अन्तर्वार्ता

नेपाल कि अफगानिस्तान ?

  • आज सेमीफाईनल

(9 Votes)
sagar Thapa

काठमाडौ, भाद्र २३ -
नेपालले दुई वर्षअघि सातौं साफ च्याम्पियनसिपको सेमिफाइनलमा अफगानिस्तान प्रतिद्वन्द्वी पाउँदा सहजै फाइनल पुग्ने सोचेको थियो । तर नतिजा आयो- उल्टो । पहिलोपल्ट साफ फाइनल खेल्ने नेपालको सपना उसले अतिरिक्त समयमा १-० ले विफल पारिदियो । नयाँदिल्लीको उक्त हारको बदला दशरथ रंगशालामा लिँदै इतिहास रच्ने योजनासहित नेपाल आठौं साफको सेमिफाइनलमा आइतबार अफगानिस्तानविरुद्ध भिड्दै छ । 'नयाँदिल्लीमा अफगानिस्तानलाई कमजोर ठान्नु नै हाम्रो भूल थियो । त्यो गल्ती दोहोर्‍याउने छैनौं,' कप्तान सागर थापाले भने, 'शारीरिक र प्राविधिक रूपमा उत्कृष्ट खेलाडी भएको अफगानिस्तान बलियो टिम हो । पहिलोपल्ट साफ च्याम्पियन हुने अभियानमा हामी उसलाई पन्छाएर अगाडि बढ्नेछौं ।'
सन् १९८४ र १९९३ मा दक्षिण एसियाली खेलकुदमा स्वर्ण जितेयता अन्तर्राष्ट्रिय फुटबलमा उपाधिको खडेरी तोड्ने बाटोमा नेपाललाई अफगानिस्तानको तगारो पन्छाउन सहज छैन । फिफा वरीयतामा दक्षिण एसियाकै नम्बर १ हो, अफगानिस्तान ।
नेपाल छैटौंमा छ । वरीयतामा ३१ स्थानमाथिको अफगानिस्तानमा विदेशी क्लबबाट खेल्ने नौ खेलाडी छन् । अधिकांश युरोपमा खेल्छन् । इन्डोनेसियाको पर्सिजा जकार्ताबाट खेल्ने रोहित चन्दबाहेक अरू १९ नेपाली स्वदेशी क्लबमै छन् । च्यालेन्ज कपको छनोट पार गर्ने दक्षिण एसियाकै एक्लो टिम पनि हो, अफगानिस्तान ।
साफमा नेपालले अहिलेसम्मकै राम्रो खेलिरहेको छ । समूह 'ए' विजेता उसले २९ वर्षपछि स्वदेशमा बंगलादेशलाई २-० ले हरायो । डिफेन्डिङ च्याम्पियन भारतविरुद्ध ९० मिनेटमा ऐतिहासक जित रच्यो । पाकिस्तानसँग १-१ खेल्यो । प्रशिक्षक ज्याक स्टेफनोस्कीले भने, 'साफमै सबैभन्दा उत्कृष्ट खेल हामीले खेलिरहेका छौं । यसलाई दुई खेल -सेमिफाइनल र फाइनल) मा निरन्तरता दिनेमा विश्वस्त छौं । नम्बर १ टिमलाई नै हराएर हामी नम्बर १ बन्न तयार छौं ।'
अमेरिकी प्रशिक्षक स्टेफनोस्कीले ४-४-१-१ को नयाँ संरचना अपनाएपछि नेपालले गोलको खडेरी तोड्न थालेको छ । फरवार्डहरू अनिल गुरुङले २ तथा भरत खवास, जुमनु राई र विमल घर्तीमगरले १-१ गोल गरिसकेका छन् ।
'अग्रपंक्तिसँगै डिफेन्स र मिडफिल्ड पनि सुधि्रएको छ । 'उत्कृष्ट खेलसँगै आएका नतिजा, घरेलु दर्शक र मैदानको साथले हाम्रो मनोबल उच्च छ । त्यसैले अफगानिस्तानलाई पराजित गर्नेमा विश्वस्त छौं,' कप्तान थापाले भने ।
अफगान प्रशिक्ष्ाक मोहम्मद युसुफ करगरले नेपालविरुद्ध सेमिफाइनलमै खेल्न चाहेका थिएनन् । 'नेपालले घरेलु दर्शक र मैदानमा सबैभन्दा राम्रो खेलिरहेको छ । त्यसैले नेपालविरुद्ध फाइनल खेल्न चाहेको थिएँ, सेमिफाइनलमै खेल्नुपर्ने भयो । फुटबलमा प्रतिद्वन्द्वीलाई बहिष्कार गर्न सकिँदैन । नेपाली खेलाडी प्राविधिक रूपमा राम्रा छन् । तीव्र गतिमा खेल्छन् । उनीहरूलाई रोक्ने प्रयास गर्नेछौं ।' उनको टिमले भुटानलाई ३-० र श्रीलंकालाई ३-१ ले हराएपछि माल्दिभ्ससँग गोलरहित खेल्दै समूह 'बी' उपविजेता हुँदै नेपालविरुद्ध सेमिफाइनल भेट तय गरेको हो ।
करगरकै नेतृत्वमा सातौं साफमा अफगानिस्तान उपविजेता भएको थियो । सेमिफाइनलमा नेपालविरुद्ध निणर्ायक गोल गरेका बिलला अरेजोउ उसका मुख्य फरवार्ड हुन्, अरू पनि उत्कृष्ट छन् । कप्तान थापासहित रविन श्रेष्ठ, सन्दीप राई र विराज महर्जनको डिफेन्स लाइन उनीहरूलाई रोक्न तयार छ । कुवेतको अभ्यासमै लागेको चोटले पिरोलेका लेफ्ट विंगर जगजित श्रेष्ठ अफगानिस्तानविरुद्ध नखेल्ने सम्भावना छ । उनको अनुपस्थिति खडकिन सक्छ ।
भारतविरुद्धको खेलमा बिहीबार चोट बोकेका मिडफिल्डर भोला सिलवाल र डिफेन्डर सन्दीप राईले शनिबार अभ्यास गरेनन् । तर, उनीहरू खेल्न तयार छन् । अफगानिस्तानविरुद्ध खेलेको ५ मध्ये ३ खेल नेपालले जितेको छ । एक हार र एकमा बराबरी छ । नेपालले गरेको ११ गोलमध्ये अहिलेका फरवार्ड अनिलले ३ र भरतले १ गोल गरेका छन् । पछिल्लोपल्ट काठमाडौंमै भएको च्यालेन्ज कप छनोट २०११ मा नेपालले अफगानिस्तानलाई १-० ले हराएको थियो । त्यसैले, २०११ मा बेहोरेको एकमात्र हारको बदला लिने दाउमा छ, नेपाल ।
नेपालको सम्भावित टिम गोलकिपर : किरण चेम्जोङ, डिफेन्स ः सागर थापा -कप्तान), सन्दीप राई, रविन श्रेष्ठ, विराज महर्जन, मिडफिल्ड : राजु तामाङ, रोहित चन्द, भोला सिलवाल, भरत खवास, फरवार्ड : जुमनु राई र अनिल गुरुङ

इतिहासमा भेट
नेपाल             अफगानिस्तान
३        जित      १
१        बराबर    १
१        हार        ३
१०        गोल     ३
- See more at: http://ekantipur.com/np/2070/5/23/full-story/375387.html#sthash.EohJFn1t.dpuf

सगरमाथाको महत्व घटाउने मात्र होइन अस्तित्व नै खतरामा छ

आङछिरिङ शेर्पालाई पर्वतीय पर्यटनको ज्ञाताको रूपमा चिनिन्छ । पर्यटन वर्ष पुरूष २०१३ अवार्डबाट सम्मानित शेर्पा विश्व पर्वतारोहण महासंघका आठौं मानार्थ सदस्य हुनुहुन्छ । पर्वतीय पर्यटनमा अतुलनीय योगदान पु¥याएकोबखत केही समय अगाडि मात्रै महासंघले मानार्थ सदस्यको रुपमा शेर्पालाई मनोनयन गरेको थियो । शेर्पा महासंघमा प्रतिनिधित्व गर्ने एसियाकै दोस्रो व्यक्ति हुनुहुन्छ । नेपाल पर्वतारोहण संघका पूर्व अध्यक्षसमेत रहनुभएका शेर्पा एसियन टे«किङ,  एसियन एडभेन्चर ट्राभल एण्ड टुर्स, होटल माउन्टेन मानेस्ट्री तथा हिमालयन चाइन रिसोर्ट (एसीआर)को अध्यक्षसमेत हुनुहुन्छ । सोलुखुम्बु जिल्लाको हिमाली गाउँ खुम्जुङमा जन्मनुभएका शेर्पाले चार दशक भन्दा बढि समय पर्यटन क्षेत्रमा खर्चिसक्नुभएको छ । तीन दर्जन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटकीय संघसंस्थामा क्रियाशिल शेर्पासँग पर्वतीय पर्यटनमा केन्द्रित भएर शिखर पोष्टका प्रधान सम्पादक प्रकाश खालिङ र समाचार संयोजक अवि राईले गरेको कुराकानीः

तपाई पर्यटन वर्ष पुरूष २०१३ अवार्डबाट सम्मानित हुनुभएको छ, कस्तो अनुभूति भैरहेको छ ?
मलाई अत्यन्तै गौरव र गर्वको अनुभूति भैरहेको छ । संगसगै जिम्मेवारी र दायित्व थपिएको महशुस पनि गरिरहेको छु । यसलाई मेन्टेन गर्दै अझ पर्वतीय पर्यटनको क्षेत्रमा नयाँ खोज र अनुसन्धान गर्न प्रेरणा मिलेको छ ।
तपाईले नेपालको पर्वतीय पर्यटनलाई कसरी हेर्नुभएको छ ?
नेपालको पर्यटन समग्र आर्थिक विकासको मेरुदण्डको रुपमा रहेको छ । नेपालको भविष्य पर्वतीय पर्यटनसँग जोडिएको छ । आवश्यक पुर्वाधारको अभाव तथा बजार आकार सानो हुनुले अन्य उद्योगहरुमा छिमेकी देशसँग नेपालले प्रतिस्पर्धा गर्न सक्दैन । सेवाको गुणस्तर कायम गर्दै न्यूनतम आधारहरुको विकास गर्दै लैजान सकिएमा पर्यटन क्षेत्रमा नेपालले उत्कृष्टता हासिल गर्ने सम्भावना प्रचुर छ । पर्यटन क्षेत्र सेवाको व्यापार भएकोले यससँग सम्बन्धित सबै पक्षले सेवाका गुणस्तरमा सम्झौता नगरीकन उचित मूल्यमा गुणस्तरीय सेवा प्रदान गर्नुपर्दछ ।

सम्भावना प्रशस्त भएर पनि नेपालको पर्यटन क्षेत्रको विकास अपेक्षित रुपमा हुन नसक्नुका कारण चाही के देख्नुहुन्छ ?
लामो समयदेखि नेपालको पर्यटन क्षेत्रले थुप्रै समस्या र चुनौतिहरुको सामना गर्दै आएको छ । राजनीतिक अस्थिरता विकासको सबैभन्दा ठूलो समस्या हो । जबसम्म राजनीतिक व्यवस्थामा स्थिरता कायम हुदैन, त्यसबेलासम्म विकास निर्माण र आर्थिक सम्बृद्धिको बाटो खुल्दैन । नेपालको पर्यटन क्षेत्र पनि यसको प्रभावबाट टाढा छैन । त्यससँगै मजदुर आन्दोलन, बन्द हड्ताल, आवश्यक पुर्वाधारको अभावलगायत अनेकौं समस्याको बाबजुद नेपालको पर्यटन क्षेत्र चलिरहेको छ । पर्यटकीय पुर्वाधार अभावको एउटा अनुभव मसँग छ, ‘केहि समय अघि काठमाडौंबाट लासा जाने क्रममा सोहि रुटको करिब एकसय किलोमिटर नेपालको बाटो पूरा गर्न पाँच घण्टा लाग्यो भने लासाको सडक पाँच घण्टामा करिब ४७० किलोमिटर गुड्यो । यसले पनि हाम्रो पुर्वाधारको अवस्था कस्तो रहेछ भन्ने देखाउछ ।’

तपाई विश्व पर्वतारोहण संघको आठौं मानार्थ सदस्य हुनुहुन्छ । नेपालको पर्वतीय पर्यटन क्षेत्रलाई अन्तर्राष्ट्रियकरण गर्नका निम्ति के गर्दैहुनुहन्छ ?
विदेशमा हुने विभिन्न गोष्ठी, सेमिनार र सम्मेलनहरुमा मैले निरन्तर नेपालको पर्वतीय पर्यटन क्षेत्रको सम्भावनाबारे बहस गरिरहेको छु । क्लाईमेट चेन्जको असरबारे कुराहरु उठाउदै आएको छु । नेपाल विश्वमै पर्वतीय पर्यटन क्षेत्रमा एउटा नमुना हो । यो कुरा विश्वसमुदायलाई व्यक्तिगत र संस्थागत रुपमा बुझाउने प्रयास गर्दै आएको छु । 

राज्यले पर्यटन क्षेत्रलाई कसरी लिएको पाउनुहुन्छ ?
नीतिगत र बोलीमा राज्यले पर्यटन नेपालको आर्थिक विकासको आधार हो भनेपनि वास्तविक रुपमा त्यसलाई प्रमाणित गर्न सकेको अवस्था छैन । नेपालको पर्यटन क्षेत्रको विकासमा निजी क्षेत्रको भूमिका अहम हुन आउछ । सरकारले आधारभूत संरचनाको निर्माण र नीतिगत सुधार र परिमार्जन गर्नुपर्ने तर त्यो पनि समयमा हुन सकिरहेको छैन । राज्य र निजी क्षेत्रबीच साझेदारी गरेर पर्यटन क्षेत्रको विकासमा लाग्नुपर्दछ । राज्यले यसलाई गम्भिरताका साथ लिनु जरुरी छ ।

विश्वले नै तपाईलाई पर्वतीय विज्ञको रूपमा लिएको छ, पछिल्लो पटक पर्वतीय क्षेत्रमा देखिएको जलवायु परिवर्तनको नकरात्मक असरलाई कसरी न्यूनीकरण गर्न सकिन्छ होला ?
खासगरी अहिले विकसित मुलुकहरुको औद्योगिक क्षेत्रबाट निस्कने प्रदुषणले वातावरण असन्तुलन हुदै गएको छ । प्रदुषणले अस्वाभाविक रुपमा पृथ्वीको तापमान बृद्धि भई हिमालहरु पग्लिरहेका छन् भने समुद्र सतह बढ्दै जादा कतिपय समुद्र नजिकका स–साना मुलुक एवं क्षेत्रको अस्तित्व नै खतरामा पर्दै गएको छ । यस प्रकारणका समस्याहरुको पूर्ण रोकथाम गर्न नसकिए पनि निश्चित रुपमा न्यूनीकरण गर्न सकिन्छ । त्यसको निम्ति राज्य, आम नागरिक र सरोकारवाला सबै दत्तचित्त भएर वातावरण एवं प्राकृतिक सम्पदाको संरक्षण, वृक्षरोपण गर्ने, वातावरण संरक्षण सम्बन्धी जनचेतना फैल्याउनेलगायतका कामहरुबाट जलवायु परिवर्तनको असरलाई कम गर्न सकिन्छ । अधिकांश मानव जातिको स्वाच्छ पानीको स्रोत हिमाल भएकोले यसको संरक्षण गर्नुपर्दछ ।

सगरमाथाको महत्व घटाउने काम भयो भनेर टिप्पनी भैरहेको छ, साँच्चै हो ?
यो टिप्पनी सत्यको धेरै नजिक छ । अहिले सगरमाथामा सबैको पहुँच देखिन्छ । यस्तो परिस्थितिले सगरमाथाको जुन उचाई र गरिमा छ त्यसमा नकरात्मक प्रभाव परेको छ । सगरमाथा एउटा अन्तर्राष्ट्रिय आइकन हो, जसले नेपाललाई विश्वभर चिनाएको छ । एड्भेन्चर टुरिजमको अल्टिमेट डेस्टिनेशनको रुपमा विकास गर्न मद्दत गरेको छ, तर हामीले सगरमाथालाई सही रुपले प्रयोग र संरक्षण गर्न सकिरहेका छैनौं । सञ्चारका उपकरणहरुको अनुमति बिना प्रयोग, माउन्टेन फ्लाइटको नाममा हिमश्रीखंलाहरुलाई नकरात्मक असर पर्ने गरी उडान भर्ने, त्यस क्षेत्रमा उत्पादन भएको फोहोर मैलाको उचित व्यवस्थापनको अभावलगायतले सगरमाथाको महत्व घटाउने मात्र होइन अस्तित्व नै खतरामा पार्ने काम भैरहेको छ । सगरमाथाको महत्व र अस्तित्वलाई जोगाउन राज्य, व्यवसायी र आम सरोकारवालाहरु जिम्मेवार भएर लाग्नुपर्ने देखिन्छ ।

टे«किङ सिजनमा खुम्बु क्षेत्रको पर्यटक चापलाई कसरी व्यवस्थापन गर्न सकिन्छ ?
विशेषत खुम्बु क्षेत्रमा पर्यटकको चाप स्प्रीङ सिजनमा बढी हुने गर्दछ । किनभने हिमाल आरोहणको लागि प्राविधिक÷वातावरणीय दृष्टिकोणले यो अटम सिजन सबैभन्दा उपयुक्त मानिन्छ । यो समयलाई हिँउ पहिरो र हावाहुरी कम हुने समयको रुपमा लिइन्छ । त्यस्तो बेला स्वाभाविक रुपमा पर्यटकको संख्यामा बृद्धि हुन्छ र व्यवस्थापन गर्न कठिन हुन्छ । त्यस्तो परिस्थितिको व्यवस्थापनको लागि सबैलाई समान रुपले लागू हुने विधिको निर्माण गर्नुपर्दछ र त्यहि अनुसार व्यवहार गर्नुपर्दछ । यसमा हिमालका आधार शिविरहरुमा फस्टकम फस्ट सर्भिस लागू गर्नुपर्दछ । सम्पर्क अधिकृतको प्रभावकारीता बढाउनुपर्दछ । त्यस्तै आम सरोकारवालालाई पनि जिम्मेवार र सचेत बनाउन उत्तिकै जरुरी छ । खुम्बु क्षेत्रमा सबैभन्दा ठूलो समस्या भनेको यातायातको समस्या हो । लुक्ला विमानस्थल मौसमको कारण अवरुद्ध भयो भने पर्यटकहरु अलपत्र पर्नुबाहेक अर्काे कुनै विकल्प हुदैन । त्यस्तो समस्याबाट मुक्त हुनको लागि अल्टरनेटिभ रुपमा मोटरबाटोको निर्माण गर्नेतर्फ राज्य र सरोकारवाला निकायको ध्यान जानुपर्दछ ।

नेपालमा पर्यटकहरुलाई लगाइने विभिन्न शुल्क एकीकृत नभएको र परमिट लिने प्रकृया लामो रहेको गुनासो सुनिन्छ नि ?
नेपालको हरेक सेवा प्रकृयाहरु जटिल र कठिन छ । यहाँ विभिन्न शिर्षकमा पर्यटकसँग लिइने शुल्कमा एकीकृत गर्नुपर्ने र परमिट लिने प्रकृयालाई अझ छोटो र सरल बनाउनुपर्ने आवश्यकता छ । परमिट लिने प्रकृयाहरु अत्यन्तै झन्जटिलो र प्रकृयामुखी छ, जसले टुरिष्टलाई यहाँ आउन निरुत्साहित बनाउन सक्छ । त्यसैकारण यसमा रहेको कानूनी, नीतिगत र संरचनागत कुराहरुलाई तत्काल सुधार्दै लैजानुपर्छ । 

समग्रमा पर्यटकीय क्षेत्रको दिगो विकासको लागि के गर्न आवश्यक छ ?
नेपालको आर्थिक सम्बृद्धिको लागि एउटा महत्पुर्ण आधार पर्यटन हो । पर्यटन क्षेत्रको विकास गर्न सकिएमा यहाँको आर्थिक स्थितिमा सुधार भई गरिबी घट्ने र मुलुकको सामाजिक आर्थिक रुपान्तरणमा टेवा मिल्दछ । पर्यटन क्षेत्रको दीगो विकासको लागि राजनीतिक व्यवस्थामा स्थायीत्व आवश्यक छ । त्यस्तै राजनीतिक प्रतिबद्धता, भौतिक पुवाधारको निर्माण, आम नागरिकमा सकरात्मक दृष्टिकोण सहित नीतिगत, संरचना र विद्यामान केहि व्यवस्थाहरुमा समय सापेक्षा परिमार्जन गर्दै लैजानु पर्दछ । जसले नेपालको पर्यटन क्षेत्रको विकासमा गति प्रदान गर्दछ ।

सुन्तलीसँग डेटिङ गईंन: धुर्मुस

नेपाल टेलिभिजनको हाँस्य सिरियल ‘मेरी बास्सै’मा अभिनय गरेपछि एकाएक चर्चामा आएका ‘धुर्मुस’ अर्थात सिताराम कट्टेल अहिले सिनेमाको नायक पनि भएका छन् । उनी सहित बिभिन्न हाँस्यव्यंग्य कलाकारहरुले अभिनय गरेको चलचित्र ‘छ एकाने छ’ को छायांकन अन्तिम चरणमा पुगेको छ ।
सिताराम र कुञ्जना घिमिरे अर्थात ‘सुन्तली’को जोडी दर्शकमाझ चर्चामा पनि छ । धेरैलाई सुन्तली र धुर्मुसको जोडी कसरी बाँधियो भन्ने जानकारी नहुन पनि सक्छ ।   धुर्मुसले भने-’हाम्रो जोडी मेरी बास्सैको छायांकन स्थलमा फुलेर फक्रिएको हो ।’
धुर्मुसले सुन्तलीलाई दमन रुपाखेतीले निर्देशन गरेको ‘लौन सतायो’ नामक हाँस्य सिरियलको डमी छायांकनको क्रममा भेटेका हुन् । ‘तर लभ भनेर डेटिङ जाने, पार्कमा रमाउने काम भने गरिएन’ सुन्तलीसँगको प्रेमका विषयमा धुर्मुले भने-’हाम्रो प्रेम हाम्रै काममा मस्त थियो ।’
सुन्तलीसँग कहिल्यैपनि डेटिङमा नगएको धुर्मुसले बताए । ‘मैले उनलाई बाइकको पछाडिको सिट अग्लो बनाएर कम्मरमा अंगालो मार्दै डेटमा लगिन’ धुर्मुसले भने । धुर्मुस र सुन्तलीले प्रेम गरेको १ बर्षपछि बिहे गरेका हुन् । ‘काम गदर जाँदा एक अर्कालाई बुझ्यौं, घरपरिवारको बिषयमा जान्ने मौका पायौं, त्यसपछि मैले नै उनलाई बिहेको प्रस्ताव राखेको हो’ धुर्मुसले भने ।
बिहे भएको केही बर्ष बित्दा पनि धुर्मुस र सुन्तलीले सन्तानको बिषयमा सोचेका छैनन् । धुर्मुस भन्छन् -’काममा दुवैजना व्यस्त भएकाले यतातर्फ सोचिएको छैन, तर अब सोच्ने की भन्ने सल्लाह भएको छ ।’
उनले आफू र ‘माग्ने बुढा’ अर्थात केदार घिमिरेबीचको सम्बन्ध निकै सुमधुर भएको दावी पनि गरे । ‘हामीहरु यो बर्ष गाइजात्रा पर्वमा सँगै प्रहसन गर्दैछौं’ धुर्मुसले भने ।
तपाइंको नाम धुर्मुस कसले जुराईदियो ? यो क्षेत्रमा कत्तिको सन्तुष्ट हुनुहुन्छ ? यस क्षेत्रमा आउन चाहनेहरुलाई कस्तो सुझाव दिनुहुन्छ ?
मैले आफैं जुराएको हो । मेरो चरित्र नै अलिकति ‘ग्वाँचे’ खालको थियो । यसैले पनि मैले आफैं नाम खोज्दा खोज्दै यो नाम जुराएको हो । म यो क्षेत्रबाट निकै सन्तुष्ट छु । किनकी मुख्यतया नाम ठूलो कुरा हो, जुन मैले पाएको छु । यस क्षेत्रमा आउनका लागि सबैभन्दा ठूलो कुरा अनुशासित र मेहनती हुनुपर्छ ।
तपाईले राजनीतिलाई कुन रुपमा लिनुभएको छ ? यदि देशको प्रधानमन्त्री भएमा पहिलो काम के गर्नुहुन्छ ?
राजनीति देश हाँक्न चाहिने छडी हो । तर यहाँ फोहोरी राजनीति धेरै नै भयो । यसैले पनि हामीले बढी राजनीति र कम काम गर्यौं जस्तो मलाई लाग्छ । यो अवस्थामा देशको प्रधानमन्त्री भएपनि केही गर्न सकिँदैन । यसैले म प्रधानमन्त्री भएकै दिनमा राजीनामा दिन्छु ।
तपाईलाई यो क्षेत्रमा ल्याउन प्रेरणा दिने व्यक्ति को होला ? सुन्तलीसँग कसरी भेट भयो ? अनि बाबु बन्ने रहर लागेको छैन ? सुन्तली प्यारो कि मेरी बास्सै ?
मलाई यो क्षेत्रमा श्याम शर्मा, जितु नेपाल र मेरो गाउँकै स्वर्गीय गणेश बिकले ल्याउनुभएको हो । मैले सुन्तलीलाई दमन रुपाखेतीले निर्देशन गरेको ‘लौन सतायो’ सिरियलको डमीको छायांकनमा भेटेको हो । मेरो लागि त दुवै उस्तै हो । तर सुन्तलीलाई मेरी बास्सैले जन्माएकाले यो सिरियल नै प्यारो लाग्छ ।
तपाईं र केदार घिमिरे (माग्नेबुढा) को सम्वन्ध कस्तो छ ? दिल खोलेर बताइदिनुहुन्छ कि ?
हामी दुईको सम्बन्ध अत्यन्त सुमधुर छ । हामी यो बर्ष सँगै गाईजात्रे प्रहसन पनि गर्दैछौं । यसैले पनि थाहा हुन्छ हाम्रो सम्बन्ध कस्तो छ भनेर । हाम्रो सम्बन्धको बिषयमा आवश्यकता भन्दा ज्यादा कुरा बाहिर आयो ।
तपाईं एक्लो मान्छे धेरै रोलमा देखिँदा असजिलो लाग्दैन ? कुन रोल गर्दा रमाईलो लाग्छ ? ‘खड्का जी’ पात्र कसरी जुर्यो ? एउटै कपडामा रोल खेल्दा खल्लो लाग्दैन ?
यस्तो खालको भूमिका गर्नका लागि असजिलो त धेरै नै हुन्छ । तर फरकफरक दर्शकलाई फरकफरक भूमिका मनपर्ने भएकाले पनि यस्तो गर्नुपरेको हो । मलाई ‘खड्का जी’ र ‘मुस्कान पासा’को भूमिका धेरै नै मन पर्छ । सिंगापुरमा कार्यक्रममा गर्न जाँदा महेश खड्काले यस्तै खालको भूमिका गर्नुभएको थियो । पछि मैले त्यो चरित्रलाई विस्तार गर्ने काम गरेको हुँ । फरकफरक लुगा लगाउँदा चरित्रको पहिचान नहुने भएकाले पनि यस्तो गरिएको हो ।
बिदेशमा श्रम गर्ने नेपालीहरुलाई तपाईं के भन्न चाहनुहुन्छ ?
देशको स्थिति राम्रो भएको भए बाहिर जानु पर्दैनथ्यो । तर पनि बिदेशमा राम्रो गरेर स्वदेशमा नै आउनुहोला भन्न चाहन्छु ।
कलाकारिता भन्दा अरु कुनै पेशा पनि अँगाल्नुभएको छ ?
त्यो बाहेक मैले बंगुर पाल्ने काम गरेको छु । अर्कोतिर शुभतार अस्पतालमा पनि म आबद्ध छु ।
-onlinekhabar

No comments: