काठमाडौं । पर्यटन मन्त्रालयका सहहचिव पूर्णचन्द्र भट्टराईको संयोजकत्वमा गठित नेपाल पर्यटन बोर्डको अनियमितता छानविन समितिमा पर्यटन ब्यवसायीको तर्फबाट भीम पन्त र अच्युत गुरागाईलाई थपेको छ । आइतबारको मन्त्रीपरिषदले यस्तो निर्णय गरेको हो । बैशाख २८ गतेको मन्त्रीपरिसदको बैठकले भट्टराईको संयोजकत्वमा तीन सदस्यीय छानविन समिति गठन गरेको थियो ।
उक्त समितिमा अर्थ मन्त्रालयका उपसचिव र लेखा अधिकृत ध्यानकुमार राई सदस्य–सचिव रहेका थिए । पर्यटन बोर्डका कार्यकारी प्रमुख कार्याकारी अधिकृतले व्यापक अनियमितता गरेको भन्दै पर्यटन व्यवसायीहरुले आन्दोलन चर्काएपछि सरकारले अनियमितता छानविन गर्न समिति गठन गर्नु परेको हो ।
त्यसैगरी सरकारले बोर्डको संरचना, कार्यसञ्चालनलगायतको विश्लेषण गरि सरकारलाई सुझाव दिन सहसचिव मोहनकृष्ण सापकोटाको संयोजकत्वमा १३ सदस्यीय समिति गठन गरेको छ । प्राडा रुद्र उपाध्याय उपसंयोजक र उपसचिव रामचन्द्र ढकाल सदस्य सचिव छन् भने योगेन्द्र शाक्य, प्रकाश श्रेष्ठ, रमेश धमला, दीपक महत, गणेश सिंखडा, मिहीका धाख्वाः, यमबहादुर बम –कैलाली, वासु त्रिपाठी –कास्की, केशव दाहाल (सुनसरी) र चन्द्र रिजाल समिति सदस्य छन् ।
No comments:
Post a Comment