Monday, October 20, 2014

राजकीय पहिचानसहितको संघीयता खोज्दै मधेसिए गोपाल किराँती

प्रकाश खालिङ
काठमाडौं, 3 कात्तिक । राष्ट्रिय राजनीतिमा चर्चा र विवादमा आइरहने एमाओवादीका पोलिटव्युरो सदस्य गोपाल किराँती राजकीय पहिचानसहितको संघीयता खोज्दै मधेसकेन्द्रित राजनीतिमा होमिएका छन् । संविधान सभामार्फत निर्धारित समयसिमाभित्रै संविधान निर्माण गर्ने विषयमा विभिन्न आंशकाहरु उब्जिरहेको बेला जनपक्षीय संविधान निर्माणको लागि भन्दै किराँती मधेसतिर लागेका हुन् ।
पहिचानसहितको संघीय संविधान निर्माण गर्नुपर्ने माग गर्दै २२ दलीय संघीय गणतान्त्रिक गठनबन्धनले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको बेला उनी चितवन, जनकपुर, चन्द्रनिगहापुर हुँदै मधेस झरेका हुन् । संविधान सभाबाट संविधान बन्नु कुनै ठूलो नभएको भन्दै किरातीले जनताले चाहेको संविधान बन्छ कि बन्दैन भन्ने कुरा अहिलेको आमचासोको विषय भएको जिकिर गरेका छन् । उनले कांगे्रस एमालेको अहिलेको बहुमत भनेको मतादेशमात्रै भएको र देशको संविधान मतादेशको नभई जनादेशअनुसारको बन्नुपर्नेमा जोड दिए ।

अन्तरिम संविधान २०६३ को भावनाविपरित मतादेशको आधारमा संविधान ल्याउन खोजिए त्यस्तै संविधानको कुनै अर्थ नरहने पनि उनले बताए ।  पहिचानसहितको संघीयताको विषयमा आफु एक इन्च पनि तलमाथि नगर्ने उद्घोषसमते उनले गरे । देशमा परिवर्तन ल्याउनको लागि फेरी एक पटक मधेस आन्दोलनको जरुरत भइसकेको बुझाइ उनको छ ।

मधेसतिर लाग्नुअघि एक कार्यक्रममा बोल्दै किरातीले भनेका थिए ‘अब काठमाडौंको आन्दोलनले देशमा परिवर्तन हुने सम्भावना क्षीण बनिरहेको छ । त्यसैले अब मधेसबाट आन्दोलनको ज्वारभाटा ल्याउनको लागि म मधेसतिर केन्द्रित हुँदैछु ।’ उनले मधेस आन्दोलनको पहिलो आफु हुने सहिद घोषणासमेत गरेका छन् । ‘आफैले रगत नबगाइकन यो देशमा परिवर्तन आउँन सक्दैन भन्ने निष्कर्षमा पुगेको छु’ उनले भने ‘यो मुलुकमा परिवर्तनको लागि मैले रगत बगाउनुपर्छ, त्यो काठमाडौंमा नभई मधेसमा बगाउने मैले निधो गरे । मधेस आन्दोलनको पहिलो सहिद हुन तयार छु ।’

उनले आफु मर्न तयार भएर दशवर्षे जनयुद्ध र त्यस भन्दाअगाडि नै युद्धमा होमिएको भन्दै आफु संयोगले बाँचेको र आफु बाचेकैमा त्यत्ति गर्व नलागेको अभिव्यक्तिसमेत दिएका छन् । ‘दश वर्षे जनयुद्धमा मात्रै नभएर त्यसअघिदेखि नै मर्न तयार भएर हामी युद्धमा होमिएका हौं’ उनले आफु बाँचेकोमा गर्व नलाग्नुको कारण खुलस्त पारे ‘हामीसँगै लड्दालड्दै धेरै साथीहरु सहिद हुनुभयो । संयोगले बाचियो, तर बाँचेकैमा भने त्यत्ति गर्व लागेको छैन । किन भने उत्पीडित वर्गलाई मुक्ति दिलाउने सपना बोकेर मर्न हिडेका हामी न सहिद भयौं न न देशमा आफुले चाहेको कुरा नै भयो ।’

किराती पार्टीभित्र र बाहिर पहिचानसहितको संघीयताको कट्टर पक्षधर मानिन्छन् । उनले बोलेपछि कुनै न कुनै रुपले मिडियाबाजी हुने गरेको छ । पछिल्लो पटक देशमा नयाँ राष्ट्रिय एकीकरण आवश्यक रहेको बताउँदै त्यसको लागि पूरानो पृथ्वीनारायण शाहको एकीकरण अभियानलाई आधार मान्नुपर्ने भनेर दिएको अभिव्यक्ति निक्कै विवादित बन्यो । भलै त्यो अभिव्यक्ति अझैपनि राजनीतिक बृत्तमा बहसको विषय बनिरहेको छ । पृथ्वीनारायण शाहका एकीकरणलाई आधार मान्नुपर्छ भन्ने विवादबारे अनौपचारिक स्पष्टीकरण दिदै उनले नयाँ सिर्जना गर्नको लागि पूरानोविना सम्भव नभएको विज्ञानसम्मत तर्क आफुले गरेको बताए ।

‘हामीले नयाँ राष्ट्रिय एकीकरणको कुरा उठाएका छौं’ उनले भने–‘कुनैपनि नयाँ चीज उत्पति गर्नका निम्ति पूरानोलाई आधार मान्नैपर्छ । नयाँ राष्ट्रिय एकीकरणलाई पूरा गर्नको लागि कित नेपाल नै मान्दिन भन्नुप¥यो । कित सिक्किम, दार्जलिङलाई नेपाल बनाएर नयाँ एकीकरण गर्नुप¥यो । आफ्नो सिमाको सुरक्षा त गर्न नसक्ने देशले त्यो गर्न सम्भव छैन । त्यसैले पृथ्वीनारायण शाहले गरेको एकीकरणमा भएका त्रुटीहरु औल्याउदै त्यसैको आधार नयाँ राष्ट्रिय एकीकरण गर्नुपर्छ भन्ने कुरा हामीले गरेका हौं ।’ 

सोमबार सर्लाहीको मलंगवामा आयोजित संयुक्त राष्ट्रिय मोर्चाको भेलामा प्रमुख अतिथि बनेका किरातीले अनलाइनखबरसँग भने- ‘नेताहरु मर्न तयार नभएसम्म जनताले नपत्याउने रहेछन् ।’
किराती मंगलबार महोत्तरीमा र बुधबार धनुषामा आयोजित कार्यक्रममा सहभागी हुनेछन् ।
- See more at: http://www.onlinekhabar.com/2014/10/198486/#sthash.SXWfLmkR.dpuf

No comments: