शिखर पोष्ट डेक्स
काठमाडौं, ३ भदौ । पर्यटन विभागका नवनियुक्ति महानिर्देशक तुल्सीप्रसाद गौतमले पर्यटन विभागको काम पर्यटन ऐन संसोधनबाट सुरुवात गर्ने बताउनुभएको छ । नेपाल पर्यटन पत्रकार मञ्च (टीजेएफ–नेपाल) ले मंगलबार राजधानीमा आयोजना गरेको तिहार शुभकामना आदान प्रदान तथा पत्रकार भेटघाट कार्यक्रममा बोल्दै महानिर्देशक गौतमले यस्तो बताउनुभएको हो ।
काठमाडौं, ३ भदौ । पर्यटन विभागका नवनियुक्ति महानिर्देशक तुल्सीप्रसाद गौतमले पर्यटन विभागको काम पर्यटन ऐन संसोधनबाट सुरुवात गर्ने बताउनुभएको छ । नेपाल पर्यटन पत्रकार मञ्च (टीजेएफ–नेपाल) ले मंगलबार राजधानीमा आयोजना गरेको तिहार शुभकामना आदान प्रदान तथा पत्रकार भेटघाट कार्यक्रममा बोल्दै महानिर्देशक गौतमले यस्तो बताउनुभएको हो ।
उहाँले अहिले आफुहरु हचुवाको भरमै काम गरिरहेको बताउँदै पर्यटन ऐन संसोधन भएपछि मात्रै विभागको काम प्रभावकारी हुने स्पष्ट पार्नुभयो । ‘हाम्रो पहिलो काम नै पर्यटन ऐन संसोधनबाट हुनेछ’ महानिर्देशक गौतमले स्पष्ट पार्नुभयो । उहाँले अब आउने पर्यटन ऐन पर्यटनमैत्री एवं पर्यटन विकासको लागि मार्गनिर्देशक हुनेसमेत बताउनुभयो ।
‘पर्यटन ऐन संसोधन भनेको महाशाखाको ठाउँमा पर्यटन विभाग राखेर सार्ने काम होइन’ उहाँले थप्नुभयो–‘अहिलेको पर्यटन ऐनमा धेरै त्रुटीहरु छन् भने त्यसलाई फालेर पुरै नयाँ बनाउने र केही मात्रै परिवर्तन गर्नुपर्ने छ भने यसैलाई सुधार गरेर लैजाने हिसाबले हामीले काम गर्दैछौं ।’ पर्यटन विकासको लागि पर्यटकीय पूर्वाधार निर्माण आवश्यक पर्ने भएको हुनाले आउँदो मंसिर पुससम्ममा पर्यटकीय पूर्वाधार निर्माणको लागि निश्चित खाँका तयार हुनेपनि उहाँले जानकारी दिनुभयो ।
अहिलेको पर्यटन ऐन समयसोक्षित नभएको भन्दै विगत लामो समयदेखि पर्यटन व्यवसायीहरुले संसोधनको माग गर्दै आएका थिए । अब आउने पर्यटन ऐनले अहिले पर्यटन क्षेत्रले भोग्नुपरिरहेको हरेक खाले समस्याको समाधान गर्ने अपेक्षा उनीहरुको छ । उहाँले विभागको गठनसँगै पब्लिक, पाइभेट पार्टनर्सिप (पीपीपी) अवधारणामा स्थापित नेपाल पर्यटन बोर्डको अस्तित्व खतरामा पर्ने होकी भन्ने व्यवसायीहरुको चिन्ता स्वभाविक रहेकोले उत्साहपूर्ण आशा र केही आशंका पनि कायम राख्न आग्रह गर्नुभयो । महानिर्देशक गौतमले विद्धमान ऐन नियम पर्यटन विकासका निम्ति बाधक भएको उल्लेख गर्दै पर्यटन विभागको पहिलो काम नै पर्यटन ऐन संशोधन हुने जिकिर गर्नुभयो । उहाँले सबै व्यवसायीसँग सहकार्य गर्दै पर्यटन विकासको लागि आफुहरु सदैव तत्परताका साथ अघि बढ्ने प्रतिवद्धता पनि जनाउनुभयो ।
कार्यक्रममा नेपाल एसोसिएन अफ टुर एन्ड ट्राभल एजेन्ट (नाट्टा)का अध्यक्ष डिबी लिम्बुले नेपालमा पर्यटन विकासको ठूलो सम्भावना भएपनि लक्ष्यअनुसारको सफलता हाँसिल गर्न नसकिएको बताउनुभयो । उहाँले नेपाल पर्यटन बोर्ड र व्यवसायीबीचको सहकार्यमा हुदै आएको पर्यटकीय कार्यक्रमहरु रोकिनु दुर्भाग्य भएको बताउनुभयो । सरकार र निजी व्यवसायीबीच सहकार्य गर्दै आगामी दिनमा पर्यटन विकासको कार्य थप सशक्त बनाउनुपर्नेमा उहाँको जोड थियो ।
ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)का पूर्वअध्यक्ष दिपक महतले सरकारी निकायमा नेतृत्व गर्नेहरु सुरुमा सबैसँग सहकार्य गरेर अगाडि बढ्ने प्रतिवद्धता जनाउने गरेपनि पछि त्यस्तो नगर्ने गरेको भन्दै त्यसमा सजकता अपनाउनुपर्ने बताउनुभयो । उहाँले राजनीति विपत्तिले गाजेको पर्यटन क्षेत्रलाई त्यसबाट केही मूत्तल हुन नपाउदै प्राकृतिक विपतिहरुले गाजेको बताउनुभयो । उहाँले उचित नीति नियमका कारण विभिन्न क्षेत्रमा परेको हिमपात तथा हिमपहिरो जस्ता विपत्तिमा परि दर्जनौले ज्यान गुमाउनु परेको बताउदै तीन हजार भन्दा माथिको पदयात्रामा जानेहरुको लागि सरकारले उचित नियम बनाउन आवश्यकता औल्याउनुभयो ।
सो अवसरमा सगरमाथा आरोहण अभियान अन्तर्गत मेरा पिक आरोहण गर्न लागेकी मञ्चका कार्यसमिति सदस्य कल्पना महर्जनलाई विदाई तथा शुभकामना ज्ञापन गरियो । कार्यक्रममा मञ्चका अध्यक्ष शिव अधिकारीले मञ्चको लोगो अंकित झण्डा हस्तन्तरण गर्नुभएको थियो । त्यसैगरी संस्थाको कानुनी सल्लाहकारको रुपमा रामशरण थपलिया घोषणा गर्दै मनोनयन पत्र दिइएको थियो भने पर्यटन व्यवसायीद्वय मनोज कुमार श्रेष्ठ भडेल र रमेश त्रिपाठीलाई संस्थाको सल्लाहकारमा मनोनयन गरिएको थियो ।
कार्यक्रममा टुगार्नका अध्यक्ष हरेराम बराल, रिपोर्टस क्लबका अध्यक्ष ऋषि धमला, ठमेल पर्यटन विकास परिषदका अध्यक्ष रामशरण थपलिया, एनटीभीएका अध्यक्ष रामशरण कार्की, एनपीटीभीएका कार्यबहाक अध्यक्ष ध्रुबकुमार विष्ट, एनएमएका कोषाध्यक्ष टिकाराम गुरुङ, भिटोफ नेपालका उपाध्यक्ष ध्रुब सिंखडा लगायतका अतिथिहरुको उपस्थिती रहेको थियो भने करिब ३५ जना पत्रकारहरुको सहभागिता रहेको थियो । अध्यक्ष शिव अधिकारीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रम सञ्चालन कोषाध्यक्ष प्रकाश खालिङले गर्नुभएको थियो ।




No comments:
Post a Comment