
शिखर पोष्ट डेक्स
श्रावन २१, पोखरा । पर्यटकीय नगरी पोखरामा अवस्थित फेवातालको मध्यभागको पानीमाथि इतिहासमै पहिलो पटक स्टेज कार्यक्रम आयोजना गरिएको छ । नेपाल पर्यटन पत्रकार मञ्च (टीजेएफ–नेपाल)ले गत श्रावन २० गते उक्त कार्यक्रम आयोजना गरेको हो । यसअघि डुंगामा चडेर घुम्ती बैठक बसिएपनि स्टेज बनाएर कार्यक्रम सञ्चालन गरिएको यो पहिलो हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै संस्कृति, पर्यटन तथा नगरिक उडडयन मन्त्री भीम प्रसाद आचार्यले पोखराको फेवाताल संरक्षण र प्रवद्र्धनको लागि फेवातालसँग सम्बन्धित निकायहरुलाई उपयुक्त योजना तय गर्न आग्रह गर्दै सरकारको तर्फबाट आर्थिक र प्राविधिक सहयोग गर्ने बताउनुभयो । मन्त्री आचार्यले फेवाताल संरक्षणका लागि विगतमा भएका भाषणहरुलाई कार्यन्वयन गर्नुपर्नेमा जोड दिनुभयो ।
श्रावन २१, पोखरा । पर्यटकीय नगरी पोखरामा अवस्थित फेवातालको मध्यभागको पानीमाथि इतिहासमै पहिलो पटक स्टेज कार्यक्रम आयोजना गरिएको छ । नेपाल पर्यटन पत्रकार मञ्च (टीजेएफ–नेपाल)ले गत श्रावन २० गते उक्त कार्यक्रम आयोजना गरेको हो । यसअघि डुंगामा चडेर घुम्ती बैठक बसिएपनि स्टेज बनाएर कार्यक्रम सञ्चालन गरिएको यो पहिलो हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै संस्कृति, पर्यटन तथा नगरिक उडडयन मन्त्री भीम प्रसाद आचार्यले पोखराको फेवाताल संरक्षण र प्रवद्र्धनको लागि फेवातालसँग सम्बन्धित निकायहरुलाई उपयुक्त योजना तय गर्न आग्रह गर्दै सरकारको तर्फबाट आर्थिक र प्राविधिक सहयोग गर्ने बताउनुभयो । मन्त्री आचार्यले फेवाताल संरक्षणका लागि विगतमा भएका भाषणहरुलाई कार्यन्वयन गर्नुपर्नेमा जोड दिनुभयो ।
फेवातालको लागि विभिन्न निकायले काम गरेपनि त्यो दीर्घकालिन हुन नसकेको गुणासो गर्दै यसलाई प्राकृतिक र मानवीय अतिक्रमणबाट जोगाउन हरतरहले लाग्नुपर्ने र जसको लागि जनचेतनाको खाँचो रहेको पनि उहाँले बताउनुभयो । पर्यटकको लागि फेवाताल आसपासमा माउन्टेन पार्क निर्माण गर्ने घोषणासमेत उहाँले गर्नुभयो । माउन्टेन पार्कको लागि पहिलो चरणमा पचास लाख रुपैयाँ बजेटको व्यवस्था गरेर काम अघि बढाइसकिएको उहाँले जानकारी दिनुभयो ।
फेवातालको मध्यभागमा स्टेज बनाएर आयोजित उक्त कार्यक्रम फेवातालकै इतिहासमा पहिलो पटक भएको हो । करिब दुई घण्टासम्म निरन्टर सञ्चालन भएको उक्त कार्यक्रमका बक्ताहरुले पोखराको फेवाताललाई प्राकृतिक एवं मानवीय अतिक्रमणलाई रोकेर तालको दीर्घकालिन विकास गर्नुपर्ने उद्घोष गरेका थिए ।
सभासदहरु रविन्द्र अधिकारी, सिता गिरी ओली र जमिन्द्रमान घलेले फेवातालको धेरै खाले अभियान चलेपनि भनिएको जति काम हुन नसकेको बताउनुभएको थियो । आफुहरुले फेवातालको संरक्षण र संवद्र्धनको विषयमा संविधान सभादेखि हरेक निकायहरुमा समेत पहल अघि बढाएको भन्दै उहाँहरुले समस्याको दीर्घकालिन समाधान खोज्नुपर्नेमा जोड दिनुभयो । सभासदहरुले फेवातालको सरोकार गर्ने अभियानमा नेपाल पर्यटन पत्रकार मञ्च थपिएको बताउँदै यस अभियान र जागरणप्रति ऐकेबद्धतासमेत जनाउनुभयो ।
नेपाल पर्यटन बोर्डका सञ्चालक समिति सदस्य टिकाराम सापकोटाले पर्यटन क्षेत्र भद्रगोल अवस्था सिर्जना भइरहेको बताउँदै त्यसमा राज्यले गम्भिर भएर लाग्नुपर्ने बताउनुभयो ।
फेवातालको संरक्षणमा राज्यस्तरबाट क्रियाशिलता देखाउनुपर्नेमा उहाँको जोड रहेको थियो । मञ्चका अध्यक्ष शिव अधिकारीले पर्यटनलाई जिल्ला जिल्लामा विकेन्द्रीकृत गर्नुपर्ने आवश्यकता औल्याउँदै यसलाई कार्यन्वयन गर्नुपर्नेमा जोड दिनुभयो ।
‘यसअघि फेवातालको पानीमाथि स्टेज बनाएर बृहत रुपमा यस्तो कार्यक्रम सायदै भएको होला’ अध्यक्ष अधिकारीले भन्नुभयो–‘यो कार्यक्रममार्फत हामीले पर्यटकीय नगरी पोखरामा अवस्थित फेवाताललाई वातावरणीय प्रदुषण तथा मानवीय अतिक्रमणबाट जोगाउँदै फेवाताल तथा देशैभरीका तालहरुको संरक्षण, संवद्र्धन एवं प्रवद्र्धनमा विशेष पहल कदमीको सुरुवात गर्दैछौं ।’
सोही अवसरमा उहाँले पर्यटकीय हव पोखरालाई पर्यटकीय राजधानीको रुपमा औपचारिक घोषणा गरेर अन्तर्राष्ट्रिय रुपमा प्रवद्र्धन गर्नुपर्ने पनि बताउनुभयो ।
‘यसअघि फेवातालको पानीमाथि स्टेज बनाएर बृहत रुपमा यस्तो कार्यक्रम सायदै भएको होला’ अध्यक्ष अधिकारीले भन्नुभयो–‘यो कार्यक्रममार्फत हामीले पर्यटकीय नगरी पोखरामा अवस्थित फेवाताललाई वातावरणीय प्रदुषण तथा मानवीय अतिक्रमणबाट जोगाउँदै फेवाताल तथा देशैभरीका तालहरुको संरक्षण, संवद्र्धन एवं प्रवद्र्धनमा विशेष पहल कदमीको सुरुवात गर्दैछौं ।’सोही अवसरमा उहाँले पर्यटकीय हव पोखरालाई पर्यटकीय राजधानीको रुपमा औपचारिक घोषणा गरेर अन्तर्राष्ट्रिय रुपमा प्रवद्र्धन गर्नुपर्ने पनि बताउनुभयो ।
मञ्चका अध्यक्ष शिव अधिकारीको सभापतित्व एवं पर्यटनमन्त्री भीम प्रसाद आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा सभासदहरु रविन्द्र अधिकारी, सिता गिरी ओली र जमिन्द्रमान घले तथा एमाले नेतृ निरा आचार्यलगायतको उपस्थित हुनुभएको छ ।
त्यसैगरी नेपाल पर्यटन बोर्ड सञ्चालक समिति सदस्य टिकाराम सापकोटा, नाटटा क्षेत्रीय संघ पोखराका अध्यक्ष पोमनारायण श्रेष्ठ, टान क्षेत्रीय संघ पोखराका अध्यक्ष नारायण सापकोटा, पोखरा पर्यटन परिषदका अध्यक्ष सुर्य भुजेल, पोखरा पर्यटक यातायात व्यवसायी सेवा समितिका अध्यक्ष मन्धरा ढकाल, पश्चिमाञ्चल होटल संघको अध्यक्ष हरि शर्मा गैरे, फेवाताल उच्चस्तरीय संरक्षण समितिका अध्यक्ष विश्वप्रकाश लामिछाने, फेवा डुंगा व्यवसायी समितिका अध्यक्ष बुद्धि नेपाली, रेष्टुरेन्ट एण्ड बार एसोसिएशन (रेवान)का पोखरा अध्यक्ष गोपीबहादुर भट्टराई, पर्यटन कार्यलय प्रमुख ख्याम बहादुर थापा, इम्ब्रोडरी एण्ड गार्मेन्ट एसोसिएशन पोखराका अध्यक्ष कृष्णकुमार श्रेष्ठ, वरिष्ठ पर्यटन व्यवसायी गणेश भट्टराई, पोखरा विमानस्थलका निवर्देशक प्रताप तिवारीलगायत अतिथिको रुपमा उपस्थित रहनुभएको थियो । झण्डै दुइ सय जनाको सहभागितामा सम्पन्न उक्त कार्यक्रमबाट पोखराबासीहरु उत्साहित भएका छन् ।



No comments:
Post a Comment