रुम्जाटार । ओखलढुंगाको रुम्जाटारमा निर्माण गर्ने भनिएको रुम्जाटार संग्राहलय अलपत्र परेको छ । विभिन्न जातजातिका संस्कार संस्कृति झल्कने सामग्री संकलन र संरक्षण गर्ने उद्देश्यले सो संग्राहलय निर्माण प्रकृया अघी बढाइएको हो ।
तीन करोड रुपैयाँको लागतमा निर्माण गर्ने भनिएको संग्राहलयको भवन निर्माणका लागि पाँच वर्ष अघि तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालबाट शिलान्यास गरिएपनि आर्थिक स्रोत जुट्न नसक्दा संग्राहलय अलपत्र बनेको हो । रुम्जाटार संग्राहलय समितिले आर्थिक स्रोत जुटाउन नसक्दा संग्राहलय निर्माणका लागि स्थानीय बासिन्दाबाट निःशुल्क पाएको ३० लाख रुपैयाँ पर्ने २ रोपनी जग्गा समेत उपयोग गर्न सकेको छैन । अलपत्र जग्गामा अहिले स्थानीय बासिन्दाले पशुचौपाया र निर्माण सामग्री राख्दै आएका छन् ।
संग्राहलय निर्माणको पूर्वाधार विकासका लागि तत्कालीन समयमा जिल्ला विकास समिति ओखलढुंगाबाट १ लाख रुपैयाँ र रुम्जाटार गाविसबाट ५० हजार रुपैयाँ विनियोजित रकम समेत खर्च हुन सकेको छैन । व्यक्ति, संघ संस्था र सरकारी कार्यालयहरुबाट उठाउने लक्ष्य राखिएको रकम नउठेपछि संग्राहलयको काम अधुरै रहेको रुम्जाटार संग्राहलय समितिका अध्यक्ष शोभितमान गुरुङले बताए ।

No comments:
Post a Comment