सरकारले कुटनैतिक पहल गरि चाँडो नेपाल झिकाउन सरोकारवालाहरुको आग्रह
काठमाडौं, साउन ३० । अनिस खालिङ् राई बचाउ अभियान समितिले युयई दुवईको अवुधावीमा मृत्युदण्डको सजाय पाएका अनिश खालिङ् राईलाई बचाउन चाहिने ब्लडमनीे रकम संकलन गरि नेपाल सरकारलाई हस्तान्तरण गरेको छ ।
वैदेशि रोजगारीको सिलसिलामा २०६८ सालमा दुवई पुगेका संखुवासभा मत्स्यपोखरी वडा नं. ३ निवासी अनिस खालिङ् राईलाई ज्यान मारेको अभियोगमा यूयई दुवईको अवुधावी अदालतले ज्यान मारेको अभियोगमा मृत्युदण्ड सुनाएको थियो । राईलाई ब्लडमनी तिरेर मृत्युदण्डको सजायबाट उन्मूक्ति दिलाउनको लागि अवुधावी अदालतले दिराहम ३ लाख ५ हजार रकम तोकेको थियो ।
अनिस खालिङ् राई बचाउ अभियान समितिले रिपोर्टर्स क्लब नेपालमा शुक्रबार पत्रकार सम्मेलन गरेर ब्लडमनी तिरेर मृत्युदण्डको सजायबाट उन्मूक्ति दिलाउनका लागि अवुधावी अदालतले तोेकेको ३ लाख ५ हजार दिराहम (रु ८१ लाख ९ हजार ९ सय ५० ) रकम जुटाएर वैदेशिक रोजगार प्रर्वद्धन बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेलाई समितिका अध्यक्ष नारद कुमार राईले रुपमा उक्त ब्लडमनी हस्तान्तरण गरेका हुन् ।
त्यस्तै रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाले सवै नेपालीहरुले दिलोेज्यानले सहयोग गर्दा आज एउटा नेपालीले नयाँ जीवन पाएको भन्दै अनिस खालिङ्लाई सहयोग गर्ने सवै तह तप्काकालाई धन्यवाद ज्ञापन गरेका छन् । धमलाले त्यसको लागि प्रधानमन्त्री सुशिल कोइराला, उपप्रधानमन्त्री बामदेव गौतम, पराष्ट्रमन्त्री महेन्द्र बहादुर पाण्डे, श्रममन्त्री टेकबहादुर गुरुङ लगायत सवै सरोकारवालाहरुले उनलाई चाँडोभन्दा चाँडो नेपाल झिकाउन पहल गर्न आग्रह गरेका छन् ।
संखुवासभाका नेपाली काँग्रेसका सभासद तारामान गुरुङ्ले पनि अनिस खािलङ् राईलाई बचाउनका लागि यूयईको अदालतले तोकेको ब्लडमनी संकलन गर्न सफल भएकोमा खुशि व्यक्त गरेका छन् । गुरुङ्ले सवै स्वदेशमा र विदेशमा बस्ने नेपालीहरुको सहयोगका कारण आज अनिश खालिङ्ले नयाँ जीवन पाएको पनि बताएका छन् । उनले भने–म सुरुदेखि नै यो अभियानमा लागेको छु । मैले पहिलो पटक यो विषयलाई संसदमा कुरा उठाएको थिएँ । आज यो अभियान सफल भएको छ । म सवै दाताहरुलाई हार्दिक धन्यवाद दिन चाहन्छु ।
त्यस्तै वैदेशिक रोजगार प्रर्वद्धन बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेले मृत्युदण्डको सजाय पाएका अनिसलाई बचाउन नेपालीहरुले खेलेको भूमिकाको प्रशंसा गर्दै अब छिट्टै उनलाई नेपाल ल्याउन सरकारले पहल गर्ने बताएका छन् । काफ्लले यूयईको अदालतले तोकेको ब्ल्डमनी संकलन भैसकेको सरकारले पहल गर्नुपर्ने बताउँदै त्यसको लागि आफूहरु पराष्ट्रमन्त्रीसँग छलफल गर्ने जानकारी दिए ।
सञ्चार संयोजक प्रकाश खालिङले ब्लडमनी रकम पठाउन सफल भएपनि कुटनीतिक र कानुनी प्रक्रिया अझै बाँकी रहेको बताउँदै त्यस कामलाई पूरा गर्नको लागि सञ्चारजगतले थप भूमिका निर्वाह गर्नुपर्ने उल्लेख गरे । बचाउँ अभियान समितिले ब्लडमनी जम्मा गरिसकेपछि कुटनीतिक र कानुनी प्रक्रिया अगाडि बढाउने जिम्मेवारी सरकारको भएकोले गम्भिर भएर लाग्नुपर्ने भन्दै यदी सरकार अझै पनि कानमा तेल हालेर बसे त्यसविरुद्ध अब आफुहरु जुनसुकै मुल्य चुकाउन पनि तयार रहेको खालिङको भनाइ थियो ।
No comments:
Post a Comment