Saturday, November 8, 2014

सहमति नभए गच्छादार र ठाकुरमध्ये एक जना प्रधानमन्त्री

शिखर पोष्ट डेक्स
काठमाडौं, २२, कात्तिक । आउदो दश दिनभित्र सहमति नभए मधेसी जनाधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार वा तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्त ठाकुरमध्ये एक जनालाई प्रधानमन्त्री बनाउन एमाले कांगे्रसको एउटा टिम लागि परेको खुलासा भएको छ ।

एकीकृत नेकपा माओवादीका नेता गोपाल किरातीले यस्तो खुलासा गरेका हुन् । कांगे्रस एमालेको एउटा टिम दश दिनभित्र सहमति नभए गच्छदार वा ठाकुरलाई प्रधानमन्त्री बनाउन दौडधुपमा लागि परेका छन्’ किरातीले भने ।

‘तर मधेसको एजेण्डा लिएर जाने कि छोडेर’ उनले शिखर पोष्टसँग भने–‘कांग्रेस एमालेलाई परिबर्तन र पहिचानको एजेण्डा स्वीकार गराएर जाने हो भने हिरो, छोडेर गयो भने ठाकुर वा गच्छदारको मधेस राजनीतिक जेरो ।’

उनले त्यसैमा थपेका छन् ‘त्यसपछि प्रचण्ड मोर्चा निर्णायक बन्छ ।’  उक्त टिममा को को संलग्न छन भन्ने कुरा चाँही उनले खुलाउन चाहेनन ।

No comments: