Sunday, November 9, 2014

फाप्लुमा ठुलो दुर्घटनाबाट बच्यो सभासद बोकेको नेवानीको जहाज

सोलुखुम्बु, २३ कार्तिक । सोलुखुम्बुबाट ५ जना सभाषद बोकेको नेपाल एयरलायन्सको जहाज ठुलो दुर्घटना हुनबाट बचेको छ । सल्लेरीस्थित फाप्लु बिमानस्थलबाट आधा दर्जन सभाषद सहित १५ जना यात्रु बोकी उडान सुरु गर्न लागेको उक्त बिमानको अकस्मात इन्जिनमा समस्या आएपछि अहिले सो बिमान फाप्लु बिमानस्थलमै ग्राउन्डेड भएको छ ।

उडानका लागि बिमान धावन मार्गमा गुड्दै गर्दा कल साइन नाइन एन ए बि यु भएको सो बिमानको दायाँ तर्फको पंखा नघुमेपछि ग्राउण्डेड भएको नागरिक उड्यन प्राधिकरण फाप्लुका एटिसि अफिसर हरि अधिकारीले जानकारी दिए । बिमानमा संबिधान सभा निर्बाचन अध्ययन अनुसन्धान तथा सुझाब सम्बन्धी संसदीय बिशेष समितिका संयोजक लक्ष्मणलाल कर्ण, सदस्यहरु रामनारायण बिडारी, भानुभक्त ढकाल, कमल प्रसाद पंगेनी, रेखा शर्मा लगायत संसद सचिबालयका कर्र्मचारीहरु रहेका थिए ।

जहाज ग्राउण्डेड भएपछि नेपाल एयरलायन्स काठमाडौबाट इन्जिनियर सहितको टोलि फाप्लु बिमानस्थल आउन लागेको नेपाल एयरलायन्सले जनाएको छ ।

No comments: