सोलुुखुम्बु, कात्तिक २१ । विश्वकै अग्लो स्थानबाट खेलिने अनि खतरापूर्ण मानिने खेल ‘एभरेष्ट स्काई ड्राइभ’ सोलुखुम्बुको स्याङ्बोचेस्थित (स्याङ्बोचे विमानस्थल) मा सुरु भएको छ ।
स्याङ्बोचे विमानस्थलमा अवतरण गराइने सो खतरनाक खेलमा स्काई ड्राइभमा विश्व च्याम्पियन बनेका स्कटल्यान्डका नागरिक टेड अत्किन्सको नेतृत्वमा १० जनाको टोली रहेको छ । टोली बुधबार नै नाम्चे आएको थियो ।
सबै विदेशी नागरिक रहेको सो खेल दुई दिनसम्म चल्नेछ । हेलिकप्टरमा १२ हजार ३४० फिट उचाइमा पुगी हाम फालेर स्याङ्बोचे विमानस्थलमा ओर्लने अत्किन्सले बताए । यो खेल असाधारण जोस र असीमित रोमाञ्चका रूपमा खेल्ने गरिन्छ । यस खेलको सुरुवात नेपालमा सन् २००८ देखि भएको हो ।
.jpg)
No comments:
Post a Comment