Monday, November 10, 2014

सगरमाथा र आमाडब्लमको आधार शिविरमा वाइफाई सेवा

शिखर पोष्ट डेक्स
काठमाडौं, 25, कात्तिक ।विश्वको सर्वोच्च शिखर सगरमाथा र विश्वकै सबैभन्दा सुन्दर हिमाल आमाडब्लमको आधार शिविरमा वाइफाई (इनटरनेट) सेवा सञ्चालन भएको छ । एभरेष्ट लिङकले जिल्लाको खुम्बु क्षेत्रमा इन्टरनेट जडान गर्ने क्रममा ती हिमालको आधार शिविरमा समेत इन्टरनेट सेवा उपलब्ध गराएको हो । 
 
यससँगै यस्तै जिल्लाको नाम्चे, खुम्जुङका साथै पर्यटकीय बस्तीहरु गोक्यो, दोले, मछेर्मो, फेरुचे, दिङबुचे, दिबुचे, फोर्चे, तेङबोचे, पाङोचे, मञ्जो, फाक्दिङलगायतका स्थानमा पनि इन्टरनेट सेवा सुचारु भएको छ ।

पर्यटकको सुविधालाई ध्यान दिएर खुम्बुको करिब ७० प्रतिशत क्षेत्रमा इन्टरनेट सेवा पु¥याएको एभरेष्ट लिङकका प्रबन्धक बुद्धि तामाङले जानकारी दिनुभयो । हाल २० एमबी गति रहेको सो इन्टरनेट चाँडै ब्याण्डविथमा ४० एमबी बनाएर तीब्र गतिको इन्टरनेट सेवा दिने प्रबन्धक तामाङको भनाइ छ ।

इन्टरनेट सेवा चालु भएपछि दुर्गम उच्च हिमाली क्षेत्रको कुनाकन्दरासम्म ल्यापटप, मोबाइल, ट्यावलेटलगायत अन्य डिभाइसहरुमा वाइफाईमार्फत इन्टरनेट प्रयोग गर्न सकिने छ । इन्टरनेट सेवा पाएपछि यस क्षेत्रमा आउने पर्यटकले अब थप सेवाको महसुस गर्नेछन् ।

No comments: