Monday, August 18, 2014

सगरमाथा क्षेत्रमा ३५ हजार पर्यटक

काठमाडौँ ,२ भाद्र । आर्थिक वर्षमा ३५ हजार २ सय ४५ जना पर्यटकले खुम्बु क्षेत्रको भ्रमण गरेका छन् । सगरमाथा राष्ट्रिय निकुञ्ज कार्यालय नाम्चेको तथ्याङ्कअनुसार ती पर्यटकमध्ये सबैभन्दा धेरै अस्ट्रेलियाबाट आएका रहेका छन् । सार्क राष्ट्रबाट भने सबैभन्दा बढी भारतीय नागरिक खुम्बु क्षेत्र घुम्न आएका कार्यालयको तथ्याङ्क छ । गत आर्थिक वर्षमा माल्दिभ्स, पाकिस्तान, श्रीलङ्का, बङ्गलादेशका नागरिक पनि खुम्बु क्षेत्र घुम्न आएका थिए ।

राष्ट्रिय निकुञ्जको प्रवेशद्वार कार्यालय जोरसल्लेका अनुसार आव २०७०÷०७१ को साउनमा २ सय ९२, भदौमा ९ सय २३, असोजमा ६ हजार ४ सय ६२, कात्तिकमा आठ हजार ३ सय ७९, मङ्सिरमा दुई हजार ६ सय ६५, पुसमा एक हजार ३ सय ७५, माघमा ८ सय ५८, फागुनमा एक हजार ९सय ३१, चैतमा पाँच हजार ३ सय ६२, वैशाखमा ५६ सय २, जेठमा एक हजार ६२ र असारमा तीन हजार ५४ पर्यटक खुम्बु क्षेत्र घुम्न आएका निकुञ्जका सहायक संरक्षक अधिकृत लक्ष्मण पौडेलले जानकारी दिए ।

आर्थिक वर्ष २०७०/०७१ मा खुम्बु क्षेत्र घुम्न आएका पर्यटकको सङ्ख्या विसं २०६८ र २०६९ को तुलनाका केही घटेको देखिन्छ । विसं २०६८ मा ३५ हजार ७ सय ३१ पर्यटक खुम्बु आएका थिए भने विसं २०६९ मा ३६ हजार ६ सय ५० जना खुम्बु क्षेत्र घुम्न आएको कार्यालयको तथ्याङ्क रहेको छ ।

No comments: