काठमाडौं, २४ असार । नेपाल आदिवासी जनजाति महासंघका पूर्व महासचिव आङकाजी शेर्पाको पहिचान र संघीयताबारे फैलाइएका भ्रमहरु नामक पुस्तक सार्वजनिक भएको छ । मंगलबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच नेकपा–माओबादीका अध्यक्ष मोहन बैद्य, संघीय समाजबादी पार्टीका अध्यक्ष अशोक राई र आदिबासी जनजाति महासंघका अध्यक्ष नगेन्द्र कुमालले संयुक्त रुपमा सो पुस्तकको बिमोचन गरेका हुन ।
कार्यक्रममा नेकपा–माओबादीका अध्यक्ष बैद्यले उत्पिडनमा परेका जातिहरुको जातीय पहिचानसहितको संघीयतामा आफ्नो पार्टी अडिक रहेको बताए ।
कार्यक्रममा नेकपा–माओबादीका अध्यक्ष बैद्यले उत्पिडनमा परेका जातिहरुको जातीय पहिचानसहितको संघीयतामा आफ्नो पार्टी अडिक रहेको बताए ।
उनले अहिले सम्म कुनै पनि उत्पीडीत जाति तथा बर्गको हित हुने काम हुन नसकेको पनि उल्लेख गरे । ‘हामी उत्पीडनमा परेका सम्पूर्ण जाति तथा बर्गको उत्थानका लागि सशस्त्र द्वन्द्वमा गएका थियौं, तर अहिले सम्म ती बर्गको उत्थान हुने कुनै काम भएको देखिएको छैन,’ बैद्यले भने । उनले उत्पीडनमा परेका जातिहरुको जातीय पहिचानसहितको संघीयता प्राप्त नभएसम्म आफ्नो पार्टीले संघर्ष गरिरहने बताए । उनले त्यसका लागि सम्पूर्ण उत्पीडीत जनजाति तथा बर्गलाई एक जुट हुन पनि आह्वान गरे ।
संघीयता र राज्य पुनर्संरचनाबारे भ्रम फैलाइरहेका बेला शेर्पाले लेखेको पुस्तकमा संघीयता, पहिचानका साथै एकल र बहुल पहिचानलाई स्पष्ट बुझाउने प्रयास गरिएको छ । नेपाल आदिबासी जनजाती महासंघका पुर्व महासचिव शेर्पाले पहिचान र संघियता बारे ५२ पृष्ठको हाते पुस्तक लेखेका छन् । पुस्तकमा पहिचान तथा संघियता, त्यस भित्र राज्यका अन्य अंगहरुको ब्यवस्था लगायतका बिषयमा विस्तृत चर्चा गरीएको छ । विश्वमा संघीयताको प्रयोग, एकात्मक राज्यले पार्ने नकारात्मक प्रभावका बारेमा पनि शेर्पाको पुस्तकले राम्ररी भ्रम चिर्न सफल बनेको छ ।
पहिचान र संघीयताबारे भ्रम छर्नेलाई दरिलो झापड
काठमाडौं,
२४ असार । आदिवासी जनजातिका पक्षमा खरो उत्रँदै आएका नेपाल आदिवासी जनजाति
महासंघका महासचिव आङकाजी शेर्पाले लेखेको पुस्तक आज सार्वजनिक हुँदैछ
। पहिचान र संघीयताबारे फैलाइएका भ्रमहरु नामक पुस्तकका लेखक शेर्पाको
पुस्तक आज काठमाडौंको तमू बौद्ध सेवा समिति, नेपालको हलमा आज दिउसो २ बजे
सार्वजनिक हुन लागेको हो ।पहिचान र संघीयताका पक्षमा उभिएका दलका शीर्ष नेताहरुको उपस्थितिमा पुस्तक सार्वजनिक समारोह हुनेछ । कार्यक्रममा एमाओवादी अध्यक्ष प्रचण्ड, नेकपा–माओवादी मोहन वैद्य, मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, संघीय समाजवादी पार्टीका अध्यक्ष अशोक राई, नेपाल आदिवासी जनजाति महासंघका संस्थापक महासचिव सुरेश आलेमगर, जनजाति महासंघका अध्यक्ष नगेन्द्रकुमार कुमाल, राष्ट्रिय आदिवासी जनजाति महिला महासंघका अध्यक्ष शान्ति जिरेल लगायत संघीयता र पहिचानको पक्षमा वकालत गर्ने नेता तथा कार्यकर्ताका साथै आदिवासी जनजाति अगुवाहरुको उपस्थिति रहनेछ ।
संघीयता र राज्य पुनर्संरचनाबारे भ्रम फैलाइरहेका बेला शेर्पाले लेखेको पुस्तकमा संघीयता, पहिचानका साथै एकल र बहुल पहिचानलाई स्पष्ट बुझाउने प्रयास गरिएको छ ।
विश्वमा संघीयताको प्रयोग, एकात्मक राज्यले पार्ने नकारात्मक प्रभावका बारेमा पनि शेर्पाको पुस्तकले राम्ररी भ्रम चिर्न सफल बनेको छ । पुस्तक संघीयता र राज्य पुनर्संरचनाबारे भ्रम छर्नेहरुलाई दरिलो झापड सावित हुनसक्ने विश्लेषकहरुको बुझाइ छ ।
- See more at: http://www.samabeshi.com/?p=59885#sthash.4A6lnXT8.dpuf

No comments:
Post a Comment