नेपाल घुम्ने पर्यटकको बारेमा पर्यटन बर्ष पुरुष २०१३ आङछिरिङ शेर्पाको दृष्टिकोण
भारत
नेपालमा सबैभन्दा बढी भारतीय पर्यटक आउँछन् । उच्च, मध्यम र न्यून, तीनै गुणस्तरका भारतीय पर्यटक नेपालमा आइरहेका छन् । बस रिजर्भ गरेर आफ्ना सामान आफैँ लिएर आउने धार्मिक पर्यटकबाहेक अन्य भारतीय पर्यटक खर्चालुमै पर्छन् । उनीहरू किनमेलमा बढी खर्च गर्छन् । घरायसी प्रयोजनदेखि लिएर उपहारका सामानसम्म उनीहरूको रोजाइमा पर्छ । उच्च वर्गकाहरू विमानमा आउँछन्, राम्रै होटेलमा बस्छन् । नेपालका क्यासिनो पनि भारतीय पर्यटकको अर्को आकर्षण हो । ट्रेकिङका लागि पनि भारतीय पर्यटक नेपाल आउँछन् । दामोदर कुण्ड र सगरमाथा क्षेत्र उनीहरूको प्रमुख गन्तव्य हो । तर, ट्रेकिङमा जानेले बढी खर्च गर्दैनन् । एउटा कोठामा ६ जनासम्म सुत्छन् । दक्षिण एसियालीको स्वभाव नै हो, मोलमोलाइ गर्ने । भारतीय पनि यसबाट फरक छैनन् । खानपिनमा भने भारतीय सोखिन हुन्छन् । मदिरा पनि बढी नै पिउँछन् ।
चीन
अधिकांश चिनियाँ पर्यटकचाहिँ समूहमा आउँछन् । चिनियाँ खाना नेपालमा पनि निकै लोकप्रिय छ । त्यसै आधारमा सहज अनुमान लगाउन सकिन्छ कि उनीहरू खानेकुरामा सोखिन हुन्छन् । खानामा उनीहरूको सोख अनौठो हुन्छ । खाइनसके पनि टेबुलभरि फिँजाएर खाना राख्ने उनीहरूको संस्कार हुन्छ । पिउने मामिलामा पनि चिनियाँ अगाडि नै छन् । तर, आफ्नो देशमा जसरी धेरै मात्ने गरी पिउँदैनन् । तुलनात्मक रूपमा चिनियाँ पर्यटक भद्र पनि हुन्छन् र खर्चिला पनि । मूल्यमा किचकिच गर्दैनन् । धेरैजसो अन्तर्मुखी स्वभावका हुन्छन् । त्यति घुलमिल हुन रुचाउँदैनन् । घुलमिल हुनेमा चाहिँ भारतीय अगाडि छन् । भाषाको कारण पनि यस्तो भएको हो । चिनियाँ पर्यटकमा चाहिँ भाषाको समस्या बढी छ । धेरैजसो चिनियाँ पर्यटक ‘ह्यान्डिक्राफ्ट’ किन्छन् । लुम्बिनी पोखरा, काठमाडौं र चितवन उनीहरूको प्रमुख रोजाइ हो । उनीहरू ट्रेकिङ भने खासै जाँदैनन् । आफ्नै हिसाबले हिँड्ने हुनाले झगडा पनि गर्दैनन् ।
अमेरिका
अमेरिकी पर्यटकचाहिँ तुलनात्मक रूपमा सभ्य हुन्छन् । सेवा पनि उच्चस्तरको खोज्छन् । बसाइ पनि सोखिन हुन्छ उनीहरूको । व्यवसायीले गरेको प्रतिबद्धताअनुरूपको गुणस्तर नपाएमा गम्भीर भएर गुनासो गर्न पछि पर्दैनन् । खर्चमा खासै सम्झौता गर्दैनन् । तुलनात्मक रूपमा अमेरिकी पर्यटकले कामदारलाई बढी नै टिप्स दिन्छन् । किनमेलमा पनि उनीहरू अगाडि नै छन् । किन्नका लागि उनीहरूको रोजाइ कार्पेट र ह्यान्डिक्राफ्टलगायत सामान हुन्छन् । नेपालका हिमाल चढ्ने पर्यटकमा सबैभन्दा बढी अमेरिकन नै छन् । उनीहरू पहाड र हिमालतिर घुम्न रुचाउँछन् । खानामा उनीहरूको रोजाइ कन्टिनेन्टल हुन्छ । जुन देशमा गयो, त्यहीँको स्थानीय खाना खाने सोख पनि राख्छन् । अमेरिकी पर्यटकको रोजाइमा स्तरीय मदिरा पर्छ । मातेर जिउ छाड्ने खालका हुँदैनन् । लामो छुट्टी लिएर घुम्न आउनेमा पर्यटकमा पर्छन्, अमेरिकीहरू ।
बेलायत
बेलायती पर्यटक पनि अमेरिकीजस्तै सभ्य हुन्छन् । तर, उनीहरूजत्तिकै पैसावालचाहिँ हँुदैनन् । संख्याको हिसाबले हेर्दा ९० प्रतिशत अमेरिकी पर्यटक गुणस्तरीय होटलमा बस्छन् र सेवा लिन्छन् । तर, ६० प्रतिशत बेलायती पर्यटक मात्रै गुणस्तरीय सेवाका पारखी पाइन्छन् । ४० प्रतिशत पर्यटकचाहिँ मितव्ययी हुन्छन् । आर्थिक रूपमा अमेरिकाको तुलनामा नपुगेकाले उनीहरूलाई समस्या भएको होला । बेलायतीको पनि रोजाइ पर्वतीय पर्यटन हुन्छ । युरोपेली खाना नै उनीहरूको प्राथमिकतामा पर्ने भए पनि कतिपय युरोपेलीको तुलनामा फरक छ । उनीहरू ब्रेकफास्टमा विशेष गरेर पोरिज, कर्नफ्लेक्स खोज्छन्, तर जर्मनीहरू
पोरिज खाँदैनन् । बेलायती पर्यटक पनि किनमेलमा सोखिन नै हुन्छन् । मदिराको सवालमा उनीहरूको पनि अमेरिकीजस्तै स्वभाव हुन्छ ।
जापान
पछिल्लो समय नेपालमा जापानी पर्यटकको संख्या केही घटेको छ । भुइँचालो र सुनामीको कारण जापानी पर्यटक घटेका हुन् । उनीहरू प्राय: प्याकेजमा आउँछन् । प्याकेजमा भएका सबै सेवासुविधा खोज्छन्, तर त्यसबाहिरका सुविधाबारे भने खासै सोधखोज गर्दैनन् । त्यसैले उनीहरूलाई कम खर्च गर्ने पर्यटकका रूपमा लिइन्छ । उनीहरू अनावश्यक खर्च गर्न रुचाउँदैनन् । उनीहरूको लन्च, डिनर, ब्रेकफास्ट रुटिनअनुसार चल्छ । अमेरिकी वा बेलायती पर्यटक जुनसुकै वेलामा खान्छन्, तर जापानी जति वेला पायो, त्यति वेला खर्च गरेर खाँदैनन् । जापानी धेरै पिउनेमा पर्छन् तर नेपालमा त्यसरी पिएको थाहा छैन । छोटो दूरीको ट्रेक जापानीको रोजाइमा पर्ने गर्छ । उनीहरू लामो समयका लागि आउँदैनन् । बढीको १०/१२ दिन मात्र बस्छन् । ‘सोभिनियर’ नै बढी किन्छन् । ह्यान्डिक्राफ्ट पनि उनीहरूको रोजाइमा पर्छ । उनीहरूमा पनि भाषाको समस्या केही छ । तर, चिनियाँमा जतिचाहिँ होइन ।
जर्मनी
जर्मन पर्यटक सबैभन्दा सजिला र सरल हुन्छन् । त्यसैले पर्यटन व्यवसायी उनीहरूलाई ‘घिउ पर्यटक’ पनि भन्ने गर्छन् । उनीहरू खर्चिला हुन्छन् र धेरै खानपिन गर्छन् । उनीहरू पहाडको लजमा बसे भने पनि नौ बोतलसम्म बियर खान्छन् । टेबुलभरि बियर राखेर रमाइलो गर्छन् । पानीको साटोसमेत बियर पिउँछन् । लजवालाहरू पनि जर्मन पर्यटक आएमा रमाउँछन् । उनीहरूमा भाषाको समस्या त्यत्ति छैन । तर, केही खस्रो बोल्छन् । व्यवहार भने निकै नरम हुन्छ । नेपालको कार्पेट, पस्मिनाजस्ता सामानमा उनीहरूको रुचि देखिन्छ । सपिङमा राम्रो खर्च गर्नेमा पर्छन् उनीहरू । मोलमोलाइ पनि गर्दैनन् । घुम्नलाई पहाड नै उनीहरूको रोजाइ पर्छ । ट्रेकिङ, माउन्टेनियरिङका साथै संस्कृति बुझ्ने चासो पनि धेरै हुन्छ । नेपाली खाना खान रुचाउँछन् ।
फ्रान्स
फ्रान्सेली अलि बढी मोलमोलाइ गर्ने खालका हुन्छन् । जर्मनको तुलनामा किचकिचे । खर्च गर्ने हिसाबले मध्यमस्तरमा पर्छन्, सबै एकैनासका । संयमित भएर पिउँछन् । बियरभन्दा वाइन र हार्ड ड्रिंक्स बढी पिउँछन् । नेपाली खानामा उनीहरूको खासै रुचि पाइँदैन । भाषाको समस्या भने खासै छैन । समूहमा आउँदा अंग्रेजीमै बोल्छन् । अहिलेका युवा युरोपेली सबै अंग्रेजी बुझ्छन् र बोल्छन् । त्यसले पनि सजिलो भएको छ ।
अस्ट्रेलिया
अस्ट्रेलियन हाम्रा लागि महत्त्वपूर्ण पर्यटक हुन् । किनकि, उनीहरू हिउँदमा बढी आउँछन् । पर्यटनको मुख्य सिजन मार्च, अप्रिल, मे, जुन, सेप्टेम्बर, अक्टोबर र नोभेम्बर हो । तर, उनीहरू डिसेम्बर र जनवरीमा आउँछन् । अफ सिजनका पर्यटक भएकाले हामीले उनीहरूलाई पल्काउनु आवश्यक छ । उनीहरू लामो छुट्टीमा आउँछन् र खर्च पनि निकै गर्छन् । अंग्रेजी बोल्ने देश भएकाले भाषामा समस्या हुँदैन । उनीहरूको रोजाइमा कार्पेट र हेन्डिक्राफ्ट बढी पर्छ । पिउने विषयमा बेलायतीजस्तै हुन् । केही भने अलि बढी पिउने खालका पनि हुन्छन् ।
दक्षिण कोरिया
धेरै विषयमा जापानी र दक्षिण कोरियाली पर्यटकको व्यवहार उस्तै हुन्छ । उनीहरूमा पनि भाषाको समस्या छ । प्याकेजमा आउने धेरै हुुन्छन् । घुम्न जाँदा पनि प्याकेजमै जान खोज्छन् । सेटमा जे तोकेको छ, त्यही खान्छन् । भाषाको समस्याले गर्दा पनि एक्लै घुम्न जाँदैनन् ।
उनीहरूको खर्च गर्ने बानी पनि जापानीसँग करिब मिल्छ । मात्ने गरी पिउँदैनन् । छोटो ट्रेकमा बढी जान्छन् । एक हप्तासम्मको ट्रेकिङमा जाने बढी हुन्छन् ।
पहिले हिमाल चढ्न रुचाउने बढी थिए । तर, अहिले हिमाल चढ्नेमा कोरियाली र जापानी दुवै घटेका छन् । पर्यटकको संख्यामा भने अहिले जापानीभन्दा कोरियन
बढेका छन् ।
मलेसिया
मलेसियन खाने विषयमा नेपालीजस्तै हुन्छन् । पिरो–अमिलो खाने । खासै खर्चिला हुँदैनन् । खाइरहनुपर्ने र पिइरहनुपर्ने उनीहरूको स्वभाव हुन्छ ।
भाषाको समस्या खासै छैन । बुझ्न सकिने अंग्रेजी बोल्छन् र बुझ्छन् । सिंगापुरसँग जोडिएकाले पनि अंग्रेजी राम्रो छ । नेपालमा ट्रेकिङ र पर्वतारोहणमा जान रुचाउने मलेसियन नै बढी आउँछन् । मैले चाहिँ भद्र नै पाएको छु, तर कतिपयले मलेसियाली पर्यटक बार्गेनिङ गर्ने र सस्तो खोज्ने पनि हुन्छन् भनेको सुनेको छु ।
टान चुनावी माहौल

-nepalnews
टान चुनावी माहौल
टानमा राजनितिक भागबण्डा नमिलेपछि गुट उपगुट
प्रकाश खालिङ
काठमाडौं, साउन २५
समग्र
ट्रेकिङ व्यवसायीहरुको प्रतिनिधिमुलक संस्था ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ
नेपाल (टान)भित्र आपसी कटाक्ष बढेको छ । टानको ३२औं साधारण सभा हुने
समयावधि नजिकिदै गर्दा नेतृत्वको विषयलाई लिएर अहिले विभिन्न गुटउपगुटमा
विभाजन हुने क्रमले तीब्रता पाएको हो । टानमा गुटउपगुट हुनको प्रमुख कारण
भने राजनितिक भागबण्डा नै रहेको स्रोतले बताएको छ।
आगमी
भदौ दोस्रो हप्तामा हुन लागेको टानको उक्त साधारण सभाबाट कसलाई नेतृत्व
चयन गर्ने भन्ने विषयमा मओवादीसमर्थित र कांग्रेससमर्थित व्यवसायीहरुबीच
आपासी घोचपेच तथा आरोपप्रत्यारोप सुरु भएको छ । टे«किङ व्यवसायीहरुको
हकहितको लागि लड्ने उद्देश्यले स्थापित टानमा देखिएको यस्तो समस्या पहिलो
भने होइन । यसअघि पनि यस्तै विभिन्न गुटउपगुटकै बीचमा सम्पन्न गरिएकोले
बेलाबेलामा असामान्य खालका समस्याहरु पनि देखा परे । अब हुन लागेको साधारण
सभा सम्पन्न गर्न राष्ट्रिय राजनितिलेसमेत प्रत्यक्ष रुपमा प्रभाव पारेको छ
।
संयन्त्रमा कसको कति ?
माओवादी–४
ज्योति अधिकारी, हरि धरेल, नवराज दहाल र पम्फा धमला
कांग्रेस–४
दीपक महत, रमेश धमला, देवेन्द्र वाग्ले र महेन्द्र सिंह
एमाले–५
कृष्ण अर्याल, चन्द्र रिजाल, मदन अर्याल, सिएन पाण्डे र सिताराम सापकोटा
अहिलेको
टानको आगामी नेतृत्वका लागि माओवादी, कांग्रेस र एमाले समर्थित
व्यवसायीहरु चुनाबी मैदानमा उत्रेका छन् । उनिहरुले प्रत्यक्ष रुपमै
पार्टीगत उमेद्धार घोषणा गरिरहेका छन् ।
केहिसमय
अघिमात्र व्यवसायिक एकताको लागि भनेर सबैको प्रतिधित्व हुनेगरि एउटा
समिति(संयन्त्र) गठन भएको थियो । टानका पूर्वअध्यक्षसमेत रहनुभएका दीपक
महतको संयोजकत्वमा भएको सो संयन्त्रमा तीन वटा पार्टीको कोटा नै तोकेर
माओवादीको ४ जना, कांगे्रसको ४ जना र एमालेसको ५ जना गरि १३ सदस्यीय समिति
बनाइएको थियो । महत कांग्रेसपक्षका हुनुहुन्छ ।
उक्त
संयन्त्रको गत साउन १६ गतेको बैठकले टानको ३२आंै साधारणसभाबारेमा एउटा
निर्णय गरेको थियो । ठमेलस्थित मस्यांदी होटलमा बसेको संयन्त्रको बैठकले
हुन लागको साधारणसभाबाट माओवादीसमर्थित हरि धरेलको नेतृत्वमा सर्वसम्मतको
कार्यसमिति चयन गर्ने निर्णय गरेको थियो । तर केहिसमय पुग्दानपुग्दै उक्त
निर्णयको विरुद्ध कांग्रेस पक्ष उत्रिएपछि संयन्त्रको निर्णय भताभुङ्ग भएको
छ भने एक आपसको आरोपप्रत्यारोप झन बढेको छ।
संयन्त्रको
सर्वसम्मतबाट बनाइएको उमेद्धार धरेलपक्षले सोही निर्णयअनुसार आफ्नो काम
कार्यक्रमलाई अघि बढाएका छन् । ‘हामीले संयन्त्रको सर्वसम्मतले पारित गरेको
निर्णयलाई अनुसार कार्यक्रमलाई अघि बढाइरहेका छौं’, अध्यक्षका उमेद्धार
धरेलले आर्थिक दैनिकसँग भन्नुभयो–‘टानको आउदो साधारणसभाको लागि अध्यक्षमा
मलाई सर्वसम्मतले पठाइसकेको छ यसविषयमा कुनै पनि भ्रम नपरोस । त्यो
निर्णयलाई जसरी भएपनि कार्यन्वयन गरिन्छ ।’
गत
साउन २१ गतेको दिन सोही होटलमा पुन बसेको संयन्त्रको बैठकले भने कुनै पनि
निर्णय गर्न सकेन । कांग्रेस पक्षले साउन १६ गतेको निर्णयमा असहमति
जनाउदै महेन्द्र सिंहलाई आगामी टानको अध्यक्ष उमेद्धार घोषणा गरेपछि त्यो
बैठक विनानिस्कर्ष टुङगीएको थियो । अघिल्लो बैठकको निर्णय बदर गर्नेगरि
कांग्रेस पक्षले सिंहलाई आफ्नो उमेद्धार घोषणा गरेका हुन् ।
त्यो
बैठकमा अघिल्लो निर्णयलाई नै उल्टाउने मागसहित विरोध आएपछि संयन्त्रका
संयोजक महत कुनै पनि निर्णय नै नगरि बैठकबाट उठेर जानुभएको थियो । त्यसयता
भने संयन्त्रको बैठक पनि बस्न सकेको छैन । सोही समयको सदुपयोग गर्दै अहिले
एकअर्कामा आरोपप्रत्यारोपको दोहोरी चल्न थालेको छ भने दुवै पक्षले एक
अर्काबीच हराउने तालमेल स्वारुप सक्रियता बढाएको स्रोतले बतायो ।
धरेल
पक्षले संयन्त्रले सुरुमा गरेको निर्णय कुनैपनि हालतमा बदर नहुने बताउदै
आएका छन् । कांग्रेस र एमालेको समर्थनमा आधिकारिक रुपमा धरेलले नेतृत्व
गरेको कार्यसमितिलाई सर्वसम्मत बनाउने निर्णय भइसकेकोले यसलाई उल्टाउनु
व्यवसायी–व्यवसायीबीच फुट ल्याउने योजना भएको उनिहरुको तर्क छ । उनिहरुले
संयन्त्रको सुरुको निर्णयको वकालत गरिहेको बेला त्यो निर्णय नै बदर भइसकेको
कांग्रेस पक्षको दाबी छ । त्यो निर्णय कार्यन्वयन हुनै नसक्ने सार्वजनिक
रुपमै उनिहरुले भन्न थालेका छन् ।
संयन्त्रका
संयोजक महतले सर्वसम्मतको प्रयासस्वरुप संयन्त्रले सुरुमा त्यस्तो निर्णय
गरेको बताउदै अर्को बैठकमा विरोध भएपछि उक्त निर्णय स्वत बदर भइसकेको दाबी
गर्नुभयो । ‘यो संयन्त्र टानको साधारणसभा सम्पन्न गर्ने उद्देश्यले गठन
गरिएको होइन’, बुधबार महतले टेलिफोनवार्तामा भन्नुभयो–‘अब संयन्त्र
यसविषयमा मुछ्नि चहादैन ।’ उहाँले संयन्त्रले अब के निर्णय गर्छ भन्ने
विषयमा भने खुलाउनुभएन ।
पछिल्लोसमयको
यस्तै चुनाबी माहौलको बीचमा कांग्रेस र माओवादीबाहेककाले पनि टानको
अध्यक्षमा उमेद्धारी दर्ता गराउने संकेत देखिएको स्रोतले बतायो । तर
उमेद्धार को हो भन्ने बारे भने थहा भएको छैन ।
बक्समा हाल्नुपर्ने