Saturday, August 23, 2014

उडान नहुँदा लुक्लामा पर्यटक अलपत्र

सोलुखुम्बु ७ भदौ । पर्यटकीय क्षेत्र लुक्लामा रहेको तेञ्जिङ हिलारी विमानस्थलमा गएको पाँच दिनदेखि उडान हुन नसक्दा पर्यटक अलपत्र परेका छन् । बिहानदेखि साँझसम्म बाक्लो कुहिरो तथा वर्षासमेत हुने गरेकाले गत ३ गतेदेखि लुक्लामा कुनै उडान हुन नसकेको हो ।
पर्यटकीय सिजन सामान्य रहेको भए पनि यसबेला लुक्लामा करिब डेढ सय पर्यटक उडानको पर्खाइका रहेका छन् । उनीहरुमध्ये धेरै अन्तर्राष्ट्रिय उडानको टिकट बुकिङ भइसकेकाले समस्या भएको बताउँछन् । मौसममा सुधार हुने आशामा पर्यटक दिनभर विमानस्थल आसपासमा रहने गरेको भए पनि मौसम खराबीका कारण समस्या भएको विभिन्न एयरलाइन्सहरुले बताएका छन् ।

उडान हुन नसक्दा नजिकिँदो पर्यटकीय मौसमका लागि खाद्यान्नलगायतका आवश्यकीय सामग्री ढुवानीका लागिसमेत समस्या भएको लुक्लाका व्यवसायी सोनाम शेर्पाले बताए । लुक्ला विमानस्थलबाट अहिले तारा, सीता, नेपाल एयरलाइन्स र  सिम्रकले उडान भर्दै आएका छन् । RSS

No comments: