सुसाइट नोटमा लेखिएको छ ‘म नेपालमै मर्न चाहन्छु’
सोलुुखुम्बु, कात्तिक २६ । सोलुखुम्बुको चौरीखर्क–८ स्थित नेष्टएट लुक्ला होटलमा एक अमेरिकी पर्यटक मृत अवस्थामा भेटिएका छन् । इरानी मुलका ६५ वर्षीय अमेरिकी नागरिक सो होटलको कोठा नम्बर ११० मा मृत अवस्थामा भेटिएका हुन् ।

कात्तिक २१ गते नेपाल आएका अमेरिकी नागरिक २२ गते काठमाडाँैबाट लुक्ला पुगेका थिए । होटलको कोठमा बसेको उनी कात्तिक २४ र २५ गतेसम्म होटलबाट बाहिर ननिस्किएपछि होटलका मालिकले प्रहरीलाई खबर गरेका थिए । ढोका फोडेर हेर्दा उनी मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय लुक्लाले जनाएको छ ।
प्रहरीले घटनास्थलबाट सुसाइट नोट बरामद गरेको छ । उनले सुसाइट नोटमा म अल्जाइमरको रोगी हुँ । म मरेपछि यो कम्प्युटर नजिकैको स्कुललाई दिनु । मलाई नेपाली मन पर्छ । म यहीँ मर्न चाहन्छु भनेर लेखेको फेला परेको छ ।
No comments:
Post a Comment