छिमेकी राष्ट्र चीनको तिब्बत स्वशासित क्षेत्रबाट ३० वटा याक तथा नाक सोलुखुम्बु भित्र्याईएको
छ । नेपाल र चीनको सिमा क्षेत्र नाङपाला पास हुदै तीब्बत स्वशासित क्षेत्र
ल्हासाको लिन्ची काउण्टीबाट याक बिकास फम स्याङबुचेले नेपाल भित्र्याएको
हो । हिमाली गाई गोरुको रुपमा चिनिने ५ याक र २५ वटा नाक गत १९ गते नाङपाला
पास हुदै सोलुखुम्बुको खुम्जुङ गाबिसमा भित्र्याईएको याक बिकास फम
स्याङबुचेका नायब पशु सेवा प्राबिधिक ललन यादबले जानकारी दिनुभयो ।
नेपालमा
उच्च प्रजनन क्षमता भएका उक्त गाई गोरु नपाईने भएकोले बिशेषतः प्रजनन्दरमा
बृद्धी गराउनका लागी याक र नाक ल्याईएको हो ।
एडिबिको सहयोगमा नेपाल
सरकारको पशुसेवा बिभागको योजनामा ती पशुहरु नेपाल भित्रीएका हुन् । उच्च चिसो बाताराणमा मात्रै बाँच्ने भएकोले याक बिकास फार्म खुम्जुङको
खुम्य कार्यलय स्ययाङबोचेमा भए पनि झण्डै ५ हजार मिटर उचाई रहेको जोङलाको
घुम्ती गोठमा ती याक र नाकलाई राख्न लागीएको छ । प्रती याक १ लाख ५० हजार
रुपैया अर्थात १० हजार युआन मा खरिद गरि ल्याईएको यादबको भनाई छ ।
स्याङबोचे, थामे, लुङदे, लुनाक, खाजुङ, जासाम्बा हुदै नाङपाला पास पुगी ४
दिन लगाई हिउँको बाटो छिचोलेर कठिन पुर्बक ती याक र नाक नेपाल भित्र्याईएको
हो ।
बिस २०३० साल बैशाखमा स्थापना भएको याक फार्मले पहिलो पटक ३० सालमै
सोही मार्ग हुदै तीब्बतबाट २८ वटा याक तथा नाक ल्याएको थियो । हाल याक
फार्ममा ५५ वटा नाक अर्थात गाई र ५ वटा याक अर्थात गोरु रहेको छ भने २५ वटा
नयाँ जन्मिएका बाच्छा बाच्छी रहेको छ ।
No comments:
Post a Comment