Tuesday, August 19, 2014

सोलुखुम्बुमा नयाँ पर्यटन पदमार्ग विकासको सामुहिक पहल शुरु

संखुवासभाको तुम्लिङटारबाट सोलुखुम्बुको केन्पा,गौबित्ता हुदै खोङमाडिङसम्मको नयाँ पर्यटन पदमार्ग विकासको सामुहिक पहल शुरु भएको छ । पर्यटन पदमार्ग निर्माणको लागि भौतिक विकासको लागत सर्वेक्षण हालै गरिएको छ । मकालु मेरा सिलिचोङ पर्यटन विकास केन्द्र संखुवासभाको पहलमा उक्त सर्वेक्षण कार्य सम्पन्न गरिएको हो ।

 जिल्ला विकास समिति संखुवासभाको आर्थिक सहयोगमा गरिएको उक्त सर्वेक्षण प्रतिवेदन अनुसार जिल्लाको खाँदबारीबाट मानेभञ्ज्याङ, शिशुवाटार, चित्रे, बाकाम कमिरे, सोलुखुम्बुको केन्पा, गौबित्ता, जोङलेपोखरी, खुल्टुम्ला, बगालेदेउराली पास, टोहोबारी, चिर्कला, गोपीचौर, उर्फटार हुँदै खोङमाडिङमासम्मको पर्यटन पदमार्ग मर्मत तथा निर्माण गर्न करिब ८३ लाख २० हजार लागत लाग्ने प्रारम्भिक सर्बेक्षण प्रतिवेदनमा उल्लेख गरिएको छ ।
उक्त बाटो निर्माणपछि  खोटाङको लामिडाँडा र खानिडाँडा, सोलुखुम्बुको काँगेलडाँडा र फाप्लुबाट समेत उक्त क्षेत्रमा पर्यटकहरु जाने अनुमान गरिएको छ । उक्त खोङमाडिङ क्षेत्रमा सोलुखुम्बुको मुद्धिबाट जाने बाटोको निर्माण कार्य केही वर्ष अगाडिदेखि स्थानीयको पहलमा भइरहेको छ ।

No comments: