Tuesday, August 19, 2014

नेपाल पर्यटन बोर्ड यूनियनको अध्यक्षमा सुधन सुवेदी

नेपाल पर्यटन बोर्ड कर्मचारी यूनियनको अध्यक्षमा सुधन सुवेदी निर्बाचित हुनुभएको छ । मंगलबार सम्पन्न अधिवेशनले सुबेदीको अध्यक्षतामा  नयाँ कार्यसमिति छायान गरेको हो । यूनियनको उपाध्यक्षमा बिमल कँडेल निर्वाचित हुनुभएको छ भने सचिव खड्गविक्रम शाह निर्बाचित हुनुभएको छ । 
त्यसैगरी सहसचिवमा जानकी उपाध्याय, कोषाध्यक्षमा सूर्य थपलिया निर्बाचित हुनुभएको छ । सदस्यहरुमा लेखनाथ भुसाल, श्रद्धा श्रेष्ठ र कल्याणी गौतम निर्वाचित भएका छन् । कार्यसमितिको पदावधी २ वर्षको हुनेछ ।

No comments: