शिखर पोष्ट डेक्सकाठमाडौं, भदौ २४ । सोलु, ओखलढुङ्गा जिप व्यवसायी संघले हिन्दुहरुको चाड दशै तथा तिहारको पूर्वसन्ध्यमा काठमाडौंबाट सोलुखुम्बु, ओखलढुङ्गालगायतको विभिन्न ठाउँको लागि नयाँ भाडा निर्धारण गरेको छ । २०७१ भाद्र २५ गतेदेखि लागु हुनेगरी संघले निर्धारण गरेको भाडादरअनुसार काठमाडौंबाट घुर्मी पुग्नको लागि प्रतिटिकट रु. एक हजार ३ सय रुपैयाँ तिनुपर्ने छ ।
त्यस्तै काठमाडौंबाट–ओखलढुंगाको लागि रु. एक हजार ८ सय, काठमाडौं–पत्ताले÷बाघखोर÷बेलीडाँडासम्मको लागि रु. २ हजार २ सय, काठमाडौं–रमितेसम्म रु. २ हजार तीन सय निर्धारण गरिएको छ भने काठमाडौं–सल्लेरीको लागि रु. २ हजार ५ सय, काठमाडौ–रुम्जाटारको लागि रु. २ हजार १ सय, काठमाडौं–नेलेको लागि रु. २ हजार ८ सय र काठमाडौं–रामपुरको लागि रु. २ हजार २ सय रुपैयाँ निर्धारण तिर्नुपर्ने छ ।
उक्त भाडादरको निर्धारणमा दुधकुण्ड यातायात सेवा समिति, सिटी भिलेज यातायात सेवा समिति, हिमगंगा यातायात व्यवसायी संघ र सल्लेरी यातायात व्यवसायी संघले हस्ताक्षर गरेका छन् ।
No comments:
Post a Comment