काठमाडौं, भाद्र २७ । संस्कृति, पर्यटन तथा नागरिक उडडयन मन्त्रालयका सचिव सुरेशमान श्रेष्ठले ह्याण्डिक्राफ्ट क्षेत्रलाई पर्यटक मैत्री बनाउनुपर्ने आवश्यकता औल्याउनुभएको छ । शुक्रबार जावलाखेलस्थित आफ्नै भवनमा टुरिष्ट गाइड एसोसिएशन अफ नेपाल (टुर्गान)सँगको सहकार्यमा सेन्टरले आयोजिना गरेको दशै तथा तिहार आदन प्रदान समारोहलाई सम्बोधन गर्दै सचिव श्रेष्ठले सो आवश्यकता औल्याउनुभएको हो ।
‘नेपालमा उत्पादन हुने सोभिनियरहरुलाई डाइभर्सिटी बनाउनुपर्ने देखिन्छ’उहाँले भन्नुभयो’ –‘सामानहरु उत्पादन गर्दा पर्यटकको चाहानालाई हेरेर अघि बढ्नुस् । त्यसो गरियो भने नेपालमा यो व्यवसायको एकदमै सम्भावना छ ।’ प्रडक्टहरुलाई नेपाल पर्यटकीय हिसावले प्रचुर सम्भावनाले युक्त रहेपनि त्यसको सदुपयोग गर्न नसकिएको हुनाले ८ लाख भन्दा बढि पर्यटन भित्र्याउन नसकिएको पनि बताउनुभयो । जावलाखेल ह्याण्डिक्राफ्ट सेन्टरले पर्यटक प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएकोमा खुलेर प्रशंसा गर्दै सचिव श्रेष्ठले यहाँको सम्भावना बेच्नको लागि निजी क्षेत्रको महत्वपूर्ण योगदान रहेको बताउनुभयो ।
जावलाखेल ह्याण्डिक्राफ्ट सेन्टरका जेनेरल म्यानेजर कर्म दावा (लामा)ले नेपालको पर्यटन प्रवद्र्धनको लागि आफुहरुले गरेको प्रयासमा टुर्गाइडहरुको सहकार्यले थप मद्दत मिलेको बताउनुभयो । टुर गाइडहरुको माध्यामबाट घुम्न आउने पर्यटकले सामान खरिद गरेको रकम असहाय, बृद्ध, बालबच्चाहरु र टिवेटेन कामदारहरुको हितमा खर्च भइरहेको जानकारी गराउँदै यो कुरा विदेशी पर्यटकहरुसम्म पु¥याइदिन अनुरोध गर्नुभयो ।
नेपाल पर्वतारोहण संघका अध्यक्ष आङछिरिङ शेर्पाले नेपाल आउने पर्यटक आफ्नो देश फर्किदा लैजाने कोशेलीको रुपमा ह्याण्डिक्राफ्ट सबैको रोजाइमा पर्ने भन्दै यसको उचित प्रवद्र्धन र व्यवस्थापनको लागि राज्यस्तरबाटै कदम चाल्नुपर्ने बताउनुभयो । टुर्गानका अध्यक्ष हरेराम बरालले यो सम्मानले टुर्गाइडहरुलाई हौसला मिलेको बताउँदै पर्यटन प्रवद्र्धनमा यसले थप टेवा पुग्ने बताउनुभयो । जावलाखेल ह्याण्डिक्राफ्ट नेपालको एक उदाहरणीय उद्योग भएको उहाँको भनाइ थियो ।
नेपालमा हस्त निर्मित उनी गलैंचा बुन्ने प्रथम उद्योगको रुपमा रहेको जावलाखेल ह्याण्डिक्राफ्ट सेन्टर प्रा.लि.ले दश जना टुरिष्ट गाइडहरुलाई सम्मान गरेको छ । नेपालको पर्यटन प्रवद्र्धन र विकासमा महत्वपूर्ण योगदान पु¥याएवापत पर्यटन सचिव सुरेशमान श्रेष्ठले टुर्गाइडहरुलाई खादा र सम्मानपत्र हस्तान्तरण गर्नुभएको थियो । सम्मानित हुनेहरुमा विष्णु ज्ञावाली, सुरेन्द्र लोहनी, बाबुराम रेग्मी, इन्दिरा जोशी, मिलन केसी, भाइकृष्ण खड्का, कपिलदेव तिमिल्सिना, नारायण श्रेष्ठ, सरिता मानन्धर र दावाछिरि शेर्पा रहनुभएको छ । सोही अवसरमा सेन्टरले टुरिष्ट गाइड एसोसिएशन अफ नेपाल (टुर्गान)लाई रु. २५ हजार धनराशीसहितको संस्थागत सम्मान गरेको थियो भने नेपाल पर्यटन पत्रकार मञ्च (टीजेएफ–नेपाल)का अध्यक्ष शिव अधिकारीलाई खादा र मालाले सम्मान गरेको थियो ।
कार्यक्रममा नाथमका कार्यकारी निर्देशक चुडामनी कट्टेल, टानका महासचिव सागर पाण्डे, नाराका महासचिव गंगा नेपाल, नाट्टाका अध्यक्ष डिबी लिम्बु, एचआरएका उपाध्यक्ष नरेन्द्र भट्ट, भिटोफका उपाध्यक्ष धु्रव सिंखडालगायतका अतिथिहरु तथा करिब २ सय जना टुरगाइडहरुको सहभागिता रहेको थियो । सेन्टरका लियाजो अफिसर कृष्ण प्रसाद मास्केले उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रमको समापन गर्नुभएको थियो ।
जावलाखेल ह्याण्डिक्राफ्ट सेन्टरको स्थापना २०२२ सालमा भएको हो । यो विशेषगरी नेपाल सरकारको अनुरोधबाट स्वीस सरकारको आर्थिक सहयोगमा टिवेटेन शरनार्थीहरुको जीवनयापनका लागि बसोबास र आर्थिक उपार्जनको लागि स्थापना भएको संस्था हो । सुरुमा साटा ह्याण्डिक्राफ्टको नामबाट स्वीस सरकारको सहयोगमा टिवेटेनहरुलाई विभिन्न सामाग्री बनाउने टे«निङ दिई आफ्नै शैलीमा टिवेटन हस्तनिर्मित कार्पेट बुन्न सुरु गरिएको हो । यो ह्याण्डिक्राफ्ट नेपालमा मात्रै नभएर अन्तराष्ट्रियस्तरमा समेत स्थापित भइसकेको छ ।
No comments:
Post a Comment