Tuesday, July 29, 2014

अन्नपूर्ण, लाङटाङ र सगर‌माथामा ट्रेकिङ मजदुर‌को‌ ज्याला वृद्धि

काठमाडौं । आगामी असो‌ज १५ गते‌दे‌खि लागू हुने‌गर‌ी अन्नपूर्ण, लाङटाङ र  सगर‌माथा क्षे‌त्रको‌ लागि ट्रेकिङ मजदुर‌को‌ ज्याला वृद्धि गरि‌एको‌ छ । ट्रेकिङ एजे‌न्सिज एसो‌सिएसन अफ ने‌पाल (टान) र‌ चार‌ पर्यटन मजदुर‌ संगठनबीच भएको‌ सम्झौ‌ताअनुसार‌ गाइड, सहायक गाइड र‌ कुकले‌ अहिले‌ खाईपाई आएको‌ तलब भत्तामा २ सय ५० रुपै‌याँ र‌ सहयो‌गी मजदुर‌को‌ तलब भत्तामा ३ सय रुपै‌याँ वृद्धि भएको‌ छ । अखिल ने‌पाल क्रान्तिकार‌ी पर्यटन मजदुर‌ संघ, ने‌पाल ट्रे‌किङ ट्राभल र‌ाफ्टिङ एयर‌लाइन्स मजदुर‌ युनियन, अखिल ने‌पाल पर्यटन मजदुर‌ संघ तथा पर्यटन श्रमिक संघ र‌ टानबीच मजदुर‌को‌ ज्याला बढाउने‌ सम्झौ‌ता पत्रमा गत असार‌ २६ गते‌ हस्ताक्षर‌ भएको‌ थियो‌ ।  
सम्झौ‌ताअनुसार‌ सगर‌माथा क्षे‌त्रका लागि अब गाइडले‌ प्रतिदिन १ हजार‌ ३ सय ५०, सहायक गाइड र‌ सहयो‌गी मजदुर‌ले‌ १ हजार‌ २ सय ५० रुपै‌याँ पाउने‌छन् । हाल क्रमशः १ हजार‌ १ सय, १ हजार‌ र‌ ९ सय ५० रुपै‌याँ पाउँदै‌ आएका छन् ।  त्यस्तै‌, अन्नपूर्ण र‌ लाङटाङ क्षे‌त्रका लागि गाइडले‌ १ हजार‌ २ सय ५०, सहायक गाइडले‌ १ हजार‌ २ सय र‌ सहयो‌गी मजदुर‌ले‌ १ हजार‌ १ सय ५० रुपै‌याँ पाउने‌ निर्धार‌ण गरि‌एको‌ छ । हाल गाइडले‌ १ हजार‌, सहायक गाइडले‌ ९ सय ५० र‌ सहयो‌गी मजदुर‌ले‌ ८ सय ५० रुपै‌याँ मात्रै‌ पाउँदै‌ आएका छन् ।  त्यस्तै‌, क्याम्पिङ टे‌«कको‌ लागि गाइडले‌ १ हजार‌ ५०, कुकले‌ १ हजार‌ रुपै‌याँ, भान्छा सहयो‌गी र‌ सहयो‌गी गाइडले‌ ९ सय ५० र‌ सहयो‌गी मजदुर‌ले‌ १ हजार‌ १ सय ५० रुपै‌याँ पाउने‌ भएका छन् । हाल उनीहरुले‌ क्रमशः ८ सय, ७ सय ५०, ७ सय र‌ ८ सय ५० रुपै‌याँ लिँदै‌ आएका छन् ।

त्यसै‌गर‌ी डो‌ल्पा, मकालु, कञ्चनजंघा र‌ सगर‌माथाको‌ लागि सहयो‌गी मजदुर‌ले‌ हाल ९ सय ५० रुपै‌याँ मात्र पाउँदै‌ आएको‌मा नयाँ र‌े‌टअनुसार‌ अब १ हजार‌ २ सय ५० रुपै‌याँ पाउने‌ भएका छन् । यो‌ सम्झौ‌ता आगामी दुई वर्षको‌ लागि भएको‌ बताइएको‌ छ । आगामी पुस १७ गते‌दे‌खि पूर्ण रुपमा लागू हुने‌ गर‌ी लाइसे‌न्स प्राप्त पथप्रदर्शकले‌ मात्र गाइड गर्न पाउने‌ पनि सम्झौ‌ता भएको‌ छ ।

No comments: