काठमाडौं, कार्तिक २० । अख्तियार दुरुपयोग अनुसन्धान अयोगले नेपाल वायु सेवा निगममा कार्यरत क्याप्टेन दिपेन्द्र प्रधान माथि विशेष अदालतमा मुद्दा दायर गरेको छ । उनी माथि नक्कली सर्टिफीकेटको आधारमा सेवामा प्रवेश गरेको आरोप पत्र विशेष अदालतमा आज दायर गरेको हो ।
‘प्रधानले सेवा प्रवेश प्रयोजनको लागी पेश गरेको बिहार इन्टरमिडियट एजुकेशन काउन्सिल, पटना भारत अन्तरगतबाट सन् १९९३ मा इन्टरमिडियट तह(आई.एस्सी) उत्तिर्ण गरेको भनिएको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली एवं झुट्ठा देखिन आएको छ ।’
आरोप पत्रमा भनिएको छ, ‘निज उपर साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र २९ तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ (१) बमोजिम हदैसम्मको दण्ड सजाय हुन मागदावी लिई आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।’
गत बर्ष जेष्ठमा कालीगण्डकी नदीमा उनले चलाएको नेपाल बायुसेवा निगमको जहाज दुर्घटना भएको थियो । रनवेबाट चिप्लेर नदीमा खसेको जहाजबाट उनलाई उद्दार गरिएको थियो ।

No comments:
Post a Comment