Monday, August 18, 2014

राई पत्रकार संघको राष्ट्रिय अधिबेशन तयारी अन्तिम चरणमा

किरात पत्रकारहरुको साझा संगठन किरात राई पत्रकार संघको तेस्रो राष्ट्रिय अधिबेशन तयारी अन्तिम चरणमा पुगेको छ । ‘समावेशी समाजका लागि पहिचानसहितको संघीय संविधान, संविधान निर्माण सञ्चार अभियानका लागि तेस्रो राष्ट्रिय सम्मेलन’ भन्ने मूल नाराका साथ यहि भदौ ५ गते काठमाडौंमा अधिबेशन सुरु हुन लागेको हो ।
अधिबेशनको लागि अहिले बिभिन्न बिभाग बनाएर प्रभाबकारी रुपमा काम भाईरहेको छ ।  अधिबेशनमा पूर्वका १३ जिल्ला शाखाबाट ४|४ जनाको प्रतिनिधित्व हुने संघका अध्यक्ष राजेश चाम्लिङले जानकारी दिए । एकै दिनमा सक्ने भनिएको अधिबेशनको बन्दसत्रमा एकसय प्रतिनिधिले भाग लिनेछन् । सम्मेलनले पहिचानसहितको संघीयतालाई विशेष रुपमा उठाउने अपिलमा उल्लेख छ ।

अधिबेशनले नयाँ नेतृत्व चयन गर्नेछ । संघको नयाँ नेतृत्वले किरात पत्रकारको संख्या र गुणस्तरमा बृद्धि, ब्यबसायिक विकास, मातृभाषाका प्रकाशन लगायतका गतिविधिलाई अझ अघि बढाउने अध्यक्ष चाम्लिङले बताए । संघको एक प्रवास र काठमाडौं, भक्तपुर र ललितपुरमा समन्वय समिति समेत रहेको छ ।    

No comments: