काठमाडौं । समग्र किरात राई पत्रकारहरुको छाता संगठन किरात राई पत्रकार संघ केन्द्रीय कार्यसमितिको तेस्रो महाधिवेशन आउदो भदौं ५ गते काठमाडौंमा हुने भएको छ । गत जेठ ३१ र असार १ गते इलाममा सम्पन्न संघको दोस्रो पूर्ण बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले अध्यक्ष राजेश चाम्लिङको संयोजकत्वा १९सदस्यीय महाधिवेशन मुल
आयोजक समिति गठन गरेको छ । त्यस्तै कोषाध्यक्ष खुशी राईको संयोकत्वमा
आर्थिक उपसमिति, उपाध्यक्ष श्रीशीशा राईको संयोजकत्वमा विधान संसोधन
उपसमिति, उपाध्यक्ष भीषण राईको संयोजकत्वमा व्यवस्थापन उपसमिति र अध्यक्ष
राजेश चाम्लिङको संयोजकत्वमा प्रतिनिधि परिवेक्षक छनोट उपसमिति गठन गरिएको छ
। यसैबीच, संघको आयोजनामा दुई दिन मातृभाषा विकासको लागि टेलिभिजन
पत्रकारिता विषयक विशेष तालिम सम्पन्न भएको छ । तालिममा विभिन्न जिल्लाबाट
तीन दर्जन भन्दा बढिको सहभागिता रहेको थियो ।
उक्त तालिमको प्रमुख प्रशिक्षकको रुपमा कान्तिपुर टेलिभिजनका दिपेन्द्र वान्तावा राई रहनुभएको थियो भने अध्यक्ष राजेश चाम्लिङ राई र उपाध्यक्ष श्रीशीशा राईले पनि छुट्टाछुट्टै विषयमा तालिम प्रदान गर्नुभएको थियो । आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको सहयोगमा सञ्चालित उक्त तालिमको संयोजन संघका उपाध्यक्ष भीषण राईले गर्नुभएको थियो भने व्यवस्थापकीय पक्ष संघका इलाम जिल्ला शाखा अध्यक्ष रिता राराहाङ र सचिव बुद्धबीर राईले गर्नुभएको थियो ।

No comments:
Post a Comment