उपसमितिले निर्माण गरेको उक्त बजेटमाथि गत कात्तिक आइतबार सर्वपक्षीय छलफल गरिएको थियो । उक्त छलफल कार्यक्रममा अघिल्लो वर्षको तुलानामा ठूलो बजेट आएपनि केही कार्यक्रमहरु छुटेको भन्दै सुधार गर्न सुझाएका थिए । उपसमितिले प्रस्तुत गरेको बजेटमा छिमेकी मुलुक भारत र चीनलाई मुख्य प्राथमिकतामा राखेर अन्तर्राष्ट्रिय पर्यटन प्रवद्र्धन गर्ने र केही नयाँ कार्यक्रमहरु पनि थप गरिएको छ ।
बोर्डको कार्यक्रम तथा बजेटमा अन्तर्राष्ट्रिय हिमालयन मार्ट र अन्तर्राष्ट्रिय मिडियामार्फत प्रवद्र्धनलाई प्राथमिकता दिनेलगायत केही नयाँ कार्यक्रमहरु थप गरिएको छ । बोर्डले तय गरेको यो अनुमानित बजेटमा बोर्डका विभिन्न पाँचवटा महाशाखा र पोखरा कार्यालयबाट खर्च गरिने छ । कुल बजेटमध्ये पर्यटक सेवा शुल्कबाट ७६ करोड ८९ हजार संकलन गर्ने अनुमान गरेको छ ।
बोर्डले पदयात्री सूचना व्यवस्थापन प्रणाली (टिम्स) बाट १८ करोड ३१ लाख रुपैयाँ संकलन गर्ने लक्ष्य राखेको छ । यो बजेटमध्ये बोर्डले प्रशासनिक खर्चतर्फ १० करोड ५० लाख, पर्यटन प्रवद्र्धन तथा मार्केटिङमा २७ करोड ८६ लाख, जनसम्पर्क तथा प्रचारप्रसार विभागमा १६ करोड ७० लाख खर्च गर्ने भएको छ । पर्यटन स्रोत तथा विकास विभागबाट १७ करोड २९ लाख, बोर्डले पोखरा कार्यालयबाट दुई करोड ५० लाख रुपैयाँ खर्च गर्ने उपसमितिद्वारा प्रस्तुत बजेटमा उल्लेख छ ।
विभिन्न कारणले समस्याग्रस्त बोर्डको बजेट निर्माण गर्नको लागि आर्थिक वर्ष सकिएको ४ महिना ढिलोगरी बोर्ड सञ्चालक समिति सदस्य फुर्वाग्याल्जेन शेर्पाको संयोजकत्वमा पाँच सदस्यीय बजेट तर्जुमा उपसमिति गठन गरिएको थियो । उपसमिति सदस्यहरुमा बोर्डका सञ्चालक समितिका अर्का सदस्य पम्फा धमला, पर्यटन विभागका महानिर्देशक तुल्सीप्रसाद गौतम, पर्यटन मन्त्रालय र अध्यागमन विभागबाट एक÷एक जना प्रतिनिधि रहको थियो ।

उपसमिति संयोजक शेर्पाले यस वर्षको बजेटमा निजी क्षेत्रको भावनाहरुलाई समेट्ने अधिकतम प्रयास भएको र सबैको सुझावलाई समेटेर सर्वमान्य कार्यक्रम तथा बजेट निर्माण गर्न आफुहरु लागिपरेको बताउनुभयो । निजी क्षेत्रले दिएको सुझावको आधारमा बजेटमा आवश्यक संशोधन गरी लागू गर्ने कार्यन्वयनमा लैजाने उाँको भनाइ थियो । उपसमितिले पेश गरेको उक्त बजेट पर्यटन बोर्ड सञ्चालक समितिमा छलफल भई पारित गरिने ।

No comments:
Post a Comment