फाप्लु बिमानस्थल कालो पत्रेको काम असोज १५ गतेसम्म लाग्ने भएको छ । असार २५ गते भित्र कालो पत्रेको काम सम्पन्न गर्ने गरी ठेकेदार कम्पनी एम.के.सि.एम.ज्वाइन्ट भेन्चरसँग २०६९ कात्तिक महिनामा सम्झौता भएपनि बिभिन्न कारण देखाएर असोजसम्म लगाउने निस्चित भएको हो । इन्जिनियर रत्न श्रेष्ठले विमानस्थल कालो पत्रेको करिब ४० प्रतिशत काम अझै बाँकी रहेको बताउनुभयो ।
श्रेष्ठले भन्नुभयो “छिन छिनमा पानी आउने र कंक्रिट प्लान्ट बिग्रदा असार २५ भित्र जहाज चलाउने बातावरण बनाउन सकिएन ।” सम्झौता भन्दा करिब पाँच महिनापछि मात्रै विमानस्थल कालो पत्रेका लागि काम शुरु भएको थियो । १५ महिनामा काम सक्ने गरी ६ करोड १९ लाखको लागतमा विमानस्थल कालो पत्रेको काम भई रहेको हो । ६ सय ८० मिटरको धावन माग कालो पत्रे गर्नु पर्नेमा करिब चार सय ५० मिटर मात्रै कालो पत्रेको काम सकिएको छ ।
फाप्लु विमानस्थलमा स्टमेट बमोजिमको सम्पूर्ण कालो पत्रे लगायत्को काम सम्पन्न नगरी विमानस्थल सञ्चालनको प्रक्रिया शुरु गर्नका लागि पनि कम्तीमा ६ सय मिटर धावन मार्ग कालो पत्रे गर्नु पर्ने नागरिक उड्यान प्राधिकरणका एयर ट्राफिक कन्ट्रोल अफिसर केदारप्रसाद सत्यालले जानकारी दिनुभयो ।
शिखर एफ एम

No comments:
Post a Comment