काठमाडौं, २४ भदौ । दशैंमा राजधानीबाट बाहिर जानका लागि बुधबारदेखि बसको टिकट बुकिङ खुल्ला भएको छ । हरेक बर्ष दशैंआउनु केही समयअघि देखि यात्रुको सुबिधाका लागि यातायात व्यवसायीहरुले अग्रीम टिकट बुकिङ गर्दै आएका छन् ।
नयाँ बसपार्क, पुरानो बसपार्क, गौशाला, कलंकीलगायत क्षेत्रबाट यात्रुले अग्रिम टिकट बुकिङ गर्न सक्ने छन् । गण्डकी अञ्चलबाहेक लामोदुरीका सवै सार्वजनिक यातायातको अग्रिम बुकिङ खुल्ला भएको छ ।गण्डकीको भने असोज ५ गतेमात्र खुल्ला हुने महासंघका महासचिव सरोज सिटौलाले बताए ।
दशैमा राजधानीबाट करिब १६ लाख यात्रु बाहिरिने अनुमान गर्दै सरकारले यातायात व्यवसायीलाई एक हजार गाडी थप गर्न आग्रह गरेको छ । चाडपर्वका बेला हुन सक्ने टिकटको कालोबजारीलाई ध्यानमा राखी परिचयपत्र लगाएका कर्मचारीबाट मात्र टिकट लिन यात्रुहरुलाई आग्रह गरेको छ ।

No comments:
Post a Comment