Monday, October 6, 2014

फाप्लु बिमाननस्थलमा तारा एयरको नियमित उडान

काठमाडौं । सोलुखुम्बु जिल्ला सदरमुकाम नजिक रहेको फाप्लु बिमाननस्थलको लागि तारा एयरले हरेक बुधबार नियमित उडान भर्ने तयारी गरेको छ ।


काठमाडौ –फाप्लु र फाप्लु काठमाडौँका लागी भारदर ३ हजार ९ सय रुपैयाँ कायम गरिएको छ । ताराले परिक्षण उडान पश्चात दुई उडान गरिसकेको छ । नेपाल एयरलाईन्सले पनि छिटै उडान तालिका बनाउने जनाएको छ । बिमानस्थलको निर्माण कार्य भने अझै पनि पुरा भाईसकेको छैन ।

७ सय टिर कुल लम्बाई मध्य परिक्ष्ण उडान अघि ५ सय ३० मिटर मात्रै कालो पत्रे गरिएकोमा अब करिब २० मिटर मात्रै कालो पत्रे गर्न बाँकी रहेको छ । करिब १ महिना भित्र सबै कार्य पुरा गरि नेपाल नागरिक उड्यन प्राधिकरणलाई बिमानस्थल जिम्मा लगाउने ठेकेदार कम्पनीले जनाएको छ ।

No comments: