खेलकुद

नेपाल कि अफगानिस्तान ?

काठमाडौ, भाद्र २३ । नेपालले दुई वर्षअघि सातौं साफ च्याम्पियनसिपको सेमिफाइनलमा अफगानिस्तान प्रतिद्वन्द्वी पाउँदा सहजै फाइनल पुग्ने सोचेको थियो । तर नतिजा आयो- उल्टो । पहिलोपल्ट साफ फाइनल खेल्ने नेपालको सपना उसले अतिरिक्त समयमा १-० ले विफल पारिदियो । नयाँदिल्लीको उक्त हारको बदला दशरथ रंगशालामा लिँदै इतिहास रच्ने योजनासहित नेपाल आठौं साफको सेमिफाइनलमा आइतबार अफगानिस्तानविरुद्ध भिड्दै छ । 'नयाँदिल्लीमा अफगानिस्तानलाई कमजोर ठान्नु नै हाम्रो भूल थियो । त्यो गल्ती दोहोर्‍याउने छैनौं,' कप्तान सागर थापाले भने, 'शारीरिक र प्राविधिक रूपमा उत्कृष्ट खेलाडी भएको अफगानिस्तान बलियो टिम हो । पहिलोपल्ट साफ च्याम्पियन हुने अभियानमा हामी उसलाई पन्छाएर अगाडि बढ्नेछौं ।'

सन् १९८४ र १९९३ मा दक्षिण एसियाली खेलकुदमा स्वर्ण जितेयता अन्तर्राष्ट्रिय फुटबलमा उपाधिको खडेरी तोड्ने बाटोमा नेपाललाई अफगानिस्तानको तगारो पन्छाउन सहज छैन । फिफा वरीयतामा दक्षिण एसियाकै नम्बर १ हो, अफगानिस्तान ।

नेपाल छैटौंमा छ । वरीयतामा ३१ स्थानमाथिको अफगानिस्तानमा विदेशी क्लबबाट खेल्ने नौ खेलाडी छन् । अधिकांश युरोपमा खेल्छन् । इन्डोनेसियाको पर्सिजा जकार्ताबाट खेल्ने रोहित चन्दबाहेक अरू १९ नेपाली स्वदेशी क्लबमै छन् । च्यालेन्ज कपको छनोट पार गर्ने दक्षिण एसियाकै एक्लो टिम पनि हो, अफगानिस्तान ।

साफमा नेपालले अहिलेसम्मकै राम्रो खेलिरहेको छ । समूह 'ए' विजेता उसले २९ वर्षपछि स्वदेशमा बंगलादेशलाई २-० ले हरायो । डिफेन्डिङ च्याम्पियन भारतविरुद्ध ९० मिनेटमा ऐतिहासक जित रच्यो । पाकिस्तानसँग १-१ खेल्यो । प्रशिक्षक ज्याक स्टेफनोस्कीले भने, 'साफमै सबैभन्दा उत्कृष्ट खेल हामीले खेलिरहेका छौं । यसलाई दुई खेल -सेमिफाइनल र फाइनल) मा निरन्तरता दिनेमा विश्वस्त छौं । नम्बर १ टिमलाई नै हराएर हामी नम्बर १ बन्न तयार छौं ।'

अमेरिकी प्रशिक्षक स्टेफनोस्कीले ४-४-१-१ को नयाँ संरचना अपनाएपछि नेपालले गोलको खडेरी तोड्न थालेको छ । फरवार्डहरू अनिल गुरुङले २ तथा भरत खवास, जुमनु राई र विमल घर्तीमगरले १-१ गोल गरिसकेका छन् ।

'अग्रपंक्तिसँगै डिफेन्स र मिडफिल्ड पनि सुधि्रएको छ । 'उत्कृष्ट खेलसँगै आएका नतिजा, घरेलु दर्शक र मैदानको साथले हाम्रो मनोबल उच्च छ । त्यसैले अफगानिस्तानलाई पराजित गर्नेमा विश्वस्त छौं,' कप्तान थापाले भने ।

अफगान प्रशिक्ष्ाक मोहम्मद युसुफ करगरले नेपालविरुद्ध सेमिफाइनलमै खेल्न चाहेका थिएनन् । 'नेपालले घरेलु दर्शक र मैदानमा सबैभन्दा राम्रो खेलिरहेको छ । त्यसैले नेपालविरुद्ध फाइनल खेल्न चाहेको थिएँ, सेमिफाइनलमै खेल्नुपर्ने भयो । फुटबलमा प्रतिद्वन्द्वीलाई बहिष्कार गर्न सकिँदैन । नेपाली खेलाडी प्राविधिक रूपमा राम्रा छन् । तीव्र गतिमा खेल्छन् । उनीहरूलाई रोक्ने प्रयास गर्नेछौं ।' उनको टिमले भुटानलाई ३-० र श्रीलंकालाई ३-१ ले हराएपछि माल्दिभ्ससँग गोलरहित खेल्दै समूह 'बी' उपविजेता हुँदै नेपालविरुद्ध सेमिफाइनल भेट तय गरेको हो ।

करगरकै नेतृत्वमा सातौं साफमा अफगानिस्तान उपविजेता भएको थियो । सेमिफाइनलमा नेपालविरुद्ध निणर्ायक गोल गरेका बिलला अरेजोउ उसका मुख्य फरवार्ड हुन्, अरू पनि उत्कृष्ट छन् । कप्तान थापासहित रविन श्रेष्ठ, सन्दीप राई र विराज महर्जनको डिफेन्स लाइन उनीहरूलाई रोक्न तयार छ । कुवेतको अभ्यासमै लागेको चोटले पिरोलेका लेफ्ट विंगर जगजित श्रेष्ठ अफगानिस्तानविरुद्ध नखेल्ने सम्भावना छ । उनको अनुपस्थिति खडकिन सक्छ ।

भारतविरुद्धको खेलमा बिहीबार चोट बोकेका मिडफिल्डर भोला सिलवाल र डिफेन्डर सन्दीप राईले शनिबार अभ्यास गरेनन् । तर, उनीहरू खेल्न तयार छन् । अफगानिस्तानविरुद्ध खेलेको ५ मध्ये ३ खेल नेपालले जितेको छ । एक हार र एकमा बराबरी छ । नेपालले गरेको ११ गोलमध्ये अहिलेका फरवार्ड अनिलले ३ र भरतले १ गोल गरेका छन् । पछिल्लोपल्ट काठमाडौंमै भएको च्यालेन्ज कप छनोट २०११ मा नेपालले अफगानिस्तानलाई १-० ले हराएको थियो । त्यसैले, २०११ मा बेहोरेको एकमात्र हारको बदला लिने दाउमा छ, नेपाल ।

नेपालको सम्भावित टिम गोलकिपर : किरण चेम्जोङ, डिफेन्स ः सागर थापा -कप्तान), सन्दीप राई, रविन श्रेष्ठ, विराज महर्जन, मिडफिल्ड : राजु तामाङ, रोहित चन्द, भोला सिलवाल, भरत खवास, फरवार्ड : जुमनु राई र अनिल गुरुङ

इतिहासमा भेट

नेपाल             अफगानिस्तान

३        जित      १

१        बराबर    १

१        हार        ३

१०        गोल     ३
ekantipur.com

नेपाल कि अफगानिस्तान ?

  • आज सेमीफाईनल

(9 Votes)
sagar Thapa
6
 
0
 
0
 
0
 
7
 
काठमाडौ, भाद्र २३ -
नेपालले दुई वर्षअघि सातौं साफ च्याम्पियनसिपको सेमिफाइनलमा अफगानिस्तान प्रतिद्वन्द्वी पाउँदा सहजै फाइनल पुग्ने सोचेको थियो । तर नतिजा आयो- उल्टो । पहिलोपल्ट साफ फाइनल खेल्ने नेपालको सपना उसले अतिरिक्त समयमा १-० ले विफल पारिदियो । नयाँदिल्लीको उक्त हारको बदला दशरथ रंगशालामा लिँदै इतिहास रच्ने योजनासहित नेपाल आठौं साफको सेमिफाइनलमा आइतबार अफगानिस्तानविरुद्ध भिड्दै छ । 'नयाँदिल्लीमा अफगानिस्तानलाई कमजोर ठान्नु नै हाम्रो भूल थियो । त्यो गल्ती दोहोर्‍याउने छैनौं,' कप्तान सागर थापाले भने, 'शारीरिक र प्राविधिक रूपमा उत्कृष्ट खेलाडी भएको अफगानिस्तान बलियो टिम हो । पहिलोपल्ट साफ च्याम्पियन हुने अभियानमा हामी उसलाई पन्छाएर अगाडि बढ्नेछौं ।'
सन् १९८४ र १९९३ मा दक्षिण एसियाली खेलकुदमा स्वर्ण जितेयता अन्तर्राष्ट्रिय फुटबलमा उपाधिको खडेरी तोड्ने बाटोमा नेपाललाई अफगानिस्तानको तगारो पन्छाउन सहज छैन । फिफा वरीयतामा दक्षिण एसियाकै नम्बर १ हो, अफगानिस्तान ।
नेपाल छैटौंमा छ । वरीयतामा ३१ स्थानमाथिको अफगानिस्तानमा विदेशी क्लबबाट खेल्ने नौ खेलाडी छन् । अधिकांश युरोपमा खेल्छन् । इन्डोनेसियाको पर्सिजा जकार्ताबाट खेल्ने रोहित चन्दबाहेक अरू १९ नेपाली स्वदेशी क्लबमै छन् । च्यालेन्ज कपको छनोट पार गर्ने दक्षिण एसियाकै एक्लो टिम पनि हो, अफगानिस्तान ।
साफमा नेपालले अहिलेसम्मकै राम्रो खेलिरहेको छ । समूह 'ए' विजेता उसले २९ वर्षपछि स्वदेशमा बंगलादेशलाई २-० ले हरायो । डिफेन्डिङ च्याम्पियन भारतविरुद्ध ९० मिनेटमा ऐतिहासक जित रच्यो । पाकिस्तानसँग १-१ खेल्यो । प्रशिक्षक ज्याक स्टेफनोस्कीले भने, 'साफमै सबैभन्दा उत्कृष्ट खेल हामीले खेलिरहेका छौं । यसलाई दुई खेल -सेमिफाइनल र फाइनल) मा निरन्तरता दिनेमा विश्वस्त छौं । नम्बर १ टिमलाई नै हराएर हामी नम्बर १ बन्न तयार छौं ।'
अमेरिकी प्रशिक्षक स्टेफनोस्कीले ४-४-१-१ को नयाँ संरचना अपनाएपछि नेपालले गोलको खडेरी तोड्न थालेको छ । फरवार्डहरू अनिल गुरुङले २ तथा भरत खवास, जुमनु राई र विमल घर्तीमगरले १-१ गोल गरिसकेका छन् ।
'अग्रपंक्तिसँगै डिफेन्स र मिडफिल्ड पनि सुधि्रएको छ । 'उत्कृष्ट खेलसँगै आएका नतिजा, घरेलु दर्शक र मैदानको साथले हाम्रो मनोबल उच्च छ । त्यसैले अफगानिस्तानलाई पराजित गर्नेमा विश्वस्त छौं,' कप्तान थापाले भने ।
अफगान प्रशिक्ष्ाक मोहम्मद युसुफ करगरले नेपालविरुद्ध सेमिफाइनलमै खेल्न चाहेका थिएनन् । 'नेपालले घरेलु दर्शक र मैदानमा सबैभन्दा राम्रो खेलिरहेको छ । त्यसैले नेपालविरुद्ध फाइनल खेल्न चाहेको थिएँ, सेमिफाइनलमै खेल्नुपर्ने भयो । फुटबलमा प्रतिद्वन्द्वीलाई बहिष्कार गर्न सकिँदैन । नेपाली खेलाडी प्राविधिक रूपमा राम्रा छन् । तीव्र गतिमा खेल्छन् । उनीहरूलाई रोक्ने प्रयास गर्नेछौं ।' उनको टिमले भुटानलाई ३-० र श्रीलंकालाई ३-१ ले हराएपछि माल्दिभ्ससँग गोलरहित खेल्दै समूह 'बी' उपविजेता हुँदै नेपालविरुद्ध सेमिफाइनल भेट तय गरेको हो ।
करगरकै नेतृत्वमा सातौं साफमा अफगानिस्तान उपविजेता भएको थियो । सेमिफाइनलमा नेपालविरुद्ध निणर्ायक गोल गरेका बिलला अरेजोउ उसका मुख्य फरवार्ड हुन्, अरू पनि उत्कृष्ट छन् । कप्तान थापासहित रविन श्रेष्ठ, सन्दीप राई र विराज महर्जनको डिफेन्स लाइन उनीहरूलाई रोक्न तयार छ । कुवेतको अभ्यासमै लागेको चोटले पिरोलेका लेफ्ट विंगर जगजित श्रेष्ठ अफगानिस्तानविरुद्ध नखेल्ने सम्भावना छ । उनको अनुपस्थिति खडकिन सक्छ ।
भारतविरुद्धको खेलमा बिहीबार चोट बोकेका मिडफिल्डर भोला सिलवाल र डिफेन्डर सन्दीप राईले शनिबार अभ्यास गरेनन् । तर, उनीहरू खेल्न तयार छन् । अफगानिस्तानविरुद्ध खेलेको ५ मध्ये ३ खेल नेपालले जितेको छ । एक हार र एकमा बराबरी छ । नेपालले गरेको ११ गोलमध्ये अहिलेका फरवार्ड अनिलले ३ र भरतले १ गोल गरेका छन् । पछिल्लोपल्ट काठमाडौंमै भएको च्यालेन्ज कप छनोट २०११ मा नेपालले अफगानिस्तानलाई १-० ले हराएको थियो । त्यसैले, २०११ मा बेहोरेको एकमात्र हारको बदला लिने दाउमा छ, नेपाल ।
नेपालको सम्भावित टिम गोलकिपर : किरण चेम्जोङ, डिफेन्स ः सागर थापा -कप्तान), सन्दीप राई, रविन श्रेष्ठ, विराज महर्जन, मिडफिल्ड : राजु तामाङ, रोहित चन्द, भोला सिलवाल, भरत खवास, फरवार्ड : जुमनु राई र अनिल गुरुङ

इतिहासमा भेट
नेपाल             अफगानिस्तान
३        जित      १
१        बराबर    १
१        हार        ३
१०        गोल     ३
- See more at: http://ekantipur.com/np/2070/5/23/full-story/375387.html#sthash.EohJFn1t.dpuf

No comments: