Thursday, September 11, 2014

यो सपना तिम्रो मेरो नेपाली कथानक चलचित्रको मुहुर्त सम्पन्न

                                                                          शिखर पोष्ट डेक्स
काठमाडौं, भाद्र २५ । नेपाली कथानक चलचित्र यो सपना तिम्रो मेरो को मुहुर्त सम्पन्न भएको छ । आर बी मुभिजको ब्यानरमा निर्माण हुने उक्त चलचित्रको विहिबार सहिदगेटस्थित भद्रकाली मन्दिरमा मुहुर्त गरिएको हो ।


मुहर्त कर्यक्रमको उद्घाटन चलचित्र जगतका चर्चित कलाकार अर्जुन श्रेष्ठले नरिवलको पानी छर्केर गर्नु भएको थियो ।
 उक्त मुहुर्त कार्यक्रममा नायक सबिर श्रेष्ठ, सुसान्त कार्की, जानुका बोहरा, रबिन थापा मगर लगायत विभिन्न कलाकारहरु उपस्थिति रहेको थियो ।
  यो सपना तिम्रो मेरोको छायाङकन जिरी, पोखरा, काठमाडौं लगायतका ठाउँ हुने निर्माण कम्पनीले जनाएको छ ।

ऋषिराज आचार्यको निर्देशन रहेको उक्त चलचित्रको मुख्य भुमिकामा सबिर श्रेष्ठ, सुसान्त कार्की, जानुका बोहरा, रबिन थापा मगर, सुबास श्रेष्ठ तथा अथिति कलाकार अर्जुन श्रेष्ठलाई पनि देख्न सकिने छ ।
 प्रेम कथामा आधारित यस चलचित्रको छायाङकन पछि सोलुखुम्बु काठमाडौं तथा देशभित्र र बाहिर च्यारिटि सो गरिने बताइएको छ ।

No comments: