Thursday, November 6, 2014

औद्योगिक व्यवसाय ऐनमार्फत पर्यटनलाई राष्ट्रिय उद्योगको मान्यता दिलाउने मन्त्री बस्नेतको उद्घोष

शिखर पोष्ट डेक्स
काठमाडौं, कात्तिक २१ । उद्योग मन्त्री महेस बस्नेतले औद्योगिक व्यवसाय ऐनको माध्यमबाट पर्यटन क्षेत्रलाई राष्ट्रिय उद्योगको मान्यता दिलाउने काम भइरहेको बताउनुभएको छ । गन्तव्य नेपालले विहिबार राजधानीमा आयोजना गरेको पर्यटन ऐनमा व्यवसायीक समस्या विषयक विशेष बहस कार्यक्रममा बोल्दै उहाँले राष्ट्रिय प्राथमिकता प्राप्त उद्योगहरुलाई भन्सार, भ्याट, आयकरमा छुट लगायतका व्यवस्था गरिएकोसमेत बताउनुभयो ।
‘हामीले प्रस्तावित औद्योगिक व्यवसायी ऐनमा पर्यटनलाई राष्ट्रिय प्राथमिकता प्राप्त उद्योगको रुपमा परिभाषित गरेका छौं’ मन्त्री बस्नेतले भन्नुभयो–‘त्यसले पर्यटनका विभिन्न पक्षहरु जस्तो टे«किङ, ट्राभल, राफ्टिङ, होटल क्यासिनोहरुको दायराहरुलाई स्पष्ट रुपमा परिभाषित गरेको छ । राष्ट्रिय प्राथमिकता प्राप्त उद्योगहरुलाई भन्सार, भ्याट, आयकरलगायतमा छुटको व्यवस्थासमेत गरिएको छ ।’ पर्यटन ऐनमा मात्रै नभएर व्यवसायीक र व्यवहारिक समस्याहरु पनि रहेकोले त्यसतर्फ सबैको ध्यान जानुपर्ने पनि उहाँको भनाइ थियो ।
कोदोको रोटीमा भीरमौरीको मह दलेर पर्यटकलाई खुवाउन सके पर्यटन विकास हुने उहाँको तर्क थियो । उहाँले आफ्नो मन्तव्यको क्रममा उद्योगधन्दालाई अगाडि बढाउनको लागि दीर्घकालिन योजना नीति निर्माताहरुमा नभएको जिकिर गर्नुभयो ।

‘जसमा हुनुपर्ने हो त्यसमा अझ छैन’ उहाँले थप्नुभयो ‘उद्योग तथा पर्यटन जस्ता मन्त्रालयहरु अझै पनि कम प्राथमिकतामा पर्दछन् । राजनीतिक अस्थिरताका कारणले गर्दा नेपालका मन्त्रीहरु पनि स्वयं पर्यटकजस्तै बनिरहेका छन् यो नेपालको लागि अत्यान्तै गम्भिर कुरा हो ।’ मन्त्री बस्नेतले देशमा देखिएको विभिन्न प्राकृतिक विपत्तिजन्य दुर्घटनाहरुबाट  माओवादी युद्धमा भन्दा पनि बढि मानवीय क्षति भइरहेको प्रति चिन्त व्यक्त गर्दै सबै मिलेर त्यस्ता विपत्तिहरुबाट हुने दुर्घटना न्यूनिकरण गर्नेतर्फ अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
 
कार्यक्रममा पर्यटन विभागका महानिर्देशक तुल्सीप्रसाद गौतमले पर्यटन व्यवसायीहरुसँगको सहकार्यमा मात्रै पर्यटन ऐन संसोधन सम्भव भएको बताउँदै पर्यटन ऐन संसोधनको लागि विभागले बृहत छलफलको वातावरण तयार पार्ने जिकिर गर्नुभयो । उहाँले पर्यटन क्षेत्र देशको मेरुदण्ड भएकोले यसलाई समयसापेक्षित रुपमा विकास गर्नको लागि सबैले आआफ्नो ठाउँबाट भूमिका खेल्नुपर्ने बताउनुभयो ।

गन्तव्य नेपालका अध्यक्ष शिव अधिकारीले देशको पर्यटन विकासका निम्ति पर्यटन ऐन संसोधन अहिलेको पहिलो आवश्यकता भएको जिकिर गर्दै यसको लागि सरकार, पर्यटन व्यवसायी र सरोकारवाला निकायहरु एकजुट भएर अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले पर्यटन क्षेत्रलाई अविलम्ब राष्ट्रिय उद्योगको मान्यता दिलाउनुपर्नेमा जोड दिनुभयो ।

नेपाल एसोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट (नाट्टा)का अध्यक्ष डिबी लिम्बुले मुलुकको विद्यमान पर्यटन ऐन र यातायात व्यवस्था ऐनमा पर्यटन शब्दको परिभाषा बाझिएको हुनाले त्यसको संसोधन गरी आन्तरिक तथा वाह्य पर्यटकलाई समान व्यवहार गर्नुपर्ने बताउनुभयो । उहाँले अहिलेको पर्यटन नियमावलीले व्यवस्था गरेको ट्राभल, टे«किङ कम्पनीहरुको इजाजत खारेजी सम्बन्धि नियमलाई अविलम्ब सुधार गर्नुपर्ने बताउनुभयो । राज्यलाई नियमित राजस्व तिर्ने र व्यवसायलाई अघि बढाई रहेका कम्पनीहरुको इजाजत नवीकरण गर्न पाउने व्यवस्था लागु गर्ने र अद्यावधिक प्रतिवेदन ६÷६ महिनामा नभई वार्षिक बनाउनुपर्नेमा उहाँको जोड थियो ।

नेपाल पर्यटक यातायात व्यवसायी संघका पूर्व अध्यक्ष रामहरी शर्माले देशको पर्यटन विकास गर्ने भनेर मात्रै केही नहुने भन्दै पर्यटन यातायात क्षेत्रमा देखिएको समस्याहरुको समाधामा राज्य पक्ष गम्भिर हुनुपर्ने बताउनुभयो । शर्माले अहिले पर्यटकीय पूर्वाधारहरु निर्माण हुन नसकेको र पर्यटक यातायात क्षेत्रमा देखिएको समस्या, टर्मिनलको समस्याहरुको समाधान गर्नुपर्ने अहिलेको टड्कारो आवश्यकता रहेको बताउनुभयो ।
ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष रामशरण थपलियाले देशको पर्यटन विकास गर्नको लागि पर्यटन ऐनलाई समयसापेक्षित बनाउनुपर्नेमा जोड दिनुभयो । टुरिष्ट गाइड एसोसिएशन नेपालका अध्यक्ष हरेराम बरालले संख्यात्मक भन्दा पनि गुणात्मक पर्यटक बढाउने खालको ऐन कानुन बनाउनुपर्ने अहिलेको आवश्यकता रहेको बताउनुभयो ।

कार्यक्रममा पूर्व पर्यटन मन्त्री रामकुमार श्रेष्ठ, सभासद् उषा बोगटी, टानका पूर्व अध्यक्षद्वय दिपक महत र सिताराम सापकोटा, पर्यटन बोर्डका सञ्चालक समिति सदस्य फुर्वाग्याल्जेन शेर्पा, नाथमका कार्यकारी निर्देशक चुढामणी शर्मा कट्टेल, नेपाल पर्यटक यातायात व्यवसायी संघका अध्यक्ष रामशरण कार्की, एकीकृत पर्यटन व्यवसायी संगठन नेपालका अध्यक्ष रामप्रसाद सापकोटा कमल, रसुवा नुवाकोट पर्यटन समाजका अध्यक्ष बलराम न्यौपाने, भिटोफ नेपालका पूर्वअध्यक्ष बोधराज भण्डारी, पर्यटन व्यवसायी हरि धरेललगायतको विशेष उपस्थिति रहेको थियो ।

सोही अवसरमा गन्तव्य नेपाल पत्रकारिता कल्याणकारी कोषबाट सगरमाथा आरोहण अभियान अन्तर्गत मेरापीक आरोहणको क्रममा अस्वस्थ भई अस्पताल भर्ना भएकी पत्रकार कल्पना महर्जनको उपचारार्थ रु. २५ हजारको चेक नेपाल पर्यटन पत्रकार मञ्च (टीजेएफ–नेपाल)लाई प्रदान गरेको छ । सोही अवसरमा विभिन्न पर्यटकीय संघसंस्था तथा व्यक्तिहरुले पनि सहयोग प्रदान गरेका थिए । त्यससँगै नेपाल पर्यटन पत्रकार मञ्च (टीजेएफ–नेपाल)ले सञ्चालन गरेको पत्रकार महर्जनको उपचारार्थ सहयोग रकम रु. १ लाख ५ हजार १० भएको छ ।

सोही समारोहमा युवा पर्यटन व्यवसायी शान्त शर्मा र पर्वतारोही दावा छिरी शेर्पालाई सम्मान गरिउको छ भने भरखरै मनोनित सभासद् उषा बोगटी र पर्यटन विभागका नवनियुक्त महानिर्देशक तुल्सीप्रसाद गौतमलाई बधाई तथा शुभकामना ज्ञापन गरिएको थियो ।

पर्यटन व्यवसायलाई राष्ट्रिय उद्योगको मान्यता दिलाउने मन्त्री बस्नेतको उद्घोष (फोटो फिचर सहित )

 काठमाडौं,२० कार्तिक  । उद्योगमन्त्री महेश बस्नेतले औद्योगिक व्यवसाय ऐनको माध्यमबाट पर्यटन क्षेत्रलाई राष्ट्रिय उद्योगको मान्यता दिलाउने काम भइरहेको बताएका छन् ।    
प्रस्तावित औद्योगिक व्यवसाय ऐनमा पर्यटनलाई राष्ट्रिय प्राथमिकता प्राप्त उद्योगको रुपमा परिभाषित गरेको बस्नेतको भनाई छ । उनका अनुसार ऐनमा पर्यटनका विभिन्न पक्षहरु ट्रेकिङ, ट्राभल, राफ्टिङ, होटल क्यासिनोहरुको दायराहरुलाई स्पष्ट रुपमा परिभाषित गरिएको छ ।
गन्तव्य नेपालले बिहीबार राजधानीमा आयोजना गरेको पर्यटन ऐनमा व्यवसायीक समस्या विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले राष्ट्रिय प्राथमिकता प्राप्त उद्योगहरुलाई भन्सार, भ्याट, आयकरलगायतमा छुटको व्यवस्था समेत गरिएको बताए ।
पर्यटन ऐनमा मात्रै नभएर व्यवसायीक र व्यवहारिक समस्याहरु पनि रहेकोले त्यसतर्फ सबैलाई ध्यान दिन बस्नेतले आग्रह गरे ।
उद्योगधन्दालाई अगाडि बढाउनको लागि दीर्घकालिन योजना नीति निर्माताहरुमा नभएको मन्त्री बस्नेको जिकिर थियो । ‘जसमा हुनुपर्ने हो त्यसमा अझ छैन’ उनले थपे- ‘उद्योग तथा पर्यटनजस्ता मन्त्रालयहरु अझै पनि कम प्राथमिकतामा पर्छन्, राजनीतिक अस्थिरताका कारण नेपालका मन्त्रीहरु पनि स्वयं पर्यटकजस्तै बनिरहेका छन ।’
कार्यक्रममा पर्यटन विभागका महानिर्देशक तुल्सीप्रसाद गौतमले पर्यटन व्यवसायीहरुसँगको सहकार्यमा मात्रै पर्यटन ऐन संशोधन सम्भव भएको बताउँदै पर्यटन ऐन संशोधनको लागि विभागले बृहत छलफलको वातावरण तयार पार्ने बताए ।
महानिर्देशक गौतमले पर्यटन क्षेत्र देशको मेरुदण्ड भएकोले यसलाई समयसापेक्षित रुपमा विकास गर्नको लागि सबैले आ-आफ्नो ठाउँबाट भूमिका खेल्नुपर्नेमा पनि जोड दिएका छन् ।
गन्तव्य नेपालका अध्यक्ष शिव अधिकारीले देशको पर्यटन विकासका निम्ति पर्यटन ऐन संसोधन अहिलेको पहिलो आवश्यकता भएको जिकिर गर्दै यसको लागि सरकार, पर्यटन व्यवसायी र सरोकारवाला निकायहरु एकजुट भएर अघि बढ्नुपर्ने बताए ।
नेपाल एसोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट -नाट्टा)का अध्यक्ष डिबी लिम्बुले मुलुकको विद्यमान पर्यटन ऐन र यातायात व्यवस्था ऐनमा पर्यटन शब्दको परिभाषा बाझिएको हुनाले त्यसको संसोधन गरी आन्तरिक तथा वाहृय पर्यटकलाई समान व्यवहार गर्नुपर्नेमा जोड दिएका थिए ।
अहिलेको पर्यटन नियमावलीले व्यवस्था गरेको ट्राभल, टे्रकिङ कम्पनीहरुको इजाजत खारेजी सम्बन्धि नियमलाई अविलम्ब सुधार गर्नुपर्ने बताउँदै लिम्बुले राज्यलाई नियमित राजस्व तिर्ने कम्पनीहरुको इजाजत नवीकरण गर्न पाउने व्यवस्था लागु गर्ने र अद्यावधिक प्रतिवेदन ६/६ महिनामा नभई वाषिर्क बनाउनुपर्नेमा जोड दिए ।
नेपाल पर्यटक यातायात व्यवसायी संघका पूर्व अध्यक्ष रामहरी शर्माले देशको पर्यटन विकास गर्ने भनेर मात्रै केही नहुने भन्दै पर्यटन यातायात क्षेत्रमा देखिएको समस्याहरुको समाधामा राज्य पक्ष गम्भिर हुनुपर्ने बताए ।
शर्माले अहिले पर्यटकीय पूर्वाधारहरु निर्माण हुन नसकेको र पर्यटक यातायात क्षेत्रमा देखिएको समस्या, टर्मिनलको समस्याहरुको समाधान गर्नुपर्ने अहिलेको टड्कारो आवश्यकता रहेको बताएका थिए ।
ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष रामशरण थपलियाले देशको पर्यटन विकास गर्नको लागि पर्यटन ऐनलाई समयसापेक्षित बनाउनुपर्नेमा जोड दिए । टुरिष्ट गाइड एसोसिएशन नेपालका अध्यक्ष हरेराम बरालले संख्यात्मक भन्दा पनि गुणात्मक पर्यटक बढाउने खालको ऐन कानुन बनाउनुपर्ने अहिलेको आवश्यकता रहेको बताए ।समारोहमा युवा पर्यटन व्यवसायी शान्त शर्मा र पर्वतारोही दावा छिरी शेर्पालाई सम्मान गरिएको छ ।
कार्यक्रममा गन्तव्य नेपाल पत्रकारिता कल्याणकारी कोषबाट सगरमाथा आरोहण अभियान अन्तर्गत मेरा पीक आरोहणको क्रममा अस्वस्थ भई अस्पताल भर्ना भएकी पत्रकार कल्पना महर्जनको उपचारार्थ २५ हजार रुपैयाँ को चेक नेपाल पर्यटन पत्रकार मञ्च -टीजेएफ-नेपाल)लाई प्रदान गरिएको थियो ।
सोही अवसरमा विभिन्न पर्यटकीय संघसंस्था तथा व्यक्तिहरुले पनि सहयोग प्रदान गरेका थिए । त्यससँगै नेपाल पर्यटन पत्रकार मञ्च -टीजेएफ-नेपाल)ले सञ्चालन गरेको पत्रकार महर्जनको उपचारार्थ सहयोग रकम १ लाख ५ हजार १० रुपैयाँ भएको छ ।
- See more at: http://www.rastriyakhabar.com/?p=14602#sthash.aylhxGKM.dpuf

No comments: