सोलुुखम्बु, कात्तिक १८ गते । सोलुुखम्बुको सोताङमा एकिकृत सेवा केन्द्र स्थापनाको लागि गृह मन्त्रालयमा सिफारिस गरिएको छ । जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुमा सोमबार आयोजित सर्बदलिय, सर्बपक्षिय बैठकले भौगोलिक रुपमा विकट रहेको कोशी पारीका गाविसबासीहरु लाभान्वित हुने भन्दै एकिकृत सेवा केन्द्र स्थापनाको लागि गृह मन्त्रालयमा सिफारिस गरेकोे हो ।
गृह मन्त्रालयले देशका विभिन्न २५ जिल्लामा परिक्षणका रुपमा एकिकृत सेवा केन्द्र स्थापना गर्ने योजना अनुसार सोलुखुम्बुमा पनि एउटा सेवा केन्द्र स्थापना गरिने भएकोले सोताङमा स्थापनाका लागि सिफारिस गरिएको प्रमुख जिल्ला अधिकारी उद्धव प्रसाद तिमल्सेनाले बताउनु भयोे ।
एकिकृत सेवा केन्द्रमा जिल्ला सदरमुकामबाट प्राप्त हुने सबै किसिमका सेवाहरु प्रदान हुनेछ । उपसचिव स्तरको जिम्मेवार कर्मचारी रहने गरी सेवा केन्द्र स्थापना गरेर सेवालाई गाउँ स्तरसम्म पु¥याउन लागिएको जनाइएकोछ ।
सोताङमा सेवा केन्द्र स्थापना गर्दा जिल्लाको अत्यन्तै बिकट गाविसहरु गुदेल, छेस्काम, बुङ, पावै, वाकु, लोखिम, जुवु लगाएतका गाविसबासीहरुले समेत सेवा प्राप्त गर्नेछन् । अहिले ति गाविसबाट सदरमुकाम आउन नसकेका कारण राज्यले प्रदान गर्नुपर्ने सेवा सुबिधाबाट थुप्रै स्थानीय बञ्चित हुनुपरेकोछ ।
यदि सोताङमा एकिकृत सेवा केन्द्र स्थापना गरिएमा आफुहरुलाई धेरै सहज हुने त्यहाँका बासिन्दाहरु बताउँछन् ।
gorkhapatra
gorkhapatra
No comments:
Post a Comment