Tuesday, August 12, 2014

समावेशी संचार नीति निर्माण गर्नका लागि सरकार सकारात्मक मन्त्री रिजालको उदघोष

काठमाडौं, २७ साउन । सूचना तथा संचारमन्त्री डा. मिनेन्द्र रिजालले समावेशी संचार नीति लागु गर्न सरकार सकारात्मक रहेको बताएका छन् । फोनिजको १५ औं स्थापना दिवसको अवसरमा मन्त्रि रिजालले जनजाति पत्रकारको मागलाई नया“ सूचना प्रशारण नीतिमा समेटी अघि बढ्ने प्रतिबद्धता ब्यक्त गरे । ‘पत्रकारिता क्षेत्रमा आदिवासी जनजातिको उपस्थिती कम छ’ मन्त्रि रिजालले भने, पत्रकारिताको क्षेत्रमा आदिवासी जनजातिको उपस्थिती बढाउन मन्त्रालय नीतिगत रुपमा सहयोग गर्न तयार छ ।’ 

 नेपाल पत्रकार महासंघका अध्यक्ष महेन्द्र विष्टले जनजाति पत्रकारसंग संगसगैं हातेमालो गरेर अघि बढ्न नेपाल पत्रकार महासंघ सधैं तयार रहेको बताए । अध्यक्ष विष्टले समावेशी संचारका लागि महासंघ सधैं सकारात्मक रहेको बताए । फोनिज अध्यक्ष डण्ड गुरुङले नेपालको विविधता अनुसार नेपालको संचार समावेशी बनाउन आबश्यक रहेको बताए । अध्यक्ष गुरुङले सरकारी संचारमाध्यममा आदिवासी जनजाति भएकै कारण भएको विभेद, बढुवामा रोक, घटुवा, नियुक्ति लगायतमा भइरहेको विभेदकारी गतिविधीले आफुहरुलाई आक्रोशित तुल्याउन खोजेको बताए । ‘यस्तो कार्य निरन्तर दोहोरिए सरकारी संचार संस्था नेपाल टेलिभिजन, गोरखापत्र र रेडियो नेपालमा ताला लगाउन र ठप्प पार्न हामी पछि हट्दैनौं’ अध्यक्ष गुरुङले भने । 
स्थापना दिवसका अवसरमा शुभकामना दिदैं प्रेस यूनियन, चौतारी, क्रान्तिकारी लगायतका वक्ताहरुले समावेशी संचारका लागि आफुहरुले विधान नै परिमार्जन र शंसोधन गरीरहेको उल्लेख गरे । स्थापना दिवसका अवसरमा मंगलबार विहान भृकुटी मण्डपबाट प्रभातफेरी शुरु गरी प्रज्ञा भवन पुगि सभामा परिणत भएको थियो । ‘जातीय पहिचान सहितको संघीय संविधानका लागि पूर्ण समावेशी संचार’ भन्ने मूलका नाराका साथ सम्पन्न स्थापना दिवस तथा पुरस्कार वितरण समारोहमा विभिन्न ब्यक्तित्वहरुलाई सम्मान तथा पुरस्कार वितरण गरियो । फोनिजको जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार (आइभिए अवार्ड) प्राप्त गरेका प्रताप विष्ट, मिलन लिम्बू र सन्चाकुमारी लामा क्रमश कान्तिपुर पब्लिकेशन्स, एबीसी टेलिभिजन, रेडियो मैत्री का लाई प्रमुख अतिथी संचारमन्त्री रिजालले पुरस्कार तथा सम्मान पत्र प्रदान गरे ।
स्थापना दिवसका अवसरमा एक सय अंक पुगेका भातृभाषाका दुइवटा पत्रिका तामाङ दाजाङ मासिकका सम्पादक ईन्द्रकुमार तामाङ र लौव अग्रासन साप्ताहिक (थारु पत्रिका)का सम्पादक सन्तोष दहितलाई सम्मान गरियो । कार्यक्रममा नेपाल पत्रकार महासंघमा निर्वाचित जनजाति पत्रकारलाई मन्त्रि मिनेन्द्र रिजालबाट खदा लगाई सम्मान पत्र प्रदान गरीएको थियो । स्थापना दिवसमा जनजाति संचारकर्मी, विभिन्न संघ, संस्थाका प्रतिनिधि लगायको उपस्थिती रहेको थियो ।             

No comments: