Monday, November 10, 2014

टानद्वारा ठमेलस्थित मनाङ प्लाजामा टिम्स काउन्टरको स्थापना

शिखर पोष्ट रिपोर्टर
काठमाडौं, २५ कात्तिक । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)ले ठमेलस्थित मनाङ प्लाजामा टिम्स काउन्टर सञ्चालनमा ल्याएको छ । गत असोज १ गतेदेखि नै उक्त काउन्टर सञ्चालनमा ल्याउने भनिएपनि प्राविधिक कारणले ढिलो भएको टानले जनाएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उडडयन मन्त्रालयका सचिव सुरेशमान श्रेष्ठले मंगलबार एक कार्यक्रमबीच उक्त काउन्टरको औपचारिक उद्घाटन गर्नुभएको छ । बिहान ७ बजेदेखि साँझ ६ बजेसम्म टिम्स कार्ड वितरण गर्ने व्यवस्था मिलाइएको छ । यसैगरी सार्वजनिक विदाका दिनहरुमा भने यस अघिझैं बिहान १० बजेदेखि दिनको १ बजेसम्म टिम्स काउण्टर सञ्चालनमा रहनेछ । ठमेल काउन्टरको लागि ४ जना कर्मचारी रहनेछन् ।

अहिलेसम्म टानकै सचिवालयबाट टिम्सकार्ड वितरण गर्दै आइएको थियो । व्यवहारिक पक्षलाई ध्यानमा राख्दै टानले ठमेलमा टिम्स काउन्टर स्थापना गरेको हो । निकट भविष्यमै बौधमा पनि टिम्स काउण्टर स्थापना गर्ने तयारी भइरहेको टानका उपाध्यक्ष कुलबहादुर गुरुङले बताउनुभयो ।

No comments: