिरहेको मुलुकको भयानक वर्तमानलाई देखेर रोएका हुन् । त्यत्तिमात्रै नभएर उनी अहिलेको यस्तो परिस्थितमा गुज्रिरहेको देशको डरलाग्दो भविष्यलाई कल्पना गरेर पनि रोएका थिए भन्ने कुरा आँशु पुच्दै बोलेका स्वयं उनकै शब्दहरुमा प्रस्फुटन भइरहेको थियो । मुलुकको राजनीतिक अस्थिरता तथा विभिन्न समयमा भएका आन्दोलनहरुको नाटकीय घटनाहरुको स्मरण गर्दै गर्दा अझ तुलाधरको आँशु थामिएन ।

उनको रुवाईबाट एकाएक हलको खचाखच दर्शकदीर्घ र मञ्चमा आसिन अतिथिगण सबैलाई भावुक बनायो । तुलाधर रोइरहँदा कार्यक्रममा सहभागी धेरैले आशुँ थाम्न सकेनन् । भावुक हुँदै उनले आफ्नो हकअधिकार प्राप्तिका निम्ति आफुहरु सम्झौताहिन आन्दोलनमा उत्रेको उद्घोष गरे । तुलाधरले सम्झौताहिन आन्दोलनको नेतृत्व गर्ने उद्घोष गरिरहँदा भने एकाएक माहोल परिवर्तन भयो र हलनै थर्किने गरी ताली बज्यो ।
उनले देशमा एउटा निश्चित लक्ष्य र उद्देश्य प्राप्तिको लागि पटक पटक ठूल्ठूला जनआन्दोलन भई उपलब्धिहरु हासिल भएपनि अन्तत त्यसलाई सम्झौताको नाममा विलिन पार्दै आइएको तितो यथार्थ पोखे । बाहुनबादी सोचको कडा प्रतिवाद गर्दै उनले देशमा प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र आएपनि त्यसको वास्ताविक रुप नआएको जिकिर गरे ।

अध्यक्ष तुलाधरले एकल जातीय पहिचानसहितको संविधान, आत्म निर्णयको अधिकार, अग्राधिकार, जातीय स्वशासन र स्वयत्ततासहितको प्रदेश (संघीय एकाई) र विशेष संरचनाहरु (स्वायत्त क्षेत्र, संरक्षित र विशेष क्षेत्र)को सुनिश्चितता, पूर्ण समानुपातिक समावेशी निर्वाचन प्रणाली, सार्वभौमिकता र राष्ट्रिय स्वाधिनताको रक्षा, गणतन्त्र, लोकतन्त्र र धर्मनिरपेक्षताका निम्ति आफुहरु सम्झौताहिन आन्दोलनमा होमिएको उद्घोष गरे । बहुँधार्मिक, बहुँसाँस्कृतिक, बहुजातीय देश नेपाललाई भन्दाखेरी सबै जातजातिको साँझा फूलबारी भनिएपनि व्यवहारत त्यो नभएको कारणले गर्दा आज यस्तो आन्दोलनको सुरुवात गर्नुपरेको पनि उनले प्रष्टीकरण दिए ।
देशमा संविधान सभामार्फत नयाँ संविधान निर्माण कार्य अघि बढिरहेको सन्दर्भमा विभिन्न विवादहरु देखिएको छ । खासगरीकन संघीयताको आधार के हुने भन्ने विषय अहिले दलहरुको लागि फलामको चिउरा बनेर आयो । जबकी २०६४ सालको संविधान सभाको अवसान हुनुको मुख्य कारण पनि त्यही थियो । यस विषयमा अहिले दुई खाले धारणा बहसमा देखिन्छ । कांगे्रस एमाले बहुपहिचानको आधारमा संघीयता हुनुपर्ने भन्दै भौगोलिक रुपमा नामाकरण गर्नेगरी ६ प्रदेशको पक्षमा उभिएको छ भने एमाओवादीलगायतका दलहरु अघिल्लो संविधान सभाको पूर्ण स्वामित्व लिदै पहिचानसहितको संघीयता हुनुपर्ने र देशमा कम्तिमा १० प्रदेश बनाउनुपर्ने पक्षमा उभिएको छ । पहिचानसहितको संघीता हुँदा टुक्रने र देशको स्रोतसाधनले समेत नथेग्ने तर्क कांगे्रस एमालेहरुको छ भने विभिन्न आन्दोलनहरुबाट प्राप्त उपलब्धिहरुलाई संस्थागत गर्नको लागि पहिचानसहितको संघीय संविधान पहिलो आवश्यकता भएको पहिचानसहितको संघीयता पक्षधरहरुको भनाइ छ ।

संविधान सभाबाट संविधान दिनुपर्ने माघ ८ को समयसिमा नजिकिदै गर्दा यो विषय अझ पेचिलो बन्दै गइरहेको छ । यस्तो अवस्थामा आदीवासी जनजाति राष्ट्रिय आन्दोलन, नेपाल घोषणा भएको छ । मुख्य दलहरु छिन्नभिन्न भइरहँदा अब तुलाधर नेतृत्वको आन्दोलनको तागतले देशलाई ठीक ठाउँमा उभ्याउन कस्तो भूमिका खेल्ला ? यो भने हेर्न बाँकी नै छ ।

 तस्वीरः अर्जुन राई

No comments: