हिमालयन म्याजिक टे«क्स प्रालिका प्रबन्ध निर्देशक गोपाल श्रेष्ठ र मार्केटिङ निर्देशक नविन कार्कीको विशेष आग्रहमा उक्त रकम उपलब्ध भएको हो । क्यानडियन नागरिक सुजन लाबेलको नेतृत्वमा क्यानडाकै २२ जना व्यक्तिहरुले व्यक्तिगत रुपमा रकम संकलन गरेको हुन् । उनीहरुले एकमुष्ट रुपमा मृतकको आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना दिएको पत्र पत्रकार सम्मेलनमा सुजन लाबेलले पढेर सुनाउनुभएको थियो ।
सोलुखुम्बु जिल्ला सोताङ ९ स्थाई घर भएका तामाङ हिमालयन एस्ताजिन टे«किङबाट एसिस्टेन गाइड भएर सगरमाथा एक्सपीडिसनमा गएका थिए । उनलाई धेरैले आकाश भनेर चिन्थे । विगत लामो समयदेखि टे«किङ गाइडको रुपमा काम गर्दै आएका तामाङको श्रीमती र एघार महिनाको छोरी छिन् ।
No comments:
Post a Comment