कृष्ण थापा
रसुवा– चिलिमे जल विद्युत कम्पनी लिमिटेड माथि उर्जा मन्त्रीको हस्तक्षेप विरुद्ध स्थानीयवासी र जिल्लाका चार राजनीतिक दलहरुले कम्पनीको कार्यालय काठमाडौमा विरोध सभा गरेका छन् । उर्ना मन्त्री राधा ज्ञवालीले चिलिमे जलविद्युत कम्पनी सहित उक्त सहायक कम्पनीहरुमा छुटाछुटै अध्यक्ष तोकेर चिलिमेलाई ध्वस्त बनाउन लागिएकोमा विरोध जनाएका छन् । आन्दोलनरत स्थानीवासी र चार राजनीतिक दलहरुले तीन जलविद्युत आयोजनास्थलमा ताला बन्द गरी राजधानीमा विरोध गरेका हुन् । आन्दोलनरत स्थानीयवासी र जिल्लाका नेपाली काग्रेस, एमाओवादी, राप्रपा र संघीय गणतान्त्रिक समाजवादी पाटी, नेपाल आदिवासी जनजाति महासंघले शनिबार १४ दशमलव ८ मेगावाट को माथिल्लो सान्जेन, ४२ दशमलव ८ मेगावाटको तल्लो सान्जेन, चिलिमे जलिविद्युत आयोजनाको बाधस्थल र रसुवागढी जलविद्युत आयोजनाको कार्यालय टिमुरेमा तालाबन्द गरी २५ दिनदेखि आन्दोलन जारी राखेका छन् । आन्दोलनरत स्थानीयवासी र ती राजनीतिक दलहरुले चिलिमे जलविद्युत् कम्पनी, सान्जेन र रसुवागढी जलविद्युत कम्पनीहरुमा पुरानै व्यवस्थापन कायम हुन पर्ने माग मागगर्दै मंगलबार राजधानीमा उर्जामन्त्री र गृह मन्त्री विरुद्ध नारावाजी गरेका थिए ।

रसुवाको २२ मेगावाटको चिलिमे जलविद्युत् कम्पनीले छोटो अवधिमै जिल्लावासीलाई शेयर दिएर नया आयोजनाहरु तीन वर्षमा सकिने लक्ष्य लिएको थियो । छोटो अवधिमा सानो कम्पनीले २ सय ७१ मेगावाट विजुली निकाली देशमा जारी उर्जा संकट घटाउन लागेपछि जल माफियाहरु चिलिमेलाई खतम पार्न खोजिएको स्थानीयवासी र चारै राजनीतिकदलले ठहर गरेका छन् । उर्जा मन्त्रीले साउन १ गते गरेको निर्णय फिर्ता भई चिलिमेमा पुरानै व्यवस्थापन हुनुपर्ने माग काग्रेसका जलस्रोत विभाग संयोजक जनकजीवन उपाध्यायले बताए । द्रुत गतिमा अघि बढिरहेको आयोजनाको व्यवस्थापनलाई परिवर्तन गर्नु उर्जा मन्त्रिको ठाडो हस्तक्षेप भएको संयोजक उपाध्यायले बताए ।
उर्जा मन्त्रीको विरोध गर्दै एमाओवादीका जिल्ला नेता प्रेम बहादुर तामाङले चिलिमे बनाउन आएका असल र कुशल नेतृत्व गरिरहेका कुलमान घिसिङलाई हटाउन खोज्नुमा उर्जा मन्त्रि राधा ज्ञवालीले जलमाफियासँग साठगाठ गरी चिलिमे डुवाउने लागेको बताए । उर्जा मन्त्रालयले तीनवटै कम्पनीमा नया अध्यक्षलाई रसुवा छिर्न नदिइने आन्दोलनरत स्थानीय र चारै दलले बताएका छन् । विरोध सभामा काँग्रेसका नेता प्रभात लामा, संघीय गणतान्त्रिक समाजवादीका तेम्बेल तामाङ उर्जामन्त्रीले चिलिमेमाथिको हस्तक्षेप तुरुन्त फिर्ता लिएर पुरानै व्यवस्थापन नगरे उर्जा मन्त्रीमाथि चर्को रुपमा आन्दोलन उत्रने बताए ।
उजा मन्त्रीले निर्णय फिर्ता नलिए साउन ३० गते देखि अनिश्चिितकालीन बन्द र उस्तै परे राजधानी बन्द गर्ने चेतावनी दिएका छन् । चिलिमेले गरेका सबै आयोजनाहरु प्रतिमेगावाट १३ करोडमा निर्माण थालेको छ । तर दार्चुलामा निर्माणाधिन ३० मेगावाट क्षेमताको चमेलियामा ५४ करोड प्रतिमेगावाट लागत बढाएर उर्जा मन्त्रीले कमिसन लिन खोजेको आरोप चार राजनीतिक दलले गर्दै यस्तै चिलिमेलाइ पनि चिमेलिया बनाउन खोजिएको आरोप लगाए ।
No comments:
Post a Comment