काठमाडौं, २६ असार । संघीयता र पहिचानको पक्षधर एमाओवादीसहित सात दलले संघीय गणतान्त्रिक मोर्चाको घोषणा गरेका छन् ।
राजधानीमा बिहीबार आयोजित कार्यक्रममा एमाओवादीसहित फोरम लोकतान्त्रिक,
फोरम नेपाल, तमलोपा, संघीय समाजवादी, सद्भावना र तराई मधेस सद्भावना
पार्टीका शीर्ष नेताहरुले मोर्चाको अवधारणा सार्वजनिक गरेका हुन् ।मोर्चा घोषणा सभामा सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले जनताको संविधान बनाउन मोर्चाबन्दी गरेको बताए । उनले भने९’जनताको पक्षमा संविधान बन्दैन भने त्यस्तो संविधानलाई दिनको १२ बजे जलाइन्छ ।’
फोरम अध्यक्ष उपेन्द्र यादवले मधेस र जनयुक्तका क्रान्तिकारी शक्तिहरुको मोर्चा बनाएको बताए । उनले आत्मनिर्णयको अधिकार र प्रान्तीय स्वायत्ततासहितको संघीयता आवश्यक भएको धारणा राखे ।
मोर्चाको नेतृत्व चत्रिय प्रणाालीमा हुनेछ । १० र १४ प्रदेशको अवधारणालाई आधार बनाएर अघि बढ्ने सहमति गरेका दलहरुले त्यसका लागि सडन र सडकमा दबावमुलक कार्यक्रम गर्ने बताएका छन् ।
No comments:
Post a Comment