सोलुखुम्बु- सोलुखुम्बुलाई खाद्य सुरक्षाको दृष्टिकोणले समूह क, ख र ग गरी तीन समूहमा विभाजन गरिएको छ । जिल्ला कृषि विकास कार्यालय सोलुखुम्बुका बरिष्ठ
कृषि विकास अधिकृत हस्तबहादुर बिष्टको अध्यक्षतामा बसेको जिल्ला खाद्य
सुरक्षा प्राविधिक कार्य समूहको बैठकले ३४ वटा
गाविसलाई समूह ख मा खुम्जुङ, नाम्चे र
चौरिखर्क गाविसलाई राखेको छ भने समूह ग मा वाकु, पावै, छेस्काम, गुदेल र
बुङ गाविसलाई राखेको छ । बाँकी २६ गाविसहरुलाई भने समूह क मा राखिएको छ ।
बैठकमा जिल्लाको बालीनाली उत्पादन, बजारमा खाद्यान्नको संचिती, रोजगारको
अवसर, बिप्रेषणको अवस्था, नगदेबाली तथा पशुजन्य श्रोतको आम्दानी, यातायातको
निरन्तरता लगायत्लाई मध्यनजर गरी २०७० चैत्र देखि २०७१ असारसम्म तिनै
समूहका सबै गाविसहरुमा न्यूनतम खाद्य असुरक्षा रहेको बिषयमा पनि छलफल गरेको
थियो ।
यस्तै बैठकले खाद्य सुरक्षाका विभिन्न सुचकहरुको मुल्यांकनका आधारमा आगामी
आर्थिक बर्षको साउन महिनादेखि कात्तिकसम्म न्यूनतम खाद्य असुरक्षा हुने
अनुमान गरेको छ । खाद्य सुरक्षा प्राविधिक कार्य समूहको बैठकले गरेको निर्णयलाई प्रमुख
जिल्ला अधिकारी उद्धवप्रसाद तिमल्सेनाको अध्यक्षतामा बसेको जिल्ला खाद्य
सुरक्षा सञ्जालको बैठकले अनुमोदन समेत गरेको छ ।
shikhar fm
shikhar fm

No comments:
Post a Comment