sf7df8f}+, ३ sflQs
नेपाल पर्यटन बोर्डको चालु आर्थिक वर्षको बजेट निर्माण गर्नको लागि बोर्ड सञ्चालक समिति सदस्य फर्वाग्याल्जेन शेर्पाको संयोजकत्वमा पाँच सदस्यीय उपसमिति गठन गरिएको छ । विभिन्न कारणले बजेट निर्माणको काम गर्न नसकिरहेको बेला यो समिति गठन भएको हो । विभिन्न कारणले बोर्ड अस्तव्यस्त भइरहेको बेला बजेट निर्माणको गर्न समितिमा पर्यटन बोर्ड सञ्चालक समिति सदस्य पम्फा धमला, पर्यटन विभागका महानिर्देशक तुल्सीप्रसाद गौतम, पर्यटन मन्त्रालय र अध्ययगमन विभागबाट एक÷एक जना प्रतिनिधि रहने गरी उक्त उपसमिति गठन गरिएको हो ।
उपसमितिका संयोजक फुर्वा ग्याल्जेन शेर्पाले गन्तव्य नेपालसँग कुरा गर्दै बोर्डको बजेट निर्माणको लागि उपसमिति गठन भएको बताउनुभयो । उपसमितिले बोर्डका नियमित कार्यक्रमहरुलाई निरन्तरता दिदै केही नयाँ कार्यक्रम थप्ने बताउनुभयो । उहाँले बोर्डको आउँदो बजेटमा पर्यटन प्रवद्र्धन र नेपालको पर्यटन गतिविधि बढावा दिनको लागि प्राथमिकता पाउने बताउनुभयो । संयोजक शेर्पाकाअनुसार आगामी बजेट एक अर्ब १५ करोड सम्मको हुनेछ ।
सो उपसमितिलाई १५ दिनको म्याद दिइएको छ । उहाँले १५ दिनभित्र बोर्डको बजेट निर्माण गरी बोर्ड सञ्चालक समितिमा पेश गर्नेछ । सो बजेटलाई पर्यटन व्यवसायी र सरोकारवाला निकायहरुको सामुहिक छलफल गर्दै बोर्ड सञ्चालक समितिले पारित गर्नेछ ।
No comments:
Post a Comment