पर्यटनमन्त्री भएको ९ महिनापछी भीमप्रसाद आचार्यलाई नेकपा एमालेले मन्त्रीबाट फिर्ता बोलाउन निर्णय लियो । पार्टीका सचिवसमेत रहेका आचार्यलाई मन्त्रिबाट हटाउने कुनै चर्चा चलेकै थिएन । हाइ प्रोफाइल नेता विभागीय मन्त्री आउँदा सुरुमा पर्यटन व्यवसायी उत्साहित थिए । तर, नेपाल पर्यटन बोर्डविरुद्ध व्यवसायीले मोर्चाबन्दी नै बनाएर आन्दोलन थालेपछि मन्त्री–व्यवसायी सम्बन्ध सुमधुर रहेन ।
मन्त्रीले पर्यटन बोर्ड र निमित्त कार्यकारी प्रमुख सुवास निरौलालाई काखी च्यापेर व्यवसायीको बेवास्ता गरेको आरोप व्यवसायीको छ । मन्त्री केही पर्यटनको माफिया सञ्जालमा रमाएको, आफ्नो भावनाको कदर नगरेको, मिडियाबाजी गरेको तथा व्यवसायीको आन्दोलनलाई खिल्ली उडाएको एमाले निकट एक व्यवसायीले बताए ।
नेपाल वायुसेवा निगममा शिवशरण न्यौपानेलाई नियुक्त गर्दा पनि मन्त्री आचार्य विवादमा तानिएका थिए । नौपानेको नियुक्तिमा एक करोड रुपैयाँ घूस लिएको आरोप आचार्यलाई लागेको थियो । एमाले पूर्वअध्यक्ष झलनाथ खनालका नातेदार भए पनि पछिल्लो समय आचार्यको खनालसँग सम्बन्ध बिग्रिएको थियो । नेपाल प्रज्ञा प्रतिष्ठानको उपकुलपति नियुक्तिमा पनि उनले पार्टीको सिफारिस नमानेको बताइएको छ । पार्टी सिफारिस लत्याउँदै आचार्यले गंगाप्रसाद उप्रेतीलाई उपकुलपति नियुक्त गरेका थिए । यी विभिन्न क्रियाकलाप मन नपराएका खनालको दबाबमा आचार्यलाई फिर्ता बोलाइएको बुझिएको छ ।
आचार्य खनालका बहिनी ज्वाईं हुन् । पछिल्लो समय आचार्यको गतिविधिका कारण खनाल निकै असन्तुष्ट बनेको एमाले उच्च स्रोत बताउँछ । आचार्यले आफ्नो समेत ‘इमेज डाउन’ गराउन खोजेको भन्दै खनाल उनीसँग रुष्ट बनेका थिए । पोखरा अन्तर्राष्ट्रिय बिमानस्थलको निर्माणका लागि एमाओवादी नेतृत्वको सरकारका बेला पर्यटनमन्त्री बनेका पोष्टबहादुर बोगटीले चिनियाँ कम्पनीसँग १८ अर्बको ठेक्का सम्झौता गरेकोमा उनले अहिले आएर फेरि २२ अर्बको नयाँ सम्झौता गरेका थिए । सम्झौतामा करोडौं कमिसनको खेल भएको भन्दै भित्रभित्रै अख्तियारले छानबिन थालेपछि आचार्यका कारण आफूसमेत बदनाम हुन लागेको भन्दै खनाल रिसाएको स्रोत बताउँछ ।
पर्यटनमन्त्री आचार्यलाई फिर्ता बोलाएर एमालेले दीपकचन्द्र अमात्यलाई पर्यटनमन्त्री बनाएको छ । अमात्य सुशीलचन्द्रका छोरा हुन् । अघिल्लो संविधानसभामा उनलाई राजीनामा गराएर माधवकुमार नेपाललाई सभासद बनाइएको थियो । पछि अमात्य श्रीलंकाका लागि राजदूत भएका थिए । नवनियुक्त पर्यटनमन्त्री अमात्य बरिष्ठ नेता खनाल निकट मानिन्छन् । २०३८ सालमा पाटन क्याम्पसको उपसभापति हुँदै सभापति भएका अमात्य झलनाथ खनाल २०४७ सालमा कृषि तथा वनमन्त्री हुँदा र ६७ सालमा प्रधानमन्त्री हँुदा प्रमुख स्वकीय सचिव थिए ।

No comments:
Post a Comment