Thursday, August 7, 2014

पर्यटनमा आकर्षित भएनन् विदेशी, २५ वर्षमा साढे १४ अर्ब लगानी

नविन अर्याल
Tourism FDI
२२ साउन, काठमाडौं । सानो लगानीमा छिटो प्रतिफल पाइने पर्यटन क्षेत्रमा विदेशी लगानीकर्ताको आकर्षण देखिएन । पर्यटनमा विगत १० वर्षमा आएको वैदेशिक लगानी प्रतिवद्धता हेर्दा यस्तो देखिएको हो । मुलुकमा विद्यमान राजनीतिक अस्थिरताका कारण पर्यटन क्षेत्रमा लगानी आकषिर्त हुन नसकेको विज्ञहरु बताउँछन् । यस अवधिमा आर्थिक वर्ष २०६९/०७० मा विदेशी लगानी प्रतिवद्धता उल्लेख्य बढेको भएपनि अन्य वर्षहरुमा निरासाजनक रहेको छ ।

आर्थिक वर्ष २०६९/०७० अहिलेसम्मकै उच्च ३ अर्ब ९७ करोड २७ लाख रुपैयाँ विदेशी लगानी प्रतिवद्धता आएको उद्योग विभागले जनाएको छ । त्यो भन्दा अघिल्लो वर्षमा ८३ अर्ब ७४ करोड रुपैयाँ विदेशी लगानीको प्रतिवद्धता आएको थियो भने भर्खरै सम्पन्न आर्थिक वर्षमा १ अर्ब ३० करोड १५ लाख रुपैयाँ लगानीको प्रतिवद्धता आएको छ ।
‘पर्यटनले स्थिरता खोज्छ, त्यो भएन भने पर्यटनमा लगानीकर्ताहरु आकषिर्त हुँदैनन्’ प्रधानमन्त्रीका आर्थिक सल्लाहकार डा. चिरञ्जीवी नेपालले भने- ‘नेपालमा राजनीतिक स्थिरता आउला भन्दा झनै अनिश्चितता बढ्दै गयो ।’ यहि कारण पर्यटनमा विदेशी लगानी बढ्नुको सट्टा घट्दै गइरहेको उनले ठोकुवा गरे ।
पर्यटन क्षेत्रमा २०४६ असारदेखि गत असारसम्म १४ अर्ब ४१ करोड २१ लाख रुपैयाँ विदेशी लगानी प्रतिवद्धता आएको उद्योग विभाग बताउँछ । लगानीको पोटेन्सियल क्षेत्र मानिने पर्यटनमा २५ वर्षको अवधिमा यति लगानी भित्रिनु नगन्य भएको पर्यटन व्यवसायी भवानी राणाले बताइन् ।
त्यसो त स्वदेशी लगानीकर्ता भने पर्यटन क्षेत्रमा लगानी गर्न प्रतिस्पर्धामा उत्रिएका छन् । पछिल्ला वर्षहरुमा मात्र तारे होटलमा लगानी घोषणा गर्ने व्यवसायीहरु प्रसस्त रहेका छन् । स्वदेशी लगानीकर्ताले पर्यटनमा भविष्य देखिरहँदा विदेशी लगानीकर्ताहरु डराउनुको पछाडी प्रचार-प्रसारको अभाव हुन सक्ने आंकलन समेत गरिन थालेको छ ।
सरकारले उपर्युक्त नीति नहुँदा विदेशी लगानीकर्ता डराएको भवानी राणाको ठहर छ । सरकारले समयमा ऐन तथा नीतिहरु ल्याउन नसक्दा विदेशी लगानीकर्ताको विश्वास जित्न नसकिएको उनले ठोकुवा गरिन् । अर्थमन्त्री डा. रामशरण महतले बजेटमार्फत आर्थिक क्षेत्रसँग सम्बद्ध ऐन कानुनहरु ल्याउन विशेष जोड दिइने बताएपछि लगानीकर्तामा आशा पलाएको उनको भनाई छ ।
बजेटमा पनि सरकारले पर्यटन क्षेत्रमा लगानी गर्ने स्वदेशी तथा विदेशी लगानीकर्ताहरुलाई आकर्षक सेवा सुविधाहरु उपलब्ध गराउने घोषणा गरिएको छ । सरकारले बजेटमा रारा ताल र अन्य महत्वपूर्ण ताल किनारामा सुविधा सम्पन्न रिसोर्ट सञ्चालन गर्ने पर्यटन व्यवसायीलाई १० वर्षसम्म शतप्रतिशत आयकर छुट दिने घोषणा गरेको छ ।
२०४६ असारदेखि २०७१ असारसम्म पर्यटनमा लगानी गर्ने प्रमुख दश देश
देशविदेशी लगानी (दश लाखमा)
चीन२८९४.३८
भारत१९३९.१३
ब्रिटिस भर्जिन अाइल्यान्ड२८५२.९७
अमेरिका७६४.८७
स्विजरल्यान्ड६२२.०८
सिंगापुर८६२.८०
बेलायत३२६.८७
साउथ कोरिया३७८.९६
जापान९४०.९५
अायरल्यान्ड३४०.४७
अन्य२०५४६.८४
जम्मा१४,४११.१२
पर्यटन विकासका लागि केवुलकार निर्माण गर्ने उद्योगले आयात गर्ने केवुल, तयारी क्याव तथा क्याव निर्माण गर्न आवश्यक पर्ने स्टिल पातामा लाग्ने भन्सार महशुलमा पचास प्रतिशत छुट दिने व्यवस्था समेत बजेटमा गरिएको छ ।
यस पटकको बजेटले पर्यटनलाई विशेष प्राथमिकतामा राखेको हुँदा लगानीकर्ताको आकर्षण बढ्ने चिरञ्जीवी नेपालले ठोकुवा गरे । सरकारले लगानी आकषिर्त गर्नका लागि मूख्य जोड दिएको उनको भनाई छ । त्यसो त अवको वर्षमा विदेशी लगानी आकषिर्त हुनेमा भवानी राणा पनि विश्वस्त रहेकी छिन् ।
भखैरै सम्पन्न आर्थिक वर्ष २०७०/०७१ मा विभिन्न ३० देशबाट १ अर्ब ३० करोड १५ लाख रुपैयाँ पर्यटन क्षेत्रमा लगानीको प्रस्ताव आएको छ । जसमध्ये ठूला २ परियोजनामा ११ करोड रुपैयाँ, मध्यम वर्गका ५ परियोजनामा २० अर्ब ३५ करोड रुपैयाँ र साना ८० परियोजनामा ९८ करोड ८० लाख रुपैयाँ लगानी प्रस्ताव आएको उद्योग विभागले जनाएको छ ।
विदेशी लगानीकर्ता ठूला परियोजनामा भन्दा साना परियोजनामा आकषिर्त भएको देखिन्छ । २५ वर्षको तथ्यांक हेर्ने हो भने पनि सबैभन्दा धेरै लगानी साना परियोजनामा, त्यसपछि मध्यम र ठूला परियोजनामा लगानीको प्रतिवद्धता आएको छ ।
नेपालको पर्यटन क्षेत्रमा लगानी गर्ने सबैभन्दा ठूलो मुलुक चीन रहेको छ भने दोस्रोमा भारत रहेको छ । दुबै मुलुक नेपालमा सबैभन्दा बढी लगानी गर्ने मुलुक हुन् । ब्रिटिस भर्जिन आइल्यान्ड, अमेरिका, स्वीट्जरल्यान्ड सिंगापुरका लगानीकर्ताले पनि नेपालको पर्यटन क्षेत्रमा लगानी गरिरहेका छन् ।
२०४६ असारदेखि २०७१ असारसम्म अाएकाे परियाेजनागत लगानी
वर्गपरियोजना संख्यालगानी (दश लाखमा)रोजगारी संख्या
ठूला४६७,११९.७१८.८५९
मझैला५०२,२९६.३२४,००५
साना७०५४,९९६.०८२०,६३४
जम्मा८०११४,४१२.१२३३,४९८

- See more at: http://www.onlinekhabar.com/2014/08/177028/#sthash.bjYzMLKY.dpuf

No comments: