काठमाडौ, असोज । सोलुखुम्बु जिल्लामा निर्माण हुने माथिल्लो सोलु खोला जलविद्युत् आयोजनामा लक्ष्मी बैंकको नेतृत्वमा विभिन्न नौवटा बैंकले संयुक्त लगानी गर्ने भएका छन् । आयोजनामा लगानी गर्ने बैंक तथा प्रवद्र्धक अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीबीच आज ऋण सम्झौतामा हस्ताक्षर भएको छ ।
ऋण सम्झौतामा बैंकका तर्फबाट प्रविन श्रेष्ठ र प्रवद्र्धकका तर्फबाट कार्यकारी अधिकृत शशिसागर राजभण्डारीले हस्ताक्षर गरे । सो आयोजनाको कुल लागत चार अर्ब १० करोड छ । यसमध्ये ७५ प्रतिशत कर्जा तथा २५ प्रतिशत प्रवद्र्धकले लगानी गर्ने भएका छन् । कुल २३.५ मेगावाट क्षमताको सो आयोजना आगामी तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
सो आयोजनामा लक्ष्मी बैंकले ५० करोड, नेपाल इन्भेस्टमेन्ट बैंकले ५० करोड, एनएमबी बैंकले रु ५० करोड, एभरेष्ट बैंकले ४० करोड, एनआइसी एसिया बैंकले ३४ करोड १२ लाख ५० हजार, ग्लोबल आईएमई बैंकले १९ करोड ५० लाख, लुम्बिनी बैंकले १९ करोड ५० लाख, सेन्चुरी कमर्सियल बैंकले २४ करोड ३७ लाख ५० हजार र जलविद्युत् लगानी तथा विकास कम्पनी लिमिटेडले २० करोड रुपियाँ लगानी गर्ने भएका छन् ।
विद्युत् विकास विभागले न्यूनतम ५ देखि ४० मेगावाट क्षमताका आठ जलविद्युत् आयोजना प्रतिस्पर्धाबाट निर्माण गर्न विदेशी तथा स्वदेशी निजी क्षेत्रलाई दिने नीति अख्तियारी गरेको थियो । सोही अख्तियारीअनुसार छानिएको सो आयोजनालाई ‘सुपर सिक्स’को रूपमा लिने गरिएको छ । प्रतिस्पर्धाबाट आयोजना प्राप्त गरेको अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीले सन् २०१८ मा सम्पन्न गर्ने लक्ष्य राखेको छ ।

सो आयोजनाबाट उत्पादन हुने विद्युत् खरिद सम्झौता(पिपिए) नेपाल विद्युत् प्राधिकरणसँग नोभेम्बर १०,२०१३ मा सम्पन्न भइसकेको छ । विभागले सो आयोजनाको प्रवद्र्धकलाई २७ मार्च २०१४ मा विद्युत् उत्पादन अनुमति प्रदान गरिसकेको छ । सो आयोजनाबाट १३२.५२ गिगावाट आवर विद्युत् उत्पादन हुनेछ । रासस

No comments:
Post a Comment