शिखर पोष्ट रिपोर्टर
काठमाडौं, २५ कात्तिक । गत वैशाख ५ गते सगरमाथा आधार शिविरमा गएको भीषण हिमपहिरोमा परी निधन हुने शेर्पाहरुको परिवारलाई सरकारले प्रतिव्यक्ति ५÷५ लाखको दरले राहत उपलब्ध गराउने भएको छ ।
उक्त हिमपहिरोमा परी निधन भएका १३ जना र हराएका ३ जनासहित जम्मा १६ जना आरोहीहरुको परिवारले सो रकम पाउने भएका हुन् ।

सो रकम मन्त्रिपरिषद्को बैठकबाट पास गरेर अर्थ मन्त्रालयले उपलब्ध गराउनेछ । पर्यटन मन्त्रालयले पर्यटन विभागमार्फत सो रकम सम्बन्धित परिवारलाई हस्तान्तरण गर्ने तयारी गरिरहेको छ । रकम हस्तान्तरणको लागि नाता प्रमाणित गर्न आवश्यक कागजात माग गरिएको विभागका महानिर्देशक तुल्सीप्रसाद गौतमले जानकारी दिनुभयो ।
‘राहत उपलब्ध गराउनको लागि हामीले रिपोर्ट मागेका छौं’, उहाँले भन्नुभयो ‘भोली समस्या नआओस् भनेर नाता प्रमाणित गर्नुपर्ने महसुस गरी पीडित पक्षसँग रिपोर्ट माग गरेका हौं ।’ महानिर्देशक गौतमले सबैको आवश्यक कागजात जम्मा भइसकेपछि छिट्टै एउटा कार्यक्रम आयोजना गरेर रकम हस्तान्तरण गर्ने बताउनुभयो ।

No comments:
Post a Comment