Wednesday, November 12, 2014

टीजेएफ–नेपालद्वारा पत्रकार महर्जनलाई आर्थिक सहयोग

शिखर पोष्ट डेक्स
काठमाडौं, २७ कात्तिक । नेपाल पर्यटन पत्रकार मञ्च (टीजेएफ–नेपाल)ले आफ्ना कार्यसमिति सदस्य कल्पना महर्जनको उपचारार्थ सहयोग अभियानअन्तर्गत एक लाख १५ हजार १० रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको छ ।  उक्त चेक मञ्चका अध्यक्ष शिव अधिकारी र कोषाध्यक्ष प्रकाश खालिङलगायतको टोलीले बुधबार उनको श्रीमान् दिलभक्त महर्जनलाई प्रदान गरेको हो । सगरमाथा आरोहण अभियानअन्तर्गत मेरापीक (६७००मि.) आरोहणको क्रममा अस्वस्थ भई अस्पताल भर्ना भएकी महर्जनको उपचारार्थ सहयोग गर्न मञ्चले बृहत अभियान नै सञ्चालन गरेको थियो । 

 उपचारार्थ सहयोग अभियानअन्तर्गत नेपाल पर्यटन पत्रकार मञ्च (टीजेएफ–नेपाल)ले खोलेको खाता नम्बर ३२४१३४२१४५५२४००१ (एनआईसी एसिया बैंक)मा गन्तव्य नेपाल पत्रकारिता कल्याणकारी कोषबाट रु. २५ हजार, युटीनअन्तर्गत पोष्टबहादुर पर्यटन कोषबाट रु. ३५ हजार, नेपाल पर्यटक यातायात व्यवसायी संघबाट रु. २० हजार, नमस्ते फेयर टे«डबाट रु. १० हजार आर्थिक सहयोग जम्मा भएको छ भने हाइवे स्टार टुर्स प्रा.लि.का प्रबन्ध निर्देशक तथा मञ्चका सल्लाहकार मनोज श्रेष्ठबाट रु. ५ हजार, टुर्गानका अध्यष हरेराम बरालबाट रु. ५ हजार, होटल उडल्याण्ड, काठमाडौंका अध्यक्ष कुमार थापाबाट रु. ५ हजार, लाइभ नेपाल ट्राभलका प्रबन्ध निर्देशक दिपक दाहालबाट रु. ५ हजार ५, चिकुसा रेष्टुरेन्टका प्रबन्ध निर्देशक कुमार थापाबाट रु. ५ हजार ५ गरी जम्मा रु. १ लाख १५ हजार १० रकम संकलन भएको थियो ।  

त्यस्तै टे«किङ एजेन्सिज एसोसिएशन अफ नेपाल (टान)को तर्फबाट १,००,०००.०० (अक्षररेपी एक लाख रुपैयाँ) तथा नेपाल पर्वतारोहण संघ (एनएमए)को तर्फबाट १,००,०००.०० (अक्षररेपी एक लाख रुपैयाँ) प्रदान गरिसकेको छ भने संयुक्त पर्यटन समन्वय समिति (जेटीसीसी)ले रु. ५०,०००.०० (अक्षररेपी पचास हजार रुपैयाँ) प्रदान गर्ने निर्णय गरिसकेको छ । पत्रकार महर्जनको उपचारार्थ सहयोग अभियानअन्तर्गत विभिन्न संघ संस्थाहरुबाट जम्मा ३ लाख ६५ हजार १० रुपैयाँ आर्थिक सहयोग जुटेको टीजेएफ–नेपालले जनाएको छ । टीजेएफ नेपालले उनको उपचारार्थ सहयोग गर्नको लागि विभिन्न संघसंस्थाहरुलाई औपचारिक पत्राचार गराउनेदेखि विभिन्न कार्यक्रममार्फत आह्वान गरेको थियो ।

यसैबीच, मञ्चले आफ्नो अभियानमा साथ दिई सञ्चारकर्मी महर्जनलाई सहयोग गरेकोमा टान, एनएमए, जेटीसीसीलगायत सम्पूर्ण संघसंस्था तथा व्यक्तितहरुलाई धन्यावाद ज्ञापनसमेत गरेको छ ।

No comments: