२०५९ कात्तिक महिनाको दोस्रो साता। भोजपुरको दोभानेस्थित सालेवा माविमा कक्षा नौ मा पढ्दै छु। दसैँको बिदा। विज्ञानका नियम र गणितका सूत्रहरू घोकेर स्कुल जानुपर्ने कष्टबाट मुक्त छु यतिबेला। तर, शान्त छैन मन। वेचैन छ। चिन्ता छ, 'सेनाले बम खसालेर अकालमै मरिने पो हो कि?' किनभने, माओवादी जनयुद्धको सिलिचुङ आधार इलाकाको मध्य भाग मानिएको खाटाम्मामा छ मेरो घर। यो क्षेत्रलाई माओवादीले पूर्वको सुरक्षित सेल्टरको रूपमा प्रयोग गर्दै आएका छन्। मेरो घरभन्दा माथिको गाउँ डिलखर्कमा माओवादी सेनाको तालिम केन्द्र छ। खनिएका छन् बंकर। टागिएका छन् टेन्ट। गाउँमा भनिन्छ, 'यहाँ बस्ने सेनाका कमान्डरले लौरोले पनि गोली छेक्छ।' एफएमले समाचारमा भन्छ, 'रोल्पाको अति सुरक्षित मानिएका माओवादी सेल्टरमा समेत शाही सेनाले आक्रमण गरेेको छ, त्यहाँ सर्वसाधरणसमेत मारिएका छन्।' ओहो! त्यही घटना यहाँ पनि दोहोरियो भने सायद हामी पनि ज्युँदो रहने छैनौँ ।
हाम्रो घरमा कहिले माओवादी सेना आएर बस्छन्, कहिले ठूला नेता। १५/१६ जना माओवादी कलाकार बसेका छन् यसपालि। कोही नाच्नमा पारङ्गत, कोही गाउनमा त कोही बजाउनमा। सबै एक से एक। तर, सबैभन्दा बढी मेरो ध्यान क. वीरङ्गनाले तानिरहेकी छे। क. वीरङ्गना नाच्न र गाउन दुवैमा 'परफेक्ट'। अनुहार पनि उस्तै सुन्दर। फिल्मकी सुन्दर हिरोइन जस्ती। झनै सलमान खान की प्रेमिका (उतिबेलाका) कटि्रना कैफ जस्ती। किन हो? क. वीरङ्गना आएदेखि मेरो पछि लागिरहेकी छे। उनी हरेक दिन मलाई भनिरहन्छिन्, 'तपाईं जस्तो युवा क्रान्तिमा लाग्नुपर्छ।'
उनका लागि सधैँ मेरो 'रेडिमेड' उत्तर हुन्थ्यो, 'मैले केही फटाही गरेको छैन, म किन लाग्ने?' त्यो मेरो कुनै पूर्वाग्रही उत्तर थिएन। किनभने, मेरो गाउँका जो–जो माओवादी भए, उनीहरू केही न केही नराम्रो गरेर मात्रै भएका थिए। कमरेड बनेपछि कारबाहीबाट मुक्त भइन्थ्यो उबेला। नौ कक्षामा पढ्ने म 'बबुरो'ले पनि त्यसरी बुझेको थिएँ माओवादीलाई। त्यो मेरो दोस पनि थिएन।
एक हप्तापछि सेल्टर परिर्वतन हुनेभयो। उनीहरू डिलखर्क सेल्टरमा जाने भए। हाम्रो घर छाड्ने दिन वीरङ्गनाले मलाई यस्तरी फकाउन थालिन्, मानौँ 'म उनीहरूसँग गए क्रान्ति पूरा हुन्छ। र, एकाएक दुनियाँका दुःख ढलेर जान्छन्।' तर, छुट्नेबेला पनि उनका लागि मेरो उही उत्तर थियो, 'मैले केही फटाही गरेको छैन, म किन जाने?' मेरो उत्तर परिर्वतन नभएपछि हिँड्नेबेला उनले भनिन्, 'तपाईं माटोका लागि भार, यस्तो जिन्दगी के बाँच्नु हुन्छ।'
'जो माओवादी हुँदैन, त्यो त मान्छे नै होइन' उनको बुझाइ थियो। मानौँ, माओवादीबाहेक अरूहरूको कुनै सपना नै हुँदैन र जिन्दगीको कुनै मूल्य पनि। सुन्दर सपना देख्नेहरू यो धर्तीमा कोही छन् भने उनीहरू माओवादी मात्रै हुन्।
क. वीरङ्गनासँग त्यसपछि दुईपटक भेटभयो। तर, उनको सपना र प्रतिबद्धता उस्तै थियो। यस्तो लाग्थ्यो, 'प्रचण्डले उनीहरूलाई कुन त्यस्तो नशा खुवाइदियो, जसले उनीहरू एकोहोरो यसरी लागेका छन्।' उनी दृढ थिइन्, 'सबै मान्छेका खुस र सुखका लागि लडिरहेकी छु म। अब चाँडै, मान्छेका सबै दुःख एकाएक ढलेर जाँदैछ,। र, सुन्दर संसार बन्दैछ।' आहा! कति सुन्दर सपना र दृढ विश्वास।
०००
०६८ माघ १। धरानबाट दाइहरू काठमाडौँ आउनुभएको छ। खाना खाइसकेपछि रमेश दाइले नयाँ प्रस्ताव गर्नुभयो, 'आज त धित मरुन्जेल दोहोरीे गाउनुपर्छ।' अरू प्रयोजनका लागि होइन गाउन र नाच्नका लागि बेलाबखत दोहोरी जाने गर्नुहुन्छ दाइहरू। दाइहरु काठमाडौ आएको बेला मैले नि नाइँ भन्न सक्दिन। बेलुका करिब ८ बजिसकेको छ। ठमेल आफ्नै धुनमा व्यस्त थियो। ठमेल छिचोलेर नयाँ बसपार्कअघिको एउटा दोहोरी साँझमा छिर्यौँ हामी। माघे सङ्क्रान्ति। सबै मदिरामा मस्त। दोहोरी साँझको स्टेजमा कलाकारहरू गाउँदै थिए, 'खैरेनीमा गेट...'। दोहोरी साँझमा गाइने उस्तै भए पनि व्यवहारमा चाहिँ 'आमूल परिर्वतन' भएछ। मदिरामा मस्त ग्राहकले सेवामा खटिएका महिलालाई गरेको व्यवहार देख्दा यस्तो लाग्थ्यो, 'यो दोहोरी साँझ होइन कुनै रेड लाइट एरिया हो।'
करिब १५ मिनेटपछि मदिराले मस्त मान्छेहरूको दुर्व्यवहार छिचोल्दै स्टेजमा एउटी गायिका हाम्रो छेउमा आएर बसिन्। दाइहरूसँग पुरानो चिनजान रहेछ उनको। दाइहरूसँग लामो गफ गरेर फेरि स्टेजमा फर्किइन्। के–के गफ भयो? मलाई पत्तै भएन, किनभने मेरो ध्यान स्टेजतिरको नाचगानमा थियो। जानेबेला मलाई पनि चिनेजस्तै गरी हाँसिन्। 'मलाई कताकता देखेजस्तो लाग्यो, यी केटी को हो?' 'देखेको होला' मेरो प्रश्नमा रमेश दाइको उत्तर थियो, 'माओवादी कलाकार वीरङ्गना हुन् यिनी।' ओहो तिनै क. वीरङ्गना, दोहोरी साँझमा? योे विषय त मेरा लागि कल्पनाबाहिरको थियो। मलाई कहिल्यै लागेको थिएन कि ती 'क्रान्तिकारी कलाकार' यस्तो दुर्व्यवहार सहेर 'खैरनीमा गेट...' गाउँछिन्। मैले 'कन्फर्म' गर्न दाइको फोर्स लगाएर फेरि उनलाई बोलाएँ। आखिर उनै क. वीरङ्गना रहिछन्।
'मलाई चिन्नुभयो?'
'अँ, कता देखेजस्तो लाग्यो,' उनको उत्तर थियो।
मैले उनलाई 'क्लु' दिएँ, 'तपाईंको भाषामा म माटोको भार हुँ, कुनै दिन मलाई तपाईंले त्यसै भन्नुभएको थियो।'
उनले पुरानो स्मृति खुट्याउन सकिनन्। मैले फटाफट भनिदिएँ। त्यसपछि उनी मबाट पन्छिन खोजिन्। उनी माओवादी जनयुद्धको एउटा विम्ब थिइन् मेरा लागि। यस्तो लाग्थ्यो, 'क. वीरङ्गनाजस्ता निश्चल सपना बोकेका मान्छे पनि थिए 'जनयुद्ध' मा।' कस्तो दुर्घटना! 'जनयुद्ध'को मेरो एउटा सुन्दर विम्ब ढल्यो।
मैले सोध्न खोजेँ, ०५९ सालतिर उनले देखेको त्यो सुन्दर सपना र उनले जनाएका ती भव्य प्रतिबद्धताको विषयमा। 'यस्तो कुरा छाड्नुहोस् अब,' उनले मलाई टार्न खोजिन्। उनी भन्दै थिइन्, 'अहिले पनि पार्टी छाडेको भने छैन। पार्टीले खानाभन्दा अरू केही दिँदैन। खाएर मात्रै हुँदैन, केही काम पनि गरौँ भनेर दोहोरी आएकी हुँ।' 'तपाईंको बारेमा लेख्छु एउटा फोटो खिचुँ,' मैले अनुमति लिन खोजेँ। उनले घोर निराशा व्यक्त गरिन्, 'तपाईंले लेख्दैमा हुन्छ के? हामीले त्यतिका वर्ष लडेर त भएन।' म अझ कुरा गर्न चाहन्थेँ, तर उनी रिसाएर गइन्, 'सपनाजपना मेरो केही छैन, हुनेलाई सोध्नुहोस्।'
संयोग कस्तो! ०५९ मा पनि मेरो घरबाट रिसाएरै गएकी थिइन् उनी। उनले त्यसबेला भनेकी थिइन्, 'क्रान्तिमा नलाग्ने मान्छे माटोको भार हो।' उनले आज भनिन्, 'लेख्दैमा के हुन्छ, लडेर त केही भएन।' म हिजो पनि क. वीरङ्गनाको पार्टीको विचारसँग सहमत थिइन। तर, क. वीरङ्गनाको त्यो प्रतिबद्धताको पहाडदेखि प्रभावित थिए।
दोहारीमा भेटिएकी वीरङ्गना भन्दा सिलिचुुङ आधार इलाकामा लड्दै गरेकी क. वीरङ्गना नै महान् लाग्छ। तर, ती महान् लागेको क. वीरङ्गना आज सिलिचुुङ भन्दा सयौँ कोष टाढा पुुगिसकेकी छिन्। सायद अब त्यही सपनाले ठेलिएर उनी सिलिचुङ आधार इलाका पुग्ने छैनन्। तर, कसले किन पुर्यायो उनलाई सिलिचुुङको आधार इलाका? सिलिचुङको वरिपरि गाउँदै हिडेको बेला देख्दै गरेको सपनाको हत्या कसले गरिदियो? आज कसले ल्याईपुर्यायो दोहोरी साँझको अर्धबेहोस साँझमा। सायद यसको उत्तर क. वीरङ्गना नखोजे पनि इतिहासले खोज्नेछ?

setopati.com

No comments:
Post a Comment