सोलुखुम्बु, भदौ ७– पर्यटकीय सिजन सुरु भएसँगै लुक्लामा कार्यरत पर्यटन प्रहरी तथा विमानस्थल सुरक्षा गार्डलाई अङ्ग्रेजी भाषासम्बन्धी १५ दिने तालिम दिइएको छ । शुक्रबार सम्पन्न तालिममा पर्यटक प्रहरी, विमानस्थल सुरक्षा गार्ड, इलाका प्रहरी कार्यालय लुक्लासमेत गरी ३५ जनाको सहभागिता रहेको इलाका प्रहरी कार्यालय लुक्लाका प्रहरी निरीक्षक रामकाजी थामीले जानकारी दिए ।पर्यटकसँग कुराकानी गर्न तथा उनीहरूको परिचयपत्र हेर्नसमेत प्रहरीलाई समस्या भएपछि पर्यटक र प्रहरी दुवै समस्यामा पर्दै आएका थिए । सोही समस्या समाधानका लागि प्रहरीलाई अङ्ग्रेजी भाषा तालिम दिइएको हो । लुक्लामा रहेको पर्यटक प्रहरी कार्यालयमा १० दरबन्दी रहेकोमा आठजना प्रहरी मात्र कार्यरत रहेका छन् । पर्यटकीय क्षेत्रमा पर्यटकलाई सहयोग गर्न तथा कानुनविपरितका गतिविधि रोक्न लागि पर्यटन प्रहरीको व्यवस्था गरिएको हो ।
लुक्लाका प्रहरीलाई अङ्ग्रेजी भाषा तालिम
प्रकाशित मिति: 8:46:01 am, August 23, 2014
20
1
0
0
21
शुक्रबार सम्पन्न तालिममा पर्यटक प्रहरी, विमानस्थल सुरक्षा गार्ड, इलाका प्रहरी कार्यालय लुक्लासमेत गरी ३५ जनाको सहभागिता रहेको इलाका प्रहरी कार्यालय लुक्लाका प्रहरी निरीक्षक रामकाजी थामीले जानकारी दिए ।
पर्यटकसँग कुराकानी गर्न तथा उनीहरूको परिचयपत्र हेर्नसमेत प्रहरीलाई समस्या भएपछि पर्यटक र प्रहरी दुवै समस्यामा पर्दै आएका थिए । सोही समस्या समाधानका लागि प्रहरीलाई अङ्ग्रेजी भाषा तालिम दिइएको हो ।
लुक्लामा रहेको पर्यटक प्रहरी कार्यालयमा १० दरबन्दी रहेकोमा आठजना प्रहरी मात्र कार्यरत रहेका छन् । पर्यटकीय क्षेत्रमा पर्यटकलाई सहयोग गर्न तथा कानुनविपरितका गतिविधि रोक्न लागि पर्यटन प्रहरीको व्यवस्था गरिएको हो ।

No comments:
Post a Comment