सोलुखुम्बु, ९ असोज । बिगत डेढ बर्ष यता स्तरउन्नतीका लागि स्थगित गरिएको सोलुखुम्बुको सल्लेरी २ स्थित फाप्लु बिमानस्थलमा बिहीवार तारा एयरको ट्विनेटर जहाँजले सफल परिक्षण उडान भरेको छ । गत ६ गते नै परीक्षण उडान गर्ने भनिए पनि मौसमको प्रतिकूलताका कारण आज बिहान तारा एयरलाईन्सको ट्वीनअटर बिमानले परीक्षण उडान गरेको हो । नेपाल एयरलायन्सको
ट्विनेटर जहाँजले असोज ६ गते परीक्षाण उडान गर्ने भनिएको थियो ।
कालोपत्रेको काम भईरहे पनि दशैँ तिहारका लागि हिमाली जिल्ला सोलुखुम्बुका बासिन्दालाई आवातजावात गर्न सजिलो होस भनेर परीक्षण उडान भरी नियमित रुपमा हवाई सेवा शुरु गर्न लागिएको नेपाल नागरिक उड्डयन कार्यलय फाप्लुले जनाएको छ । करिब २ सय मिटर अझै कालोपत्रे गर्न बाँकी रहेकोले उडानमा चुनौती रहेको घिमिरेले बताए ।
करिब १० बजे अवतरण गरेको उक्त बिमान ३५ मिनेट पछि काठमाडौँ नै फर्किएको
थियो । वरिष्ठ बिमान चालक प्रभाकर घिमिरे सहितको एक टोली परीक्षण उडानको
क्रममा तारा एयरको जहाज त्रिभुवन बिमानस्थलबाट फाप्लु उडेको थियो ।
क्याप्टेन घिमिरेले आजको परीक्षण उडान सफल भएको भन्दै ३ दिनभित्र नियमित
उडान गर्ने सकिने– नसकिने बारे जानकारी गराईने बताए । परीक्षण उडानका बारेमा नागरिक उड्यन प्राधिकरणलाई प्रतिवेदन बुझाउने र त्यसपश्चात तत्काल उडान हुने वा नहुने भन्ने बारे जानकारी हुने क्याप्टेन घिमिरेको भनाई छ ।

No comments:
Post a Comment